बाजुरा : नेपाली कांग्रेस खप्तड छेडेदह गाउँपालिका वडा न । ६ नाइना टोल कार्य समितिका सभापति चन्दु बिष्टको निधन भएको छ ।
मंलवार ( आज ) बिहान हृदयघातका कारण उनको ३९ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनको स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि आफन्तले स्टेचरमा बोकेर अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ । उनी यो भन्दा अगाडि कुनै रोगबाट ग्रसित थिएनन् । उनको एक्कासिको हृदयघातका कारण मृत्यु भएको हो ।
नेपाली कांग्रेसका क्रियासिल सदस्य समेत रहेका बिष्टको निधन प्रती नेपाली कांग्रेस निकट नेता कार्यकर्ताहरु र उनका शुभचिन्तकहरुले सामाजिक संजाल फेसवुक मार्फत दुःख व्यक्त गरेका छन् । कांग्रेसका युवा नेता समेत रहेका बिष्टको निधनले सिङ्गो नेपाली कांग्रेस पार्टीलाई नै ठूलो क्षती पुगेको कांग्रेस नेताहरूले बताएका छन् ।
पार्टी संगठन निर्माणमा ठुलो योगदान पुर्याएका युवा नेता बिष्टको निधनले नेपाली कांग्रेस खप्तड छेडेदह गाउँ कार्य समिति सिङ्गो रुपमा स्तब्ध भएको नेपाली कांग्रेस गाउँ कार्य समितिका सचीव बिष्णु धामीले बताएका छन् । मृतक बिष्टका दुई छोरा र एक श्रीमती छन् । उनको निधन पछि उनको परिवारको बिचल्ली भएको स्थानीयले बताएका छन् ।स्थानियका अनुसार हिन्दु परम्परा अनुसार उनको आजै स्थानीय जार खोलामा अन्तिम अन्तेष्टी गरिएको छ । नेपाली कांग्रेस पार्टीको झण्डा ओढाएर कांग्रेस नेताहरूले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
क्
प्रतिक्रिया दिनुहोस