काठमाडौंः नेकपा एमालेका नेता शेरबहादुर तामाङले एमालेले संसद अवरोध गरेको आरोप लागेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका तामाङले देशको विकृती र भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै चासो नदेखाएकाले संसद अवरोध भइरहेको दाबी गरेका छन् ।
सरकारले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समीति नबनाएसम्म अवरोध जारी रहने उनको भनाइ छ ।
सरकारकै मातहतमा हुने भएकाले राजश्व अनुसन्धान विभाग र सिआइबीले गरेको अनुसन्धान पनि प्रभावित हुने स्पष्ट भएकाले छानविन समीति बनाउनैपर्ने अडानमा आफूहरु यथावत नै रहेको नेता तामाङले स्पष्ट पारेका छन् ।
उच्च स्तरीय राजनीतिक संरक्षणबिना यति ठुलो तस्कर कुनै पनि हालतमा नहुने भएकाले सुन प्रकरणमा राजनीतिक संलग्नता रहेको देखिएको प्रष्ट हुने तामाङको आरोप रहेको छ ।
नेता तामाङले सरकारले भाषणमा बोले जस्तै भ्रष्टचार अन्त्य गर्दै चाहन्छ भने उच्च स्तरीय छानविन समिति बनाउन किन डराइरहेको भन्दै प्रश्न समेत गर्नुभयो । दुई चार जनालाई देखाएर जेल हाल्दिएर उम्किन खोजेको सरकारलाई उम्किन नदिने बताउँदै उच्च स्तरीय छानविन समितिको आवश्यकता छ र बनाउनैपर्ने कुरामा अडान लिएका छन्
सुन प्रकरणमा उच्च स्तरीय छानविन समिति गठनको माग राख्दै नेकपा एमालेले यहि साउन १० गतेदेखि संसद बैठक लगातार अवरुद्ध गर्दै आइरहेको छ । जबसम्म उच्च स्तरीय छानविन समिति गठन गर्न सरकार तयार हुँदैन तबसम्म अवरोध जारी रहने एमालेले चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस