बिहिबार, ०३ असोज २०८१

बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तार अभियान सुरु

बुढीगंगा नगरपालिका १० मा वडा कमिटी विस्तार

बाजुरा : देशभर संगठन विस्तारको क्रममा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले बाजुरामा पनि संगठन विस्तार  गर्न सुरु गरेको छ । देशभर अभियानकै क्रममा सञ्चालनमा रहेको संगठन विस्तार अभियान बाजुरामा पनि सुरु भएको हो ।

यसैबीच बुढीगंगा नगरपालिका वडा १० मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी विस्तार गरीएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला संयोजक शंकर गिरीको अध्यक्षतामा सञ्चालन भएको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी गठन गरेको हो । अम्मर रावलको संयोजकमा ११ जना तदर्थ कमिटी गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका बुढीगंगा नगरपालिका सम्पर्क समिति तथा युवा नेता शम्भु जोशीले जानकारी दिएका छन् ।

संगठन विस्तार कार्यक्रम बडीमालिका क्याम्पसका पुर्व क्याम्पस प्रमुख राष्ट्रिय स्वतन्त्र पार्टीका नेता नवराज जैसी लगायतको सहभागीता रहेको थियो । बाजुरामा अधिकांश युवाहरु स्वतन्त्र पार्टीमा आबद्द हुन थालेका छन् । पुराना दल प्रतिको बितृष्णाले नयाँ दलमा आबद्ध हुने क्रम देशभर चलिरहेको छ । बाजुरामा पनि आगामी २०८४ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी जुटेको संकेत देखा परेको छ । आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचनमा भिड्ने हुटहुटी सहित दलमा आस्था राख्ने नेता कार्यकर्ताहरु सक्रिय देखिएका छन् ।

उसो त नयाँ दलमा आबद्ध भएर लागिरहेकाहरुको प्रवृत्ति हेर्दा पुराना दलको आलोचना बिरोध र राजनीति प्रतिसोध बाहेकको अर्को रचनात्मक कार्यको सुरुवात गरेको देखिदैन । संगठन बलियो बनाउने र पुरामा दलहरुलाई सिद्ध्याउने मुख्य एजेन्डा नै बोकेर देशभर संगठन बिस्तारको अभियानलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तिब्रता दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस