काठमाडौं । नेकपा माओवादी (केन्द्र) का सचिव दिनानाथ शर्माले मुलुकलाई ठीक ठाउँमा ल्याउन प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डको आवश्यकता भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व मन्त्रीसमेत रहेका शर्माले भ्रष्टाचारीलाई कारबाही गर्ने, अन्यायविरुद्ध लड्ने र परिवर्तनको बाहक शक्ति माओवादी भएको बताउँदै सरकारले ६–८ महिना गरेका काम महत्त्वपूर्ण रहेको दाबी गरेका छन् । केही पनि गरेन भन्ने आरोपमा आग्रहको गन्ध मिसिएको पनि नेता शर्माको भनाइ छ ।
यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवालाई दलाल, तस्कर र भ्रष्टाचारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाउन दबाब दिएको हुन सक्ने आसंका ब्यक्त गरेका छन् । अहिले गृहमन्त्री हटाउनुपर्ने कारण केहि पनि नरहेकाले सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने दाबी गरे ।
यस्तै, अर्को प्रसंगमा नेता शर्माले काठमाडौंका मेयर बालेन शाह गरिब गुरुवाभन्दा महल र ठूलाबडाको मात्र सेवामा लागेको आरोप पनि लगाएका छन् । बालेनमा जोस जाँगर रहेको भए पनि साइबर सेना बनाएर सरकार विरुद्ध काम गरेको बताउनुभयो छ । यस्तै बालेनको प्रतिशोध, आग्रह र अभिव्यक्तिलाई जनताले राम्रो नमानेको पनि नेता शर्माको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस