शुक्रबार, ०२ कार्तिक २०८१

अनेरास्ववियुको बाजुरा काठमाडौं सम्पर्क मञ्चमा नयाँ नेतृत्व चयन

काठमाडौं : अनेरास्ववियु बाजुरा काठमाडौं सम्पर्क मञ्चको नयाँ नेतृत्व चयन गरिएको छ । काठमाडौंमा सम्पन्न ५ औं सम्मेलन मार्फत नयाँ नेतृत्व चयन गरिएको हो । सम्पर्क कमिटीमा अध्यक्ष प्रसाद कुमार रावल, उपाध्यक्ष सरिता थापा, सचिव दिपराज बोगटी, कोषाध्यक्ष सोविता विसी सहीतको नयाँ नेतृत्व आएको छ ।

अनेरास्ववियुका महासचिव नरेश रोकायाले नयाँ कमिटीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । अध्ययनको शिलशिलामा बाजुराबाट काठमाडौं पुगेका विद्यार्थीहरुको शैक्षिक सहकार्यको संस्थाका रुपमा अनेरास्ववियुको भूमिका रहनु पर्ने सुझाव अनेरास्ववियुका महासचिव नरेश रोकायाले दिएका छन् ।

उद्घाटन समारोहमा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, दयाल बहादुर शाही, सहदेव बोगटी जिल्ला अध्यक्ष कालीबहादुर शाही नेताहरु लालबहादुर ओली, भरत थापा, जनक बोहरा, हरि रोकाया, काशी विक लगायत पनि सहभागि थिए ।

एसइइ दिएर काठमाडौं पुगेका विद्यार्थीहरुको स्वागत सहीत ५ औं सम्मेलन गरिएको हो । अनेरास्ववियु नेकपा एमाले निकट विद्यार्थीहरुको साझा संगठन हो । अनेरास्ववियु सम्पर्क कमिटीको नयाँ नेतृत्वमा आएको टिमले बाजुराबाट काठमाडौं पुगेका विद्यार्थीको हक अधिकार र आपसी सहकार्य र समन्वयको पाटोलाई थप प्रभावकारी बनाउदै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस