काठमाडौं ; नक्कली शैक्षिक प्रमाणपत्रप्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद तथा मेडिकल व्यवसायी सुनील शर्मा थुनामुक्त भएका छन् ।
नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा अनुसन्धानका लागि थुनामा राख्न सीआईबीले राखेको म्याद थपको प्रस्ताव काठमाडौं जिल्ला अदालतले अस्वीकार गरेको हो ।
न्यायाधीश धनपति शर्माको इजलासले शर्मालाई साधारण तारिखमा राखेर अनुसन्धान गर्न सकिने भन्दै म्याद थप अस्वीकार गरेको हो । सीआईबीले उनलाई बिहीबार मात्र पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस