बाजुरा : बडीमालिका नगरपालिका वडा न. ८ ले एक आर्थिक वर्षको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । वडा कार्यालयले आर्थिक वर्ष २०७९/८० मा वडामा संचालन गरेका कार्यक्रमहरुको वार्षिक समिक्षा गरेर सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
वर्षभरी वडाले सम्पादन गरेका गतिविधी, सम्पन्न भएका योजनाहरुको अवस्था बारे वडा बासिलाई जानकारी गराइएको वडा अध्यक्ष चन्द्र बहादुर थापाले जानकारी दिएका छन्। बुधबार वडास्तरका जनप्रतिनिधी स्थानीय, सरोकारवाला निकाय र राजनितिक दल लगायतलाई उपस्थित गराई वार्षिक समिक्षा गरिएको अध्यक्ष थापाले बताएका छन् ।
कार्यक्रममा कृषि, सडक, खानेपानी सरसफाई लगायतका बिषयमा आफ्ना गुनासाहरु र सुझावहरु राखेका थिए । जवाफमा वडा अध्यक्ष चन्द्र थापाले वडा बासिका गुनासाहरुलाई सम्वोधन गर्ने र आएका सुझावहरुलाई ग्रहण गरेर अगाडी बढ्ने बताएका छन् ।
अघिल्लो आर्थिक वर्षमा समावेश हुन नसकेका कुराहरु यो आर्थिक वर्षमा समावेश गरेको बताउदै पुरा हुन नसकेका कामहरु आगामी आर्थिक वर्षमा पुरा गर्ने गरी काम गरिहेको पनि अध्यक्ष थापाको भनाई थियो । वडा बासिका समस्या समाधानका लागी जनप्रतिनिधिको हैसियतले लागिपर्ने अध्यक्ष थापाले प्रतिबद्धता जनाएका छन् । विगतका दिनहरुमा भएगरेका कमिकमजोरीहरुलाई सुधार गरेर वडाको विकास र वडा वासिको हितमा रहे काम गर्ने उनले बताए ।
वडा अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षतामा सुरु भएको सार्वजनिक सुनुवाई तथा वार्षिक प्रगति समिक्षा कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गगन बहादुर रावल, विशिष्ट अतिथिमा नेपाली काँग्रेसका तर्फबाट प्रदेश निर्वाचन क्षेत्र (ख) का सहसचिव महेन्द्र रावल लगायत ६० बढी स्थानीयहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालनवडा सचिव गोरखबहादुर रावलले गरो हुन् ।
प्रतिक्रिया दिनुहोस