शनिबार, ०६ पुष २०८१

राष्ट्रपति भेट्न ओली पुगे शितल निवासमा,के के भयो त छलफल ?

सदनको अवरोध हटाउन राष्ट्रपतिले दिए यस्तो सुझाव

काठमाडौं :  राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। राष्ट्रपति पौडेललाई भेट्न एमाले अध्यक्ष ओली राष्ट्रपति निवास पुग्नुभएको थियो । भेटमा संसदको अवरोध हटाउने विषयमा चासो राखेको राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभएको छ ।

लामो समयसम्म संसद नचल्दा जनतामा नैराश्यता बढ्नुका साथै नकारात्मक प्रभाव पर्ने भन्दै राष्ट्रपतिले ओलीलाई ध्यानाकर्षण जनाउनु भयो। दलहरुबीच आपसी सहमति गरेर अघि बढ्न राष्ट्रपतिको सुझाव छ ।

यसअघि राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालाई पनि बोलाएर सदनको अवरोध हटाउनेबारे चासो राख्नुभएको थियो ।

प्रमुख प्रतिपक्षी दल एमालेले सुन प्रकरणलाई लिएर उच्चस्तरीय छानबिन समितिको माग राख्दै संसद अवरोध गर्दै आइरहेको छ । तर, सरकार समिति गठनको पक्षमा छैन । त्यसो त आजै बिहान बसेको सत्ता गठबन्धनको बैठकले सदनको अवरोध हटाउन एमालेसहित विपक्षी दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस