बिहिबार, २४ पुष २०८२

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दैछ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे छलफल गर्दैछ । निर्वाचनमा सिट बाँडफाँटका विषयमा नेकपा एमाले र माओवादी केन्द्रलगायतका दलहरूसँग शीर्ष तहमा छलफल जारी राखेका छन्।

राष्ट्रिय सभामा कांग्रेसले प्रतिनिधित्व सुनिश्चित गर्न र निर्वाचन जित्न सक्ने आधार तय गर्न अन्य शक्तिहरूसँग सहकार्यको हात बढाएको हो।यही तयारी अनुसार सोमबार साँझ कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एमाले अध्यक्ष केपी ओलीसँग गुन्डु पुगेर भेटवार्ता गरेका छन्।

प्रतिक्रिया दिनुहोस