बाजुरा : नेकपा एमाले सचिवालय बैठकले नेताहरुको जिम्मेवारी विभाजन गरेको छ । जिल्ला देखि प्रदेश र विभागीय जिम्मेवारी पार्टी कार्यालय च्यासलमा बसेको बैठकले बाँडफाँड गरेको हो । प्रदेश संयोजक सहीत जिल्ला इन्चार्जको जिम्मेवारी पनि तोकेको छ ।
सुदूरपश्चिमको संयोजकको रुपमा गणेशसिंह ठगुन्नालाई जिम्मेवारी दिएको छ । भने उनले दार्चुला जिल्ला इन्चार्जको पनि थप जिम्मेवारी पाएका छन् । सुदूरपश्चिमाका अधिकांश पुरानै अनुहारलाई जिम्मेवारी दिएर कार्यविभाजन गरेको हो । केही जिल्ला इन्चार्जको रुपमा भने नयाँलाई जिम्मेवारी दिएको छ ।
जसमा बाजुरा जिल्लाको इन्चार्जमा लालबहादुर थापा, कैलाली जिल्लाको इन्चार्जमा लीला भण्डारी, कञ्चनपुरमा निरु पाल डोटीमा चक्र मल्ल र अछाममा झपट बोहरा तोकिएका छन् । त्यसैगरी, बैतडी जिल्लाको इन्चार्जमा दामोदर भण्डारी, बझाङमा ऐन महर र डडेल्धुरामा पठानसिंह बोहरालाई जिम्मेवारी दिइएको छ ।
पार्टी संगठनलाई थप सुदृढ बनाउने उद्देश्यले जिल्ला इन्चार्जहरूको जिम्मेवारी तोकिएको एमालेले जनाएको छ । नयाँ जिम्मेवारी पाउनेमा कैलालीमा लीला भण्डारी, बझाङमा ऐन महर र डोटीमा चक्र मल्ल रहेका छन् । लालबहादुर थापा यस अघि पनि बाजुरा जिल्लाकै इन्चार्ज थिए ।
प्रतिक्रिया दिनुहोस