“अहिले धर्मशाला निर्माण गरिएको भनिएको क्षेत्र वडा नम्बर ५ मा पर्छ भने हेलिप्याड निर्माण गरिएको क्षेत्र वडा नम्बर ६ मा पर्छ, यो हाम्रो गौरव हो, हाम्रो पहिचान हो, बाजुरालाई बिश्वभर चिनाउने हाम्रो सम्पदा हो, त्यसकारण यसको संरक्षण सम्र्बद्धन र बिकासमा हामी सबैको दायित्व हो नगर प्रमुख थापाले भने ,”यसमा जिल्ला बासि सबैले सहयोग गर्नुपर्ने पनि नगरप्रमुख थापाले बताएका छन् । सर्वप्रथम उक्त क्षत्रमा निर्माण कार्य थाल्नुको औचित्य बारे कर्णाली प्रदेशमै पुगेर सम्बन्धित व्यक्ति र निकायबाट जानकारी लिने र छलफल गर्ने उनको भनाई छ । आफ्नो कब्जामा लिने उदेश्यले कर्णाली प्रदेश सरकारले उक्त क्षेत्रमा निर्माण कार्य थालेको हो भने कानुनी प्रक्रियामा अगाडि बढ्ने पनि उनले बताए ।
मङ्गलबार ०५, भदौ २०८० ०७:४१
शनिबार ०९, भदौ २०८० ०४:५३
आफ्नो गाउँ आफै बनाउने लक्ष्य सहीत कृषक समूह पछिल्लो समय बस्तीको सरसफाईदेखि विकास निर्माण कार्यहरुमा जागरुक भएका छन् । गौमुल गाउँपालिकामा लागु रहेका विभिन्न संस्थाहरुले टोलहरुमा समूहहरु स्थापना गरि प्रत्येक व्यक्तिलाई जिम्मेवारी दिएपछि पछिल्लो समय गाउँ तथा समाजलाई परिवर्तन गर्न सबै भन्दा बढी महिलाहरु सक्रिय देखिएका छन् । टोलमा रहेका कृषक समूहले पहिलो चरणमा सरसफाई अभियान चलाएको छ ।
आइतबार १०, भदौ २०८० १२:३७
मालाश्री रेकर्डिङ स्टुडियोका सञ्चाल समेत रहेका बाजुरालीको नेपाली गीत संगीत प्रती गरेको योगदानको जतिसुकै प्रसंशा गरेपनि कमै हुने उनका समर्थकहरु बताउन्छन् । उनले आफु जस्तै धेरै कालाकारहरु उत्पादन गर्न समेत सफल भएका छन् । सुदूरपश्चिमएली कला सस्कृतिको जगेर्ना गर्नमा उल्लेख योगदान पुर्याएका उनी कलाकारहरुको संगठित सस्था जनसास्कृतिक महासंघको नेतृत्व गर्ने अवसर पाएका छन् । कलाकारहरुको हितका लागि कलाकारिता क्षेत्रको बिकास र मौलिक सस्कृतिको जगेर्नामा टेवा पुर्याउने गरि काम गरिरहेको उनले बताएका छन् । आफ्नो जिम्मेवारी कर्तव्यनिष्ठ भए पूरा गर्ने र उपलब्धिमुलक कार्यकालका रुपमा स्थापित हुने उनको भनाई छ ।
आइतबार १०, भदौ २०८० ०२:३२
व्यापारिहरुलाई मनोमानि ढंगले सर्वसाधरणलाई मार हुने गरी बिक्री वितरण नर्गर र बदमासी नगर्न उपप्रमुख मायाँ खड्का कँवरले सुझाव दिएकी छन्व्यापाीहरुले ठगिन नपारोस्, अखाद्य बस्तुका कारण सर्वसाधरणको स्वास्थ्यमा असर नहोस् भन्ने उदेश्यले व्यापारीहरु र उपभोक्तालाई सचेत गराउन बजार अनुगमन गर्दै आइरहेको नगर उपप्रमुख माया खड्का कँवरले बताएकी छन् । पहलो चरणको बजार अनुगमन आज गरिएको र भादि बाँकी रहेका बजारमा अनगमन गर्ने तयारीमा रहेको पनि उनले बताइन् ।
आइतबार १०, भदौ २०८० ०९:१९
म जस्तै दुई जना बाजुराका सहयोद्धाले तपाइँहरुलाई जिताउनकै लागि भनेर ज्यानको गुमाए, दुई आमाको काख रित्तो भए, नाबालक टुहुरा भए, श्रीमतीको सिउदोको सिन्दुर पुछियो, परिवारको खुसी खोसियो, तर आज तपाईंहरु जितेर मानानीय बन्नु भयो हामीले के पायौं ? बिनासित्ती आफ्नो काख रित्तो पार्न बाध्य भएकी ती आमाले के पाइन् ? तिनका परिवारले के पाए ? हिजो तपाइँलाई जिताउनका लागि भनेर घर फर्किएका कयौं युवाहरु तपाइँलाई जिताएर संसदमा पठाए र आफु प्रदेशको बाटो लागे भन्ने कुरा त अवगत नै होला नी माननीय ज्यु ?
सोमबार ११, भदौ २०८० १०:३८
गरपालिकाले बुढीनन्दा क्षेत्रको प्रचारप्रार र पर्यटन प्रबद्धनका लागी उक्त बैठक राखिएको हो । धार्मिक आस्थाको धरोहर बडीमालिका संगै बुढीनन्दा पनि पर्ने भएपनि प्रचारप्रसारको अभावमा बुढीनन्दा ओझेलमा परेको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । नगर सरकाले उक्त क्षेत्रको प्रचारप्रसारमा कमि नगर्ने समेत उनको भनाई छ ।बुढीनन्दा क्षत्रको प्रचार प्रसार र होस् र सो क्षत्रको विकासका लागी के कसरी अगाी बढ्ने लगायतका बिषयमा छलफल गर्नका लागि त्यहाँ बैठकको आयोजना गरिएको पनि नगर प्रमुख बोहराले बताएका छन्
सोमबार ११, भदौ २०८० ०४:२०
हिमली गाँउपालिकामा यो मनसुन सुरु भएपछि मात्रै १२ घर परिवार पुर्ण रुपमा विस्थापित भएका छन् । हरेक वर्ष बाढी पहिरोका कारण भौतिक रुपमा धनजनको मात्र नभैइ मानवीय क्षती समेत हुँदै आएको छ ।जिल्लाका झन्डै ११६ गाउँ पहिरोको उच्च जोखिममा छन् । पहिरोको उच्च जोखिममा रहेका नागरिकहरु हरेक वर्षका वर्षातमा निदाउन नपाएर जागाराम बस्नुपर्ने बाध्यता छ । जोखिममा रहेका बस्तीहरुमा बस्ती बस्न उपयुक्त नहुने समेत भनिएको छ । यतिमात्र होईन बस्ती स्थानान्तरणको अर्को विकल्प नभएको भनिएको भएपनि सरोकारवाला निकायको यसमा ध्यान गएको पाइदैन ।
मङ्गलबार १२, भदौ २०८० ०९:४८
मङ्गलबार १२, भदौ २०८० ०४:१०
उसो त माओवादी केन्द्र बाजुराले जनतासंग माओबादी बिशेष अभियान सुरु गर्ने निर्णय गरेपनि बाजुरामा तेस्रो पार्टीका रुपमा रहेको माओवादी केन्द्रको बाहुलेता निकै कम छ । बाजुराका दुई प्रतिस्पर्धी दल नेकपा एमाले र नेपाली कांग्रेस संग प्रतिस्पर्धा गर्न निकै संर्घष गर्नुपर्ने देखिन्छ । नेताहरुले भने जस्तो सजिलै यो अभियानले बाजुरामा माओवादी केन्द्रको संगठन बलियो बनाउने कुरा फलामे चिउरा चपाउनु जस्तै हो अन्य दलमा आवद्ध नेताहरुले टिप्पणी गर्ने गरेका छन् ।
बुधबार १३, भदौ २०८० १०:२०
बुधबार १३, भदौ २०८० १२:०३
शब्दले जति सुन्दरताको ब्याख्या गरेपनि अपूर्ण नै हुन्छ बडीमालिका । जति हेरपनि आँखा थाक्दैनन्, जति रमाउँदा पनि मन अघाउदैन् । जति समय खर्चिएर घुमेपनि २२ पाटन क्षेत्र घुमाइ अधुरै हुन्छ । पुग्नेहरुले सुदूरको स्वर्गकै उपमा दिने गरेका छन् । प्रकृति जति प्यारो र आकर्षण मानव मनका लागि अरु केही होइन रहेछ, बडीमालिका क्षेत्र पुगेपछि बल्ल थाह हुन्छ । त्यहाँ पुगेपछि सबैजसोले यही अनुभूत गर्छन् । र भन्छन् ।
बिहिबार १४, भदौ २०८० ०२:०३