आइतबार, २३ भदौ २०८१

सिंचाइ कार्यालय बाजुरामा भेटिदैनन् कर्मचारी, सेवाग्राही मर्कामा

कार्यालय दिनभर सुनसान, प्रशासन मुख दर्शक, उपभोक्ता कार्यालय पुग्छन्, फर्किन्छन

मिनबहादुर खड्का 

बाजुरा : जिल्ला जलश्रोत तथा सिंचाइ विकास सव डिभिजन कार्यालयमा कर्मचारी र्न नभेटिने गरेको पाइएको छ । नयाँ आर्थिक वर्ष सुरु भएको महिना दिन बित्न लाग्दा पनि कर्मचारी घर विदाबाट कार्यालय फर्किएका छैनन् । सिंचाइ कार्यालयका कर्मचारी बस्ने कक्षहरु खाली कुर्सी बाहेक सुनासान अवस्थामा छ ।

कार्यालय प्रमुख सहीत ८ जना कर्मचारी कार्यरत कार्यालयमा हाल २ जना कार्यालय सहयोगी मात्रै छन् । सुरुमा एक जना कार्यालय सहयोगि मात्रै भेटिएका थिए । एक जना अर्को कार्यालय सहयोगी पनि थिएनन् । केही समयपछी एक जना फिल्ड सुपरभाइजर राम बहादुर दानी पनि आइपुगे । त्यसको केही समय पछी सुचना अधिकारी पनि औपचारिक पोशाक बिना कार्यालयमा घुम घाममा आए जसरी आइपुगे  । सुचना अधिकारी आउनुपुर्व उनि घर गएको कार्यालय सहयोगीले प्रतिक्रिया दिएका थिए । तर कार्यालयका बिभिन्न फाँटहरु भने खाली थिए। एक श्रोतका अनुसार एक जना प्राविधिक मात्रै आउने गरेको बताइएको छ ।

कार्यालय खोल्ने र बन्द गर्ने बाहेक अरु कुनै काम नै नहुने गरेको सेवाग्राहीले बताउने गरेका छन् । निर्माणको मात्रै काम हुने भएकोले आर्थिक वर्षको सुरुको महिना कर्मचारी लामो विदामा बस्ने गरेको पाइएको छ । तर कर्मचारीको दाबी अनुसार लामो समय विदामा नबसी कामले बाहिर गएको बताएका छन् । 

सिंचाइ कार्यालयका कर्मचारी सरकारी विदा सुविधा बाहेक विभिन्न काम र बाहना मिलाएर लामो समय कार्यालय बाहिर बस्ने गरेको आरोप छ । सिंचाइका कर्मचारीको त्यो रोग जस्तै हो । हाकीम साबहरु विदामा हुनुहुन्छ, अहिले काम पनि नहुने भएकोले आफूहरु मात्रै आउने गरेको कार्यालय सहयोगी सर्जन बुढाले बताएका छन् । 

कार्यालय सहयोगी बुढा स्वयम पनि कार्यालय खुला गरेर बाहिर गएका थिए । पौने दुई बजेमात्रै कार्यालयमा पुगेका हुन् । सरुवा बढुवाको काम हुने, हाकीम साबको काज फिर्ता भएको भन्ने खबरले पनि नआएको हुन सक्ने बुढाले जानकारी गराएका थिए ।  

कार्यालयका सूचना अधिकारी नरबहादुर हमाल औपचारिक पोशाक लगाएर केही ढिलो गरि मात्रै कार्यालय पुगेका थिए । कार्यालय प्रमुख प्रिय ब्रत जोशी विदामा छन् । सेवा लिन आउनेको संख्या पनि नहुने बाहना गरेर कर्मचारी लामो समय विदामा बस्ने गरेका छन् ।

राज्यको सुविधा लिएर राज्यको विदा सुविधा विपरित कार्यालय बाहिर बस्नु पर्ने गैर जिम्मेवारीपूर्ण कार्य हो । सिंचाइ कमिसनको कार्यालय हो, जस्ले दानापानी दिनसक्यो, योजना उसैका आउने गर्छन्, भुक्तानी पनि त्यसै आधारमा हुने गर्छ, हाकीमहरु रमाइलो गर्न गएका होलान्, सेवा लिन पुगेका एक जना सेवाग्राहीले कार्यालय परिसर नजिकै मजाग गरेका थिए ।

सिंचाइ कार्यालयमा कमिसन दिने कर्मचारी र नेताहरुसँग सेटिग गर्न सक्ने व्यक्तिको नाममा अघोषित रुपमा योजना आउने गरेको आरोप लाग्ने गरेको छ । एउटै सिंचाइ योजनामा तीन तिरको योजना समेत बजेट खर्च गर्ने गरि आउने गरेको आरोप छ । कर्मचारी आर्थिक वर्षको सुरुमा अख्तियारी नआएको बाहनामा कार्यालय बस्दैनन्, आर्थिक वर्षको अन्तिममा काम र सम्झौताको हतारो गर्ने गरेका छन् । 

कार्यालयमा यो वर्ष सम्पादन गरेका योजना र आएको कुल बजेट र शिर्ष शिर्षकको सूचना समेत दिने कर्मचारी कार्यालयमा छैनन् । सिंचाइ कार्यालय जहिलेपनि पुहँच र पावरकै सेटिंगमा चल्ने, जनताका काम भन्दा केही व्यक्तिगत स्वार्थका काम बढी हुने गरेको अखडाको रुपमा परिचित छ । 

कार्यालय प्रमुख प्रिय ब्रत जोशीलाई फोन गर्दा सम्पर्क हुन सकेन् । जस्का कारण कार्यालयमा कर्मचारी महिनादिनसम्म नआउनु कारण बारे जानकारी लिन नसकिएको हो । कुन कार्यालयमा को कर्मचारी आए, सेवा प्रवाहको अवस्था के छ, भने प्रशासन कार्यालयले समेत चासो नदिने गरेको जन गुनासो छ । 

तर प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले चासो नै नदिएको भन्ने कुरा गलत प्रचार गरिएको बताएका छन् । अधिकारी खड्काले प्रशासनको अनुमति लिएर कर्मचारी विदामा बसेको दाबी गरेका छन् । लामो समयसम्म जनताको काम नफर्किने गरि विदा दिएको विषय प्रति भने जनताको आक्रोश बढेको छ । 

प्रतिक्रिया दिनुहोस