बिहिबार, ०३ असोज २०८१

बाजुरामा चट्याङ लागेए ११ वर्षीय एक बालिकाको मृत्यु

तीन पशुचौपाया पनि मरे, घटना बारे थप जाकारी आउन बाँकी

बाजुरा :  बाजुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । स्थानीयका  अनुसार गएराती परेको  चट्याङका कारण बडीमालिका नगरपालिका वडा न . ६ कोर्धका स्थानीय तुला रावलकी ११ वर्षीय छोरी प्रमिला रावल (परु) को मृत्यु भएको बताइएको छ ।

गएराती करिव साढे १२ बजे बजेको समयमा  चट्याङका कारण उनको मृत्य भएको वडा न . ६ का वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष परे बडुवालले जानकारी दिएका छन् । उनका अनुसार बालिका सहित तीन पशुचौपाया पनि मरेको बताइएको छ ।  ११ वर्षिय बालिका संगै एक भैँसि र भैँसिको पाडो र एक गोरु  पनि मरेको  बताइएको छ । मृतक रावलका बुवा सहित तीन जना  मागथला नाम गरेको लेखमा खरक हालेर बस्दै आएका थिए ।

उक्त लेखमा करीब १ घण्टाको बाटो हिडेर पुगिन्छ । चत्याङका कारण बालिका संगै अन्य दुई जना पनि बेहोस अवस्थाम आफन्तले भेटेको तर अहिले भने उनिहरुको होस खुलेको कार्यवाहक अध्यक्ष बडुवालले बताए । मृतक बालिका गाँउमै रहेकोनेरा आधारधुत बिद्यालयमा कक्षा २ मा अध्यनन्रत थिइन् ।

प्रहरीलाई खबर पश्चात् प्रहरीको टोली  घटनास्थल तर्फ बिहान ५ बजे नै गैसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डीएसपी कबिन्द्र बोहराले बताएका छन् । घटना बारे  चट्याङ परेको भन्ने खबर आएपनि अन्य आधिकारिक जानकारी भने नआएको उनले बताए । घटना बारे थप जानकारी आउन बाँकी  छ ।

प्रतिक्रिया दिनुहोस