शनिबार, ०६ पुष २०८१

राज्यले बाजुरालाई सौतेनी व्यवाहार गरिरहेको छ : नगर प्रमुख बोहरा

पालिका बासीको जीवनस्तर माथी उकास्ने उदेश्य सहित नगरपालिका अगाडि बढेको बोहराको भनाई

बाजुरा : बुढिनन्दा नगरपालिकाका नगरप्रमुख जनक बोहराले बाजुरालाई राज्यले जहिले सौतेनी व्यावाहार गरेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको पालिका बहस कार्यक्रममा सञ्चारकर्मी संग कुराकानी गर्दै प्रमुख बोहराले यस्तो बताएका हुन् ।

प्रमुख बोहरा यतिबेला पालिकाका समस्या सुनाउन राजधानी केन्द्रित छन् । मानव विकास सूचकांकको ७७ औँ स्थानमा रहेको बाजुरालाई राज्यले अपहेलना गर्न मिल्छ ? राज्यले बाजुराका नागरिकका लागि बजेट छुट्याउनु पर्छ कि पर्दैन ? बाजुराका धेरै ठाउँमा बेलीब्रीज छैनन् । जसका कारण नागरिकले ज्यान गुमाइरहेका छन् यसमा राज्यको  ध्यान जानुपर्छ कि पर्दैन ? भन्दै प्रश्न गरेका छन् । बाजुरालाई राज्यले जहिले स्वार्थ अनुकुल प्रयोग गर्ने गरेको बताउदै प्रमुख बोहराले यसरी अपहेलना गर्न नपाइने तर्क गरेका छन् ।

 सुदूरको बाजुरालाई राज्यले हर्ने नजर जुन छ त्या फरहक हुनुपर्नेमा प्रमुख बोहराले जाड दिएका छन् । करार कर्मचारी हटाएर एमालेका कार्यकर्ता भर्ती गर्ने केन्द्र बनाउनु भयो भन्ने आरोप छ नी ? भन्ने प्रश्नको जवाफ दिदै नगर प्रमुख बोहराले बिधीको शासन कायम गर्नका लागि स्थानीय तहलाई दिएको अधिकारको प्रयोग गरि अनावश्यक कर्मचारी हटाएको दावी गरेका छन् । पार्टीका कार्यकर्ता भर्ती गर्यो भन्ने  कपोकल्पित  भ्रम भएको प्रमुख बोहराको जिकिर छ । नगरपालिकाले बिज्ञापन गरेर परिक्षा गरी उतिर्ण भएकाहरूलाई मात्र कर्मचारी नियुक्त गरिएको दावी गरेका छन् ।

कर्मचारी छनोट प्रक्रिया र विधि सम्बत तरिकाले नै कर्मचारी छनोट गरिएको उनले बताए । बुढिनन्दा नगरपालिकाका बिपन्न नगरवासीहरुको जीवन स्तरलाई माथी उकास्नका लागि आफुहरुले सोही अनुसारको नीति तथा कार्यक्रम बनाएर अगाडि बढिरहेको प्रमुख बोहराको भनाई थियो । धेरै कुरामा राजनीतिकरण भयो, नगरपालिकालाई एमालेको अखडा बनाईयो भन्ने प्रश्नको जवाफमा नगर प्रमुख बोहराको यो मिथ्या आरोप मात्र हो भन्ने थियो । चुनाव लड्दा एमालेबाट उम्मेदवारी दिएको भएपनि निर्वाचित भएपश्चात् सबैको साझा व्यक्तिका रुपमा काम गरिरहेको दावी गरेका छन् ।

यस्तै नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकताकामा राखेको पनि प्रमुख बोहराले बताए । उनले भने, हामीले बिरामीहरुले समयमा उपचार नपाएर अकालमै मृत्युु वरण गर्नुपर्ने अवस्था अन्त्य गर्न एमडिजीपी डाक्टरको व्यवस्था गरेका छौँ, स्थायी डाक्टर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखेका छौँ, एक्सरे सेवा सञ्चालन गरेका छौँ, ५५ जना स्वास्थ्यकर्मीको टोली द्वारा ४५०० जना बिपन्न नागरिकको निशुलक उपचार गरेका छौँ, स्वास्थ्य बिमा गराएका छौँ , फार्मेसी सेवा पनि सञ्चालनमै छ। देशभरका प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गर्न नसकेका सेवाहरु दिन हामी सफल भएका छौँ, उपचार नपाएर कसैले ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले नगरपालिका निरन्तर लागिरहेको प्रमुख बोहराको भनाई छ ।

युवा केन्द्रित रोजगार कार्यक्रम सञ्चालन गरेको बताउदै ४०० जना युवाहरुलाई बिदेश जानबाट रोकेको बताए । शिक्षा क्षेत्रम सुधार गर्न टिउसन कक्षा सञ्चालन, बिद्यालय अनुगमन, लगायतका कार्य सञ्चालन गरिएको बताएका छन् । प्रत्यक बिद्यालयमा भौतिक संरचना निर्माणमा खटाएर काम गराएको र गाँउमै रोजगारी दिएको दावी गरेका छन् ।

नगरपालिकाले तिन वर्ष अगाडी २ करोड बढी लगानीमा सञ्चालन गरेको डम्पिङ साइड किन सञ्चालन गर्न सकेन ? भन्ने प्रश्नको जवाफमा बोहराले भने, तत्कालिन समयमा डम्पिङ साइडलाई एउटा कमाई खाने भाडो बनाईयो , पर्यटकिय सम्भावना भएको, धार्मिक महत्व बोकेको सागरकोट भवानी जुन त्यहाँका स्थानीयले पानी परेन भने बाजागाजा बजाएर त्यहाँ गएपछी पानी पर्छ चन्ने धार्मिक बिश्वास रहेको छ, अहिले त्या ठाँउलाई फोहार फाल्ने ठाँउ बनाइयो,हामीले त्या निर्माण कार्य पुरा गर्नका लागी प्रदेश र संघ सरकार संग माग गर्यौ तर बजेट विनियोजन  गरेन, विगतको सरकारले अलपत्र पारेको हो , हामी लागिरहेका छौँ, । त्यति मात्र होइन जनप्रकाश माविको बरिव ४ करनेड लगानीमा बन्न लागेको भवन समेत विगतको सरकारले अलपत्र पारेका आरोप लगाएका छन् ।

एक तला मात्र बनाएर अलपत्र अवस्थामा छोडिएको उक्त भवन निर्माण कार्य पुरा गर्नका लागि  पनि आफुले भरपुर प्रयास गरिरहेको बताएका छन् । नगरप्रमुख बोहराले पहिलो प्रथामिकता स्वास्थ्य क्षत्रलाई दिएर पालिका अगाडी बढिरहेको बताउदै नगरको समग्र विकासका लागी आफुहरु निरन्तर लागिरहेको बताए ।

नगरको विकास नगरवासिको समृद्धिको लागी आफु प्रदेश र संघ सरकार मात्रै नभई अन्य दातृ निकायहरुमा पनि धाइरहेको प्रमुख बोहराको भनाई थियो । पर्यटन क्षत्रको विकास, कृषि क्षत्रको विकास, शिक्षा क्षत्र। रोजगारीलाई पनि संगै लिएर विकास निर्माणलाई नगरले अगाडी बढाइरहेको बताए । नगरभित्रका पर्यटकिय सम्भावना बोकेका क्षेत्रहरु , पादुका, तलिगोठी कैलाश, बुढिनन्न्दा ताल, कोल्टी विमानस्थल, लगायतका क्षत्रको विकासमा नगरपालिका प्रतिवद्ध रहेको बताए ।

कृषि क्षेत्रको बिषयमा संक्षिप्तमा बोल्दै बोहराले निशुल्क कृषि एम्बुलेन्स सञ्चालन, कोल्ड स्टोर, निर्माण गर्ने, पकेट क्षत्रहरु घोषण गर्नका लागी यो आर्थिक वर्षमा नै बेजेट विनियोजन गरेको बताए । पालिका भित्र खपत हुन नसकेको किसानहरुको उत्पादनलाई बाहिर निर्यात गर्नका लागि पनि पालिकाले पहल गरिहेको बताए ।

जनता प्रति जनउत्तरदायी हुनुपर्छ भनेर हेलो मेयर कार्यक्रम सञ्चालन लगायतका कार्यक्रमहरु सञ्चालन गरी पालिकामा सुशासन कायम गर्न लागिपरेको पनि स्पष्ट पारेका छन् । अहिलेसम्म गरेका निर्णयहरु सबै सर्वसम्मत पारित हुने गरेको बताउदै बोहराले प्रतिपक्ष संग पनि राम्रो सहकार्य रहेको दावी गरेका छन् । नगर सरकारले गरेका कामहरु माथि जनताले प्रश्न उठाँउनु नपर्ने गरी काम अगाडी बढाइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस