अधिवेशन उद्घाटन समारोहको प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटी उपसचिव बल्देव रेग्मी रहनु भएको थियो । रेग्मीले युवा संघ सिर्जनशिल, अनुशासीत र गरि खाने हुने पर्ने धारणा राखेका छन् । युवा संघ अरु पार्टीका युवाभन्दा फरक र योग्यतम क्षमताले चिनिनु पर्ने सुझाव दिएका छन् ।
शुक्रबार २६, साउन २०८० ०६:२५
नेपाली काँग्रेसले यतिबेला देशव्यापी रुपमा संगठन सुदृढीकरण अभियान सञ्चालन गरेको छ । प्रत्येक पालिका पुग्ने, कार्यकर्ता भेट्ने, पार्टी संगठनको अवस्था बारे जानकारी लिने र पार्टी हितका पक्षमा छलफल गर्ने योजना सहीत अभियान लिएर गाउँ गएको नेपाली काँग्रेस बाजुराका सभापति रामसिंह रावलले बताएका छन् ।
शुक्रबार २६, साउन २०८० ११:३५
शनिबार २७, साउन २०८० १२:३१
बाजुरा जिल्लाको हकमा ओली अहिलेका सबैभन्दा इमान्दार र जिम्मेवार निर्माण व्यवसायी हुन्, भन्न कुनै हिचकिचाड छैन् र अरु कसैलाई अन्याय पनि हुदैन् । सम्मानीत हुने, समयमै काम सक्ने र गुणस्तरीय काम गरेकोमा थप अनुदान रकम पाउने व्यवसायी पनि ओली नै हुन् ।
शनिबार २७, साउन २०८० १२:३७
युवा दिवसकै नारामा आधारित पालिकाको केन्द्र कोल्टीमा वक्तृत्वकला आयोजना गरिएको हो । शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा पालिका भरिका माध्यमिक विद्यालय स्तरीय छात्र छात्रा खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दयाराम जोशीले बताएका छन् ।
शनिबार २७, साउन २०८० ०८:५४
सिंगो बजेटी बस्तीको खेती योग्य जमिन चिरा चिसा परेको छ । बस्ने घर चर्किएका छन् । केहीका भत्किसकेका छन् । एकसाता यता मात्र १३ बढी घर भत्किएको बुढीगंगा नगरपालिकामा रेकर्ड पुगेको छ । एउटा सिंगो बस्ती विस्थापित भएर गाउँ छोडेर गएको केही वर्ष थप क्षति बेहोर्नु परेन्, तर विगत केही वर्ष यता कुनै बर्खा बजेडी बासी शान्त मनले रात कटाउन पाएका छैनन् ।
आइतबार २८, साउन २०८० ०१:०२
अधिकांशले विमा सुविधाकै रकम वापत जिल्ला बाहिरका अस्पतालबाट पनि लाख बराबरको उपचार सेवा लिएको अवस्था छ । आर्थिक भार नहुने, स्वास्थ्य चेकजाँचमा सहज हुने, पैसा तिर्न नपर्ने र तिरेपनि ३५ सय तिरेर वर्षभरि सानोतिनो सबै प्रकारको उपचारका लागि ढुक्क हुने हुँदा विमाप्रतिको आकर्षण बढेको महिला स्वास्थ्य स्वयम सेविका माया खड्काले बताएकी छन् ।
आइतबार २८, साउन २०८० ०४:३०
सञ्चारकर्मी सँग कुराकानी गर्दै शाहीले उनले भने, ‘कुनै एउटा घटनाका लागि आयोग बनाउनु उचित होइन । एमालेले भने अनुसार उच्चस्तरीय छानबिन समिति बनाउने हो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण आयोग, विशेष अदालतको के काम ? ती सबैलाई विघटन गरी सांसदहरूको आयोग बनाएर छानबिन गरौं न त,।’
सोमबार २९, साउन २०८० ०९:०६
अनेरास्ववियुका महासचिव नरेश रोकायाले नयाँ कमिटीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । अध्ययनको शिलशिलामा बाजुराबाट काठमाडौं पुगेका विद्यार्थीहरुको शैक्षिक सहकार्यको संस्थाका रुपमा अनेरास्ववियुको भूमिका रहनु पर्ने सुझाव अनेरास्ववियुका महासचिव नरेश रोकायाले दिएका छन् ।
सोमबार २९, साउन २०८० ०५:०४
सिंचाइ कार्यालयका कर्मचारी सरकारी विदा सुविधा बाहेक विभिन्न काम र बाहना मिलाएर लामो समय कार्यालय बाहिर बस्ने गरेको आरोप छ । सिंचाइका कर्मचारीको त्यो रोग जस्तै हो । हाकीम साबहरु विदामा हुनुहुन्छ, अहिले काम पनि नहुने भएकोले आफूहरु मात्रै आउने गरेको कार्यालय सहयोगी सर्जन बुढाले बताएका छन् ।
सोमबार २९, साउन २०८० ०६:४९
मङ्गलबार ३०, साउन २०८० ०९:३३
उनी पालिकाको केन्द्र सुइजीउला स्थित हिमालय बैंकबाट वृद्धभत्ता बुझेर आफन्तसँग घर फर्किदै थिइन् । लगातारको पानीले रुडी खोलामा पानीको बहाव बढेको थियो । अघिल्लो वर्ष लगाएको पुल समेत बगाएर खोला तर्नु बाहेक अर्को विकल्प थिएन् । खोला तर्नेक्रममा सँगैकाहरुले हात समातेकै अवस्थामा खोलाले बगाएको स्थानीय धनसिंह विकले जानकारी दिएका छन् ।
मङ्गलबार ३०, साउन २०८० ०१:२४
मंलवार ( आज ) बिहान हृदयघातका कारण उनको ३९ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनको स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि आफन्तले स्टेचरमा बोकेर अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ । उनी यो भन्दा अगाडि कुनै रोगबाट ग्रसित थिएनन् । उनको एक्कासिको हृदयघातका कारण मृत्यु भएको हो ।
मङ्गलबार ३०, साउन २०८० ०६:२६
द्वन्द्वपीडित तथा शैक्षिक आन्दोलनमा लागेर आफ्नो जीवन खापेका शिक्षक नेताहरुको त्यो अवधिको सेवा नजोडिनाले तिनले नियमानुसार पाउनुपर्ने उपदान वा पेन्सन नपाएको, राजनैतिक आग्रह, पारिवारिक तथा समाजिब द्वन्द्व र विभेद लगायतका कारण स्थानीय तहका निर्वाचित पदाधिकारीको कोपभाजनमा प्रधानाध्यापक तथा शिक्षकस्थानीय तहले संविधानको अनुसूची ८ मा व्यवस्थित अधिकारको दुरुपयो गरी निर्वाचित पदाधिकारीले कठपुतली विद्यालय व्यवस्थापन समिति बनाएकोले विद्यालय तहको शिक्षालाई संविधानको अनुसुची ९ मा ल्याउनुपर्ने माग राखेका छन् ।
मङ्गलबार ३०, साउन २०८० ०७:५४
प्रमुख बोहरा यतिबेला पालिकाका समस्या सुनाउन राजधानी केन्द्रित छन् । मानव विकास सूचकांकको ७७ औँ स्थानमा रहेको बाजुरालाई राज्यले अपहेलना गर्न मिल्छ ? राज्यले बाजुराका नागरिकका लागि बजेट छुट्याउनु पर्छ कि पर्दैन ? बाजुराका धेरै ठाउँमा बेलीब्रीज छैनन् । जसका कारण नागरिकले ज्यान गुमाइरहेका छन् यसमा राज्यको ध्यान जानुपर्छ कि पर्दैन ? भन्दै प्रश्न गरेका छन् । बाजुरालाई राज्यले जहिले स्वार्थ अनुकुल प्रयोग गर्ने गरेको बताउदै प्रमुख बोहराले यसरी अपहेलना गर्न नपाइने तर्क गरेका छन् ।
बुधबार ३१, साउन २०८० ०२:५२
यता नगर उपप्रमुख नन्दा थापाले ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका मागहरूलाई सम्बोधन गर्ने कुरामा नगरपालिका तयार रहेको बताएकी छन् । नगरपालिका जनता प्रती गैरजिम्मेवार बन्यो, अर्थात जनताका जनजिविकाका सवालहरुमा बेखबर बन्यो भन्ने कुरा यथार्त नभएको उपप्रमुख थापाको भनाई छ । आफुहरु नगर बासिका समस्याहरु जनजिविकाका सवाल संग केन्द्रित रहेर नै निरन्तर जनतामाझ रहेर जनउत्तरदायी काम गरिरहेको उपप्रमुख थापाको दावी छ । ध्यानाकर्षण पत्र मार्फत दिइएका सुझावहरुलाई नगरपालिकाले सहजै ग्रहण गर्ने र समाधानका लागि पहल गर्ने पनि थापाले बताइन् ।
बुधबार ३१, साउन २०८० ०५:२७
बुढीगंगा नगरपालिकामा डेंगु रोगको संक्रमण पनि फैलिएको छ । हालसम्म १० जनामा संक्रमण नै पुष्टी भइसकेको छ । लगत्तै आँखा पाक्ने रोगको संक्रमण देखिएको पालिका प्रवक्ता हेमराज जैशीले बताएका छन् । जैशीले आफ्नै वडाबाट सरसफाइ र आँखाको उपचार तथा सचेतना अभियान सुरु गरेको जानकारी दिएका छन् ।
बुधबार ३१, साउन २०८० ०८:२६
अघिल्लो आर्थिक वर्षमा समावेश हुन नसकेका कुराहरु यो आर्थिक वर्षमा समावेश गरेको बताउदै पुरा हुन नसकेका कामहरु आगामी आर्थिक वर्षमा पुरा गर्ने गरी काम गरिहेको पनि अध्यक्ष थापाको भनाई थियो । वडा बासिका समस्या समाधानका लागी जनप्रतिनिधिको हैसियतले लागिपर्ने अध्यक्ष थापाले प्रतिबद्धता जनाएका छन् । विगतका दिनहरुमा भएगरेका कमिकमजोरीहरुलाई सुधार गरेर वडाको विकास र वडा वासिको हितमा रहे काम गर्ने उनले बताए ।
बुधबार ३१, साउन २०८० ०८:५०