बिहिबार, ०३ असोज २०८१

मदिराले मात्तिएका खप्तड छेडेदह ३ का वडा अध्यक्षद्धारा स्थानीय माथि कुटपीट

कुटाकुट पछि विर्ख रावतको हातमा चोट लागेको छ । भने बुढाको टाउकोमा गम्भीर चोट लागेको छ । बुढाको टाउकोमा ७ वटा टाँका लागेको आफन्तले बताएका छन् । अध्यक्ष रावतले पनि आफू टाँटे स्वास्थ्य चौकीमा उपचारका लागि आएको स्वीकार गरेका छन् । पीडित पक्षले भने चुनावमा भोट नदिएको आक्रोशमा कुटपीट गरेको आरोप लगाएका छन् । रावत नेपाली काँग्रेसबाट चुनाव जितेका वडा अध्यक्ष हुन् ।

बुधबार २०, भदौ २०८० १२:०६

मार्तडी कोल्टी सडक तीन दिन भित्र सुचारु हुने, सडक मर्मत सुरु

जिल्ली पहिरोमा होम पाइप हालेर सडक सुचारु गर्ने तयारी प्राविधिकको टिमले गरेको छ । कालोपत्रेको काम भइरहेको मार्तडी कोल्टी सडक बर्षादको समयमा बन्द हुने गरेको छ । यो पटक पनि बन्द भएको थियो । असोजसम्म सुचारु गर्न मुस्कील हुने सडक यो वर्ष भने भदौमै सुचारु हुने अवस्थामा पुगेको छ ।

बुधबार २०, भदौ २०८० ०८:०७

बडीमालिका मन्दिरमा दलित माथि विभेद गरेको आरोपमा पुजारी बिरुद्द उजुरी

बडीमालिका ८ मा बडीमालिका मन्दिर स्थापना गरिएको छ । बडीमालिका धार्मीक यात्राको प्रवेशद्धवारमा स्थापना गरिएको मन्दिरमा हरेक चाड पर्वको अवसर पारी मेला लाग्ने गरेको छ । पुजाका लागि मन्दिर पुगेका युवतीहरुलाई बडीमालिका नगरपालिका ८ का दलबहादुर रावलले तिमीहरुको हक छैन्, भन्दै टिका लगाउन अस्वीकार गरेका हुन् ।

बिहिबार २१, भदौ २०८० ०२:४४

हलिया मुक्तिका १५ वर्ष : साल फेरिए, मुक्त हलियाका सवाल र समस्या फेरिएनन् !

श्रीकृष्ण जन्मअष्टमी पर्व सकिएको छ । तीज पर्व सुरु भएको छ । नाच गान र रमाइलोमा महिलाहरु व्यस्त छन् । तर मुक्त हलिया बस्तीमा कुनै दिन तीज आउँदैन्, नत दशै तिहार नै आउँछ । साहुकोमा काम गरे र साहुले चाड पर्वमा बोलाए मात्र त्यसको अनुभव गर्न पाउँछन्, नत्र अवस्था दया लाग्दो छ । मुक्त दिवसमा समेत खुसी छैनन् । उत्साह र उमंग नै छैन् । समय फेरिए पनि मुक्त हलियाका सवाल र समस्या फेरिएका छैनन् ।

बिहिबार २१, भदौ २०८० ०३:०९

बाजुराको पाण्डुसैनमा घर भित्रै महिलाको शव भेटियो, हत्याको आशंका

घर भित्र २ वटा गीलास, सुप सहीतको चाउचाउ सँगै राखिएको छेउमै धाँटीमा डोरी बाँधेर सुताएको अवस्थामा शाही फेला परेकी हुन् । घरमै सानो पसल गरि बस्ने शाहीको हत्या गरिएको आफन्तको दाबी छ । सुताएकै अवस्थामा धाँटीमा पासो लगाएर मर्ने अवस्था नहुने र मर्नुको कुनै कारण समेत नरहेकोले हत्या गरिएको उनीहरुको दाबी छ ।

बिहिबार २१, भदौ २०८० ०३:४३

आन्तरिक पर्यटकहरुको मुख्य आकर्षकको केन्द्र बन्दै (लभदह) छेदेदह ताल

पहिरोका कारण एक मात्रै गर्व गर्न लायक सम्पदा मासिने जोखिम छ ।  तालको छेउमा धेरै बर्ष पहिले देखी पहिरो बगिरहेको छ । पहिरो तालको नजिकै पुगिसकेको छ । प्रकृतिकै अनुपम उपहार, छेडेदह गाउँपालिकाको मात्र नभैई जिल्लाका एतिहासिक महत्त्व बोकेको पर्यटकिय सम्भावना भएको  छेडेदह ताल संरक्षण र प्रबर्द्धनको अभावका कारण ओझेलमा छ । तीन वटै तहका सरकारबाट समेत अपहेलित हुँदै आएको यो तालको संरक्षण र प्रबर्द्धनमा नयाँ पुस्ताले चाँसो देखाउदै आएको भएपनि सरोकारवाला निकाय र सरोकार राख्नुपर्ने व्यक्ति नै जिम्मेवार देखिदैनन् ।

बिहिबार २१, भदौ २०८० ०४:५१

नेपाल खेलकुद महासंघ बाजुरामा नयाँ नेतृत्व, अध्यक्षमा लक्ष्मण रोकाया चयन

नवनिर्वाचित जिल्ला कमिटीलाई नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य गगन रावलले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । रावल अधिवेशन उद्घाटन समारोहको प्रमुख अतिथि पनि हुन् । रावलले खेलकुलका माध्यमबाट व्यक्ति स्वस्थ हुने, देशको पहिचान र शान बढ्ने, पार्टी कमिटीको संगठन बलियो हुने गरि महासंघका गतिविधी अघि बढ्नु पर्ने बताएका छन् ।

शुक्रबार २२, भदौ २०८० ०४:५३

एमाले बाजुराले थाल्यो पालिका स्तरीय प्रशिक्षण, बुढीनन्दाबाट सुरुवाद

नेकपा एमाले केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज भैरव बहादुर सिंह, केन्द्रीय सदस्य प्रकाशबहादुर शाह, केन्द्रीय सदस्य दयालबहादुर शाही, प्रदेश कमिटी उपसचिव बल्देव रेग्मी, पार्टी जिल्ला अध्यक्ष कालीबहादुर शाही, सचिव भरत थापा, उपसचिव जनक कुमार बोहरा, कार्यालय सचिव काशी विक, सचिवालय सदस्य जनक विष्ट सहीतको टोली प्रशिक्षण कार्यक्रममा हिँडेको छ ।

शुक्रबार २२, भदौ २०८० ०५:५२

व्यक्तिको सोच नबदली समाज बदल्न सकिन्न : सांसद दानी

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय बाजुराले आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै सांसद दानीले सोच सकारात्मक राख्न सुझाव दिएकी छन् । ज्ञान, कर्म र भक्ति योगका ज्ञाता भगवान श्रीकृष्ण सत्कर्म गरेकै कारण संसारमा भगवान कहलिएको र समाजका लागि आदर्श बनेको उदारण दिँदै उहाँले कृष्ण चरित्र आत्मसाथ गर्न सुझाव दिएकी छन् ।

शुक्रबार २२, भदौ २०८० ०९:१२

बाजुराको दडीपाटा गाउँमा खानेपानीको चरम अभाव

दडीपाटा गाउँ गौमुल गाउँपालिकाको केन्द्र घट्मना नजिकको बस्ती हो । प्रायःजसो बार्है महिना गाउँमा खानेपानीको अभाव हुने गरेको भएपनि अहिले सम्म कसैले चासो नदिँदा समस्या समाधान नभएको स्थानीय औला रोकायाले बताइन् । गाउँपालिका नजिककै गाउँमा लामो समयदेखि त्यहाँका स्थानीय खानेपानीको समस्या झेल्दै आएका छन् ।

शुक्रबार २२, भदौ २०८० ०९:२१

गौमुल गाउँपालिका अध्यक्ष हरि रोकाया ‘हेल्थ अवार्ड’बाट सम्मानीत

दिगो विकास लक्ष्यका सूचक अन्र्तगत स्वास्थ्य क्षेत्रको सुधारमा योगदान पुर्याएवापत सम्मान गरिएको आयोजकले बताएको छ । राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर विषयमा केन्द्रित यस वर्षको अवार्डबाट रोकायालाई सम्मान गरेको नेपाल लाइभ ग्रुपले बताएको छ ।

शुक्रबार २२, भदौ २०८० १०:५५

राजेन्द्र रावतको डब्बल्या देउडा गीतको भिडियो बजारमा

रोजगारीको सिलसिलामा भारत लगायतका अन्य मुलुक जानेहरुले आफ्नो भाषा सस्कृतिलाई भुल्ने, बिदेशी रहनसहन र सस्कृती भित्रीने क्रम बढेकोले यसको नियन्त्रण गर्न सहयोग पुग्ने र आफ्नो मौलिकता भुल्न नहुने सन्देश दिने गरि गीत तयार पारिएको छ ।

शनिबार २३, भदौ २०८० ०६:४८

अनेरास्ववियु बाजुरा क्याम्पस कमिटीको संयोजकमा प्रकाश खड्का चयन

समितिको संयोजक प्रकाश खड्का, सहसंयोजक उमेश रोकाया सहीत ३३ जनाको आयोजक कमिटी गठन गरेको हो । रोकायाले प्रारम्भीक कमिटीको निर्णय पुस्तिका समेत संयोजक खड्कालाई आजै हस्तान्त्रण गरि सफल कार्यकालको शुभकामना दिएका छन् । कमिटीले केही महिना भित्रै भेला बोलाएर नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

शनिबार २३, भदौ २०८० ०७:५३

बाजुराको स्याउ जिल्ला बाहिरका बजारमा पठाउने तयारी

कृषि ज्ञान केन्द्र बाजुरा र स्थानीय तहहरुले  स्याउ ढुवानीमा  ५०÷५० प्रतिशत अनुदान दिने भएका छन्। जिआइजेटले स्याउका लागि आवश्यक पेटी सहयोग गर्ने भएको छ । स्वामिकात्तिक गाउँपालिकाबाट तीन हजार पाँच सय पेटी र बुढीनन्दा नगरपालिकाबाट एक हजार पाँच सय पेटी स्याउ ढुवानीका लागि अनुदान दिइने कृषि ज्ञाने केन्द्र बाजुराको कार्यालयले बताएको छ ।

शनिबार २३, भदौ २०८० ०७:५८

गाउँका सिंहरदबार : दुईमहिनासम्म बैंक खाता नै खोलिदैन्, अस्तव्यस्त कामकाज

आर्थिक वर्ष सकिएपछि आन्तरिक लेखा परिक्षण र महालेखा परिक्षण, हिसाब मिलानको कारण देखाइन्छ । यसैमा कर्मचारी व्यस्त रहेको विषयमा नै अरुलाई अल्झाउने काम गरिन्छ । कर्मचारी असार पछि लगत्तै घुमफिर तथा पालिकाको काम वा जिम्मेवारी बाहिर नै देखिन्छन् । आलेप र मलेपको समय बाहेक कर्मचारी कुनै समय कार्यालयको काममा खटिएको देखिदैन् ।

आइतबार २४, भदौ २०८० १०:१६

कांग्रेस बाजुराले मनायो ११० औं विपी जन्मजयन्ती

वि .पीको बिचारबाट पछिल्लो समयमा नेपाली कांग्रेस बिचलित हुनु चिन्ताजनक बिषय रहेको बताउदै सुध्रिनुको अर्को विकल्प नरहेको बताएका छन् ।  कार्यक्रमका प्रमुख अथिती निवर्तमान जिल्ला कार्य समिति सभापति कविराज पण्डितले वि. पीको बिचारलाई आत्मसात गरेर एकताबद्ध भएर अगाडि बढ्नुको अर्को विकल्प नरहेको बताउदै उहाँकि बिचारबाट बिचल्लीत नहुन आग्रह गरेका छन् ।

आइतबार २४, भदौ २०८० १०:२८

नेपाली अर्थतन्त्रमा गठबन्धन नामको चट्याङ पर्यो : ओली

बैंकहरुले उद्योगीको समस्या नबुझेको उनको भनाइ थियो । साहुजी जस्तो भएर धितो लिलाम गर्न लागेको बताए । उनले थपे, ‘धितो लिलाम गर्ने होइन, समय दिनुपर्छ। म्याद बढाइदिनुपर्छ । ऋण थपिदिनुपर्छ र सञ्चालन गराउनुपर्छ ।’

आइतबार २४, भदौ २०८० ०८:०७

बाजुराका स्थानीय तहको बेरुजु १ अर्व ५० करोड नाघ्यो, सबैभन्दा बढी त्रिवेणीमा

स्थानीय तहमा एउटै वर्षको मात्रै नभई विगत देखि वर्षेनी थपिदै आएको बेरुजु रकम बढेर १ अर्व ५० करोड बढी पुगेको हो । बेरुजू असूली लक्ष अनुसार नभएको, कर्मचारी दरबन्दी अनुसार स्थायी पदपूर्ती नभएको, विकास निर्माण र सेवा प्रक्रियामा प्रभावकारिता नभएको नदेखिएको जस्ता विषयमा बेरुजु देखाइएको छ ।

सोमबार २५, भदौ २०८० ०५:५५

सुदूरपश्चिममा एक वर्षमा १९१ महिला जबरजस्ती करणीको सिकार

यो संख्या अघिल्ला दुई आर्थिक वर्षको तुलनामा घटेको देखाइपनि समाजमा अझै पनि चेलीबेटी सुरक्षित नभएको उल्लेखित तथ्यांकबाट प्रमाणित हुन्छ । आर्थिक वर्ष २०७७÷७८ मा दुई सय ३१ तथा आर्थिक वर्ष २०७८÷७९ मा दुई सय ३६ महिला, बालिका, किशोरी र युवती जबरजस्ती करणीको सिकार बन्न पुगेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

सोमबार २५, भदौ २०८० ०६:१०