काठमाडौँ : नेपाली काँग्रेसका लोकप्रिय नेता तथा सांसद डा। चन्द्र भण्डारीको आज फेरि शल्यक्रिया गरिने भएको छ । झण्डै ६ महिना अगाडि आगलागीमा परी घाइते हुनुभएका भण्डारीको आज कृतिपुरस्थीत बर्न सेन्टरमा शल्यक्रिया हुन लागेको अस्पतालका प्रमुख प्रा. डा. शंकर राईले जानकारी दिएका छन्।
डा भण्डारीको हात र पछाडीको भागको शल्यक्रिया गर्न लागिएको हो । पुर्वनिधारित उपचार प्रक्रिया अनुसार नै उहाँको शल्यक्रिया गर्न लागिएको अस्पतालले जनाएको छ ।
उहाँको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकीमुलका चिकित्सक डा। तिमोथी स्प्रौल समेत आउनु भएको डा। राईले बताउनु भयो ।
नेता भण्डारीले आफ्नो उपचारका लागि राज्यले दिएको रकम पनि फिर्ता गर्ने घोषणा गरेकोले क्यानडाका चिकित्सक आफ्नै खर्चमा भण्डारीको शल्यक्रिया गर्न आउनु भएको डा राईले बताएका छन् ।
क्यानडाबाट आउनु भएका डा। स्प्रौललाई परराष्ट्र मन्त्री एनपी साउद र स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले स्वागत गर्दै धन्यवाद ज्ञापन गर्नु भएको डा भण्डारीका स्वकीय सचिव वोधराज कँडेलले बताए ।
डा। भण्डारीको शल्यक्रिया डा। स्प्रौलसँगै प्रा। डा बिडी झा, प्रा। डा। शंकरमान राई, सह प्राध्यापक किरण किशोर, डा अनुप सुवेदी, डा प्रदीप राजभण्डारी, डा प्रविन गिरी, डा निजिना ताम्राकार र मोहनकृष्ण डंगोलसहितको टोलीले गर्नेछ । शल्यक्रिया विहान ११ बजेदेखि सुरु हुने बताइएको छ ।
गत फागुन ३ गते राती आगलागीमा पर्नु भएका भण्डारीको सुरुमा कृतिपुर वर्न सेनटरमै उपचार गरी थप उपचार भारतको मुम्बईमा रहेको नेश्नल बर्न सेन्टरमा गराइएको थियो । भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उहाँको गत बैशाख १९ गतेदेखि काठमाडौको पुरानो वानेश्वरमा रहेको फ्रन्टलाईन अस्पतालमा उपचार भइरहेको थियो ।
कृतिपुर वर्न अस्पतालका प्रमुख डा। शंकर राईसँग परामर्श र निगरानीमा नै उहाँलाई फ्रन्टलाईनमा उपचार गराइएको थियो । अस्पतालमा उहाँलाई फिजियो थेरामी, ड्रेसिङ लगायतका उपचार गराइएको थियो ।
उहाँको उपचारका लागि अस्पतालले पनि शुल्क नलिने घोषणा गरेको थियो । राज्यले दिएको रकम फिर्ता दिएकाले उहाँलाई सहयोग गर्न चाहनेहरु झन बढेको उहाँका निकटस्थहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस