शनिबार, ०६ पुष २०८१

प्रतिनिधिसभाको बैठक बस्दै ,

आजको बैठक पनि एमालेले  अवरुद्ध गर्ने आशंका कायमै

काठमाडौं ; संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक सोमबार९आज० बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 
 
आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने गराउने सम्भावित कार्यसूची रहेको छ । 
 
बैठकमा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने, सुनिल कुमार शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी गराउने, बाधा अड्काउ फुकाऊ आदेश पेस गर्ने, विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
 
एक सय किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिनको माग राख्दै प्रमुख प्रतिपक्षी एमालेले साउन १० गतेयता संसद्मा अवरोध गर्दै आएको छ । आजको बैठक पनि एमालेले  अवरुद्ध गर्ने आशंका कायमै छ ।

प्रतिक्रिया दिनुहोस