आइतबार, ०७ पुष २०८१

गीत गाँउदै अपाङ्ग र दृष्टिबिहिनका लागि रकम माग्दै बाजुरा पुगे नवलपरासिका पाँच जना

मौलाकालिका अपाङ्ग सेवा संस्थाका लागि रकम संकलन गर्दै

बाजुरा : मंगलबार बिहान करिव ८ बजेको समय थियो । सदरमुकाम मार्तडी गैरिबजारको बिच सडकमा एक जना अपाङ्ग जो कुर्सिमा बसेर आवतजावत गर्नेहरुलाई सहयोग मागिरहेकी थिइन् ।

अन्य दुई जनाले पालैपालो आफ्नै कथा व्यथामा आधारित सुमधुर आवाजमा गीत सुनाइरहेका थिए । अन्य उनिहरुको साहारामा आएका दुई जना महिलाहरु पनि मौलाकालिका नामक अपाङ्ग संस्था सेवाको कार्ड देखाउदै सहयोग संकलन गरिहेकी थिइन् । उनिहरुलाई हेर्ने गीत सुन्ने र सहयोग गर्नेहरुको पनि भिड थियो ।

No description available.“सारा संसार अन्धकार छाउदा”
“आफन्तको साहार नपाँउदा ” 
“मनमा माया साँच्नै मन छैन 
 दुबै आँखा नदेख्ने भएर 
यो संसारमा बाँच्नै मन छैन” 

सुमधुर आवाजमा लोक दोहोरी गीतबाट आफ्नो कथा व्यथामा आधारित गीत सुनाइरहेको अवस्थामा नवरपरासी घर भएका दृष्टिबिहिन् कलाकार प्रमोद थापा सहितको पाँच जनाको समुह भेटिए । उनी संगै सोही ठाँउका अर्का दृष्टिबिहिन् कलाकार विकास चौधरी, जन्मजातै सारिरिक रुपमा अपाङ्ग रहेकी गिरु माया थापा, त्यस्तै उनिहरुको साहारामा आएका दुई जना अन्य महिलाको कृष्णा थापा र तिला जोशी गरी पाँच जनाको समुह सदरमुकाम मार्तडीको गैरीबजारमा गीत गाँउदै सहयोग संकलन गरिरहेका थिए ।

No description available.
उनिहरु हिजो मात्रै जिल्ला सदरमुकाम मार्तडी पुगेका हुन् । कोही आँखा नदेख्ने, र कोही हिड्दुल गर्न नसक्ने अवस्थाका उनिहरुको समुह आफ्ना लागि मात्रै यहाँ सम्म पुगेको छैन ।  भनिन्छ, जसको केही हुँदैन, अथार्त जसको अर्को कोही हुँदैनन् उनिहरुमा नै हुन्छ मानवीयता । उनिहरु आफैपनि अरुको साहारा लिएर बाँच्न विवस छन् । 

No description available.
२५ वर्षिय प्रमोद थापा मगर र २२ वर्षिय बिकास चौधीलाई अर्काको साहारा लिएर हिडदुल गर्नुकोे अर्को विकल्प छैन। उनिहरु आफ्ना लागि मात्रै बाजुरा पुगेका छैनन् । आफु जस्तै साहारा बिहिनहरुको लागि बाँच्ने आधार तय गर्न रकम संकलनका लागि बाजुरा पुगका रहेछन् । बिभिन्न ठाँउमा जाने रकमहरु संकलन गर्ने र आफुहरु जस्तै साहारा बिहिनको पालनपोषण संगै पढाई लेखाईमा सहयोग गर्ने उदेश्य सहित मेची माहाकाली देखी देशका बिभिन्न जिल्लाहरुमा रकम संकलनका लागि जाने गरेको उनिहरुकको बैशाखी बनेर संगै रकम संकलन गर्न बाजुरा पुगेकी कृष्णा थापाले बताइन् ।

No description available.उनका अनुसार बाजुरा आइपुगेका दुई दृष्टिबिहिन्, एक अपाङ्ग र दुइ जाना अन्य गरी पाँच जनाको टोली एक परिवार जस्तै हो । उनिहरुकको आफ्नै मौलाकालिका नामक अपाङ्ग  सेवा संस्था छ ।अपाङ्ग र अशक्तहरुको सेवाका लागि उनिहरुले संस्था नै स्थापना गरेर मानव सेवामा जुटेका छन् । “हामी सबैको एउटै रहर, अपाङ्गतालाई सम्मान र अवसर”भन्ने मुल नारा सहित २०७३ सालमा संस्था नै दर्ता गरेर निरन्तर अपाङ्गहरुको सेवामा समर्पित रहेको उनिहरुको साहारामा आएकी तिला जैशीले बताइन् ।

“ठाँउ ठाँउमा जान्छौँ, यसरी नै रकम संकलन गछौँ,  अहिले हामी संग अपाङ्ग र दृष्टिबिहिन गरी २२ जना छन् । उनिहरुको पालन पोषण र पढाई लेखाई यसरी सहयोग संकलन गर्दै गरिरहेकका छौँ” नेपालमा प्राय सबैजसो जिल्लामा पुगेको र सबै जिल्ला जने क्रममा बाजुरा पनि आएको उनले सुनाइन्,  

No description available.
“यो दुनियाँ कस्तो छ थाहा छैन,” 
“अन्धककारमा बाँच्नै मन लाछैन,” 
“आफ्नै कथा लेख्न मन लाछ, 
कस्तो छ है यो सारा दुनियाँ 
हामलाई पनि देख्न मन लाछ” 

लोकदोही गीतको एक टुक्का सुनाउदै अर्का दृष्टिबिहिन् प्रमोद थापा मगर आफ्नो संसार देख्ने धोको रहेको दुखेसो सुनाए । तर उनले मनमा पालेको धोको जस्तो उनले संसार त देख्दैनन् । तर पनि यसरी नै आफ्नो वास्तिविक कथा वेथामा आधारित संघर्षका कथा आफ्नो जीवन काहानी सनाउदै दुनियाँलाई मनमोहक बनाउने र आफुजस्तै बेसाहाराहरुका लागि सहयोग संकलन गर्दै उनका दिनचार्यहरु बितिरहेका छन् ।सबैलाई सुनौँसुनौँ लाग्ने उनको आवाजले साँगीतिक बजारमा स्थान पाउने कुरै भएन । आफै मागेर खाने उनले बजारमा गीत रेर्कड गर्ने अवस्था छैन ।

No description available.बरु यसरी नै सबैलाई सनाउन पाएको र यहिँ आजाजले गीत सुनाएर आफु जस्तै अरुलाई बाँच्नका लागि रकम संकलन गर्न पाउदा उनि निकै खुसि छन् । उनले भने,  “धेरैलाई लाग्दो होला, पैसा कमाउनलाई आएका हुन् भन्ने, तर हामी आफु जस्तै अरुलाई पनि बचाउनुपर्छ भन्ने उदेश्यले आएका हौँ, हामी बाजुरा मात्रै आएका छैनौँ यस्तै धेरै जिल्लामा गएका छौँ, सहयोग मागेका छौँ तर यो हाम्रा लागि मात्र होइन” 

“भाग्य गयो सिसा झै फटेर,” 
“लग्यो आँखा दैवले लुटेर,” 
आफुनै कथा लेख्न मन लाछ, 
कस्तो छ है यो सारा दुनियाँ 
हामलाई पनि देख्न मन लाछ, ” 

No description available.
दुखी हुँदै अर्को गीतको टुक्का सुनाउदै उनले सुनाए, भगवानले जसरी बाँच भन्या त्यसरी नै बाच्नुपर्छ, सोचेजस्तो जीवन त कसको नै हुन्छ र ? संसार देख्ने धोको त हामीलाई पनि नभएको कहाँ छ र ? “तर मैले आँखा नदेखेपनि म मेरा प्रतिभाले म जस्तै अरुको सेवा गर्न सकिरहेको छु यसमा म खुसी छु यसरी नै सेवा गरिहने हो, हामीले रकम संकलन गरेर सहि ठाँउमा लगानी लगाएका छौँ हामिले गरेको दुःखले कोही बाँचेका छन् ” अर्का दृष्टिबिहिन् २२ वर्षिय विकाश चौधरीको पीडा पनि फरक छैन। उनी पनि आँखा देख्दैनन् । 

“कसलै मलाई गर्दा त घृणा ” 
“सधै गाह्रो भाको छ यो पीडा,” 
यस्तै भयो नि मेरे जिन्दगी रुदै गायो नी” 

यस्तै आफ्नै वास्तिविक जीन कथाा आधनरित गीतहरु गाँउदै उनी पनि अरुको साहारामा रकम संकलन गर्ने अभियानमा सहभागी छन् । मानव सेवा भनेकै संसारमा सबैभन्दा ठुलो धर्म रहेको बताउदै उनले आफुले दुख कष्ट गरेर भएपनि अरुको साहारा बन्नु नै पुन्य कमाउनु हो जस्तै आफुलाई लाग्ने गरेको सुनाए,   

No description available.“हामी त हिड्न सक्छौँ, बरु आँखा मात्रत्रै देख्दैनौँ, आफै खान सक्छौँ, कतै गएर मागेर भएपनि खान सक्छौँ, तर धेरै मानिसहरु जो हिड्न सक्दैनन्, जसको संसारमा अर्को कुनै साहारा छैन, जसलाई कसैले दिएनन् भने भोकभोकै मर्नुको अर्को विकल्प छैन, हो त्यस्तै व्यक्तिहरुको पालनपोषण मात्रै होइन पढ्ने लेख्ने खर्च जुटाउन हो हामीले यसरी रकम संकलन गर्ने र दुःख गर्ने” उनले सनाए, 

यो संसार बिचित्रको छ,  मानिसहरु धैरैै स्वार्थी छन्,  तर जसको आफुसंग केही हुँदैन र कोही हुँदैनन् उनिहरुनै मनका धनी हुन्छन् भन्ने कुराको उनिहरु उदारण हुन् । सबैठोक भएपनि आत्मनिर्भर भएर बाच्न नसक्नेहरु पनि धेरै भटिन्छन् । तर यो पाँच जनाको समुह भित्रका तीन जना जो अरुलाई देख्दैनन् आफै हिड्न सक्दैनन् ।

No description available.उनिहरुलाई नै आफुजस्तै अरुको सेवा गर्ने धोको छ । भोकभामै कोही मर्न नपरोस भन्ने चाहान्छन् । सबैले पढ्न लेख्न पाउनुपर्छ भन्ने उनिहरुको मनसाय छ । सबै बाँच्नुपर्छ, सबै समान हुन् अशक्त असाह्य, सबै समान हुने समान व्यवाहार गर्नुपर्छ भनेर उनिहरुले ठाँउ ठाँउमा गएर देखाएको मानवीयताकको जति प्रशंसा गरेपनि कमै हुन्छ ।   
 

प्रतिक्रिया दिनुहोस