शुक्रबार, ०२ कार्तिक २०८१

युवा संघको बुढीनन्दा नगर कमिटी गठन, अध्यक्षमा नरेन्द्र शाही

बाजुरा : राष्ट्रिय युवा संघ नेपाल बुढीनन्दा नगर कमिटी गठन गरिएको छ । नरेन्द्र शाही अध्यक्ष रहने गरी २१ सदस्यीय नगर कमिटी गठन गरिएको हो । नगर कमिटीको दोस्रो अधिवेशनबाट नगर कमिटी गठन गरिएको युवा संघ बाजुराका सचिव विष्न कार्कीले बताएका छन् ।

कमिटीको उपाध्यक्षमा खगेन्द्र विष्ट, सचिव रामचन्द्र विष्ट, सहसचिव धिरेन्द्र नेपाली र सौभाग्य रेग्मी, कोषाध्यक्ष रमिता रोकाया बोहरा रहने गरी कमिटी गठन गरिएको हो । युवा संघले जिल्ला व्यापी संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । 

अधिवेशन उद्घाटन समारोहको प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटी उपसचिव बल्देव रेग्मी रहनु भएको थियो । रेग्मीले युवा संघ सिर्जनशिल, अनुशासीत र गरि खाने हुने पर्ने धारणा राखेका छन् । युवा संघ अरु पार्टीका युवाभन्दा फरक र योग्यतम क्षमताले चिनिनु पर्ने सुझाव दिएका छन् ।

अधिवेशन उद्घाटन समारोहमा नेकपा एमालेका नेताहरु, युवा संघका नेता गणेश बोहरा, क्षितीज शाही, सुरेन्द्र रोकाया र अनेरास्ववियुका नेता प्रेम नेपाली सहीत सहभागि थिए । कोल्टी स्थित शिवपार्क हलमा युवा संघले नगर अधिवेशन तथा प्रशिक्षण कार्यक्रम गरेको हो ।  

नगर कमिटी सचिब  मुकुन्द बहादुर मल्लको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नेकपा एमाले बुढीनन्दा नगर कमिटी उपाध्यक्ष शुकविर कडारा, प्रदेश कमिटी प्रचारप्रसार बिभाग सदस्य सर्पलाल गिरी बिशेष अतिथी रहनु भएको थियो । 

प्रतिक्रिया दिनुहोस