बाजुरा : निर्माण व्यवसायी देश निर्माणका सारथी हुन् । विकासका साझेदार हुन् । तर आम नागरिकको बुझाइ ठिक उल्टो छ । निर्माण व्यवसायीको कार्यशैली, जिम्मेवारी प्रतिको इमान्दारीता र आम नागरिक प्रतिको विश्वास गुमाएका छन् । आफ्ना लागि जे पनि गर्ने, निर्माणका नाममा ठगी र दलाली गर्ने, राज्यको लगानीको चरम दुरुपयोग गर्ने समूह नै निर्माण व्यवसायी हुन्, भन्ने गलत मान्यता हाबी हुदै गएको छ ।
तर त्यो सबैका हकमा लागु छैन् र सबै निर्माण व्यवसायी त्यस्ता पनि छैनन् । कोहीले निर्माणकै कामबाट सामाजिक सम्मान र आर्थिक रुपमा सफलता हासिल गरेका उदारण पनि छन् । त्यो उदारणीय सूचीको अग्रभागमा आउने नाम हो, अंगबहादुर ओली । ओलीले निर्माण व्यवसायीको काम थालेको धेरै भएको छैन् । ओली खप्तड छेडेदह गाउँपालिका ७ ओलीगाउँका स्थानीय हुन् ।
२०७५।०७६ पछि मात्रै निर्माणको काममा हात हालेका ओलीले छिटो समयमा नै नाम र सम्मान दुबै कमाएका छन् । न्यू बढालेक निर्माण सेवाका सञ्चालक ओली सुरुमा भारतका पहाडमा भारी बोक्ने काम गथ्र्ये । स्कुल छोडेर सानैमा भारत लागेका ओलीले यो उचाइ र स्थानको अपेक्षाको कल्पना समेत गरेका थिएनन् ।
सानै उमेरमा बुबा गुमाए । काँधमा आफू पछिका दुई भाइ र एक बहिनीको जिम्मेवारी थपियो । घरको उत्पादनले खान समेत पुग्ने अवस्था थिएन् । परिवारकै भविष्यका लागि भारतका रानीखेत, अल्मोडा, पिथौलागड, बागेश्वर, द्धाराहाट लगायतका शहरमा बसे । भारी बोके । त्यसैको आम्दानी बचाएर खच्चड व्यवसाय सुरु गरे ।
खच्चड व्यवसाय थालेको २ वर्ष पछि गाउँमै व्यापार सुरु गरे । कान्छो भाइ र श्रीमतिलाई व्यापारमा लगाए । आफूले खच्चड नै चलाइरहे । त्यही व्यवसायबाट जेठो भाइलाई हेल्थ असिस्टेन्ट पढाए । भारी बोकेर गुजारा चलेको जीवन सफलता तिर अघि बढीरह्यो । गाउँमा सडक बाटो पुगेपछि ट्याक्टर किने, गाउँ र अत्तरियामा घर बनाए, घरेडी जोडे । दिनरात नभनी संघर्ष गरिरहेका ओलीलाई सफलताले साथ दिइरह्यो ।
शुन्यताको संघर्षले उठेको ओलीको जीवन संघर्षबाटै स्थापित बन्यो । हाल उनीसँग आर्थिक सफलता मात्रै छैन्, सामाजिक सम्मान पनि छ । काममा इमान्दारीता, जिम्मेवारी प्रतिको बफादारीता र साझेदार निकायसँगको विश्वासले सबैका प्यारा बनेका छन्, अंगबहादुर ओली ।
न्यू बढालेक निर्माण सेवा सुरु गरेको पाँच वर्ष मात्रै थियो । एक दर्जन बढी आफ्नै नामको ठेकाबाट पाएको काम सकाएका छन्, भने आधा दर्जन बढी अरुसँगको सहकार्य र उपभोक्ता समितिसँगको साझेदारीमा काम गरेका छन् ।
बाजुरा जिल्लाको हकमा ओली अहिलेका सबैभन्दा इमान्दार र जिम्मेवार निर्माण व्यवसायी हुन्, भन्न कुनै हिचकिचाड छैन् र अरु कसैलाई अन्याय पनि हुदैन् । सम्मानीत हुने, समयमै काम सक्ने र गुणस्तरीय काम गरेकोमा थप अनुदान रकम पाउने व्यवसायी पनि ओली नै हुन् ।
ठेकेदारहरु पनि इमान्दार र जिम्मेवार हुन्छन्, भन्दा सहजै पत्याउन गाह्रो हुने भीडमा ओलीको इमान्दारीता र काम प्रतिको जिम्मेवारी देखेर बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानीयाँ बहुत खुसी छन् । त्यही कारण यसै वर्ष बुढीगंगाले नगर सभाबाटै ओलीलाई पुरस्कार सहीत सम्मान गरेको छ ।
‘जिम्मा लिएको काम समय सीमा भन्दा अगाडि नै सम्पन्न गर्ने, भनेको समानको सत प्रतिशत प्रयोग गर्ने र इमान्दारीता पूर्वक काम गर्ने ठेकेदार ओली जी मात्रै देखिए, यत्तीको मान्छेलाई राज्यले पनि प्रोत्साहन र जिम्मेवारी दिनु पर्छ, बाँनीयाले भन्नु भयो ।’
बुढीगंगा नगरपालिकामा दशक बितेर पनि नबनेका योजना छन् । ठेकेदार सम्पर्कमा छैनन्, बोलाउँदा पनि आलटाल गर्छन्, तर ओली जीले कुनै काममा पनि यो भएन्, सुधार गरौं, र समयमै बनाउँ भन्ने ठाउँ नै राख्नु भएको छैन्, सिंगो पालिका काम प्रति सन्तुष्ट छ, र सहकार्य जारी राख्छौं, बानीयाँले थप्नु भयो ।
ओलीले पहिलो निर्माणको काम बाल विकास आधारभुत विद्यालय डोगडीबाट पाए । आफ्नै नामको निर्माण सेवाबाट भने पहिलो पटक अँधारी खौला देखि छेडेदहसम्मको बाटो निर्माणको काम गरेका थिए । त्यो कामको अवधी तीन महिला दिइएको थियो, तर उनले एक महिनामै सकाइ दिए ।
बुढीगंगा नगरपालिका ३ को भवनको निर्माण अवधी सकिन ६ महिना अगाडि नै सम्पन्न गरे । वडा कार्यालयले सम्मान गर्यो । तत्कालिन प्रतिनिधी सभा सदस्य एवं नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाबाट सम्मानीत हुने अवसर पाए । बुढीगंगा नगरपालिका स्वास्थ्य कार्यालय भवन पनि समयमै सकाए ।
किनारा निर्माण सेवासँगको सहकार्यमा मष्टेश्वरी माविको नमुना विद्यालयको भवन निर्माण गरे । निर्माण कार्य अवधी १८ महिनाको थियो । ओलीले सम्झौताको ७ महिना अगाडि अर्थात ११ महिनामै काम सकाए र २८ लाख नगद थप राज्यबाट पुरस्कार पाए ।
भवानी माविको ८ कोठे भवन, बेतालमाडौं निर्माण सेवासँगको सहकार्यमा सरस्वती माविको भवन, दशरथ माविको ८ कोठे भवन र दशरथ बढालेक आधारभुत विद्यालयको राष्ट्रपति शैक्षिक सुधार अन्र्तगतको भवन पनि ओलीले निर्माण अवधी अगाडि नै सम्पन्न गरे ।
हाल बुढीगंगा नगरपालिकाको सीप विकास केन्द्रको भवन निर्माण गरिरहेका छन् । पौष मसान्तसम्म निर्माण अवधी सम्झौता गरिएको छ । तर ओलीले असोज भित्रै पालिकालाई हस्तान्त्रण गर्ने गरे काम गरिरहेका छन् । खप्तड छेडेदह गाउँपालिका २ को भवन पनि समयमै सकाएर दिने ओलीको प्रतिवद्धता छ ।
ओलीले जिम्मा लिएका कामको गुणस्तरमा प्रश्न गर्ने ठाउँ हुन्न । समयमै निर्माणको काम सकिदैन्, की, धोका हुन्छकी, भन्ने आशंका गर्नु पर्ने कुनै कारण नै हुन्न । भारी बोक्ने जिन्दगी देखि हालसम्म पाएका जिम्माको काममा कहिल्यै बेइमानी गरिएन, अब झनै गर्ने अवस्था नै हुन्न भन्छन्, अंगबहादुर ओली । सबैतिरको सम्मान र सहयोगबाट उनलाई थप जिम्मेवार बन्न प्ररेणा मिलेको छ ।
ओलीसँग जेसीबी आफ्नै छ । १ ट्रक, २ ट्याक्टर, १ जीप, १ मिनिटाटा, सुर्का बजारमा ठुलो लगानीको व्यापार,यीनै सम्पत्तीका मालिक हुन्, ओली । ओलीले आफ्नै निर्माण कम्पनीमा २० जना बढी र व्यवसायमा १० जना बढीलाई प्रत्यक्ष काम दिएका छन् ।
काम गर्नेहरु समेत ओलीको व्यवाहार प्रति सन्तुष्ट छन् । इमान्दारीता र विश्वास कै कारण १२ वर्ष देखि एउटै व्यक्तिले ट्याक्टर र जीप चलाइ रहेका छन् । यो कुराले नै ओलीको इमान्दारीता र व्यवाहार प्रष्ट झल्किन्छ ।
बाजुरामा मात्रै पाँच दर्जन बढीका नाममा निर्माण कम्पनी दर्ता भएका छन् । क देखि घ सम्मका ठेकादार समूह त्यसमा पर्दछन् । ती मध्ये अधिकांशले काम पाएका छैनन्, पाएकाहरुले पनि समयमै काम सकाएको देखिदैन् । अपवाद बाहेक ठुला निर्माण कम्पनीले पनि समयमै काम कुनै योजनाको पनि सकाएका छैनन् ।
ठेका नाममा पार्ने, पेश्की लिने काम नगर्ने र लगानी डुबाउने सेवा प्रभावमा अवरोध गर्ने ठेकेदारको हाबी भइरहेका बेला ओलीको कामले नयाँ तरंग दिइरहेको छ । बुढीगंगा र खप्तड छेडेदहका जनप्रतिनिधी भन्दा बढी स्थानीय ओलीको कामबाट प्रभावित बनेका छन् । यस्तै काम र इमान्दारीता देखाउन सके समयमै काम हुनेछ भने, जनताले सेवा पाउने छन् र राज्यको लगानीले सार्थकता पाउने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस