शुक्रबार, ०२ कार्तिक २०८१

पोषण अवस्था सुधारको माग सहीत मुक्तिकोट बासीले बुझाए गाउँपालिकालाई ज्ञापन पत्र

गाउँमा खानेपानीको सहज आपूर्ति हुनु पर्ने, सिँचाइ सुविधा निर्माण गरिनु पर्ने, कुपोषित आमा र बच्चालाई बिशेष पोषण कार्यक्रम लागु गर्नु पर्ने, बस्ती स्थान्तरण र रोजगारीका लागि पहल गरिनु पर्ने माग सहीत ज्ञापन पत्र बुझाएको समूहका सहजकर्ता धनपति विकले बताएका छन् ।

शुक्रबार ०८, मङि्सर २०८० ०८:३२

बडीमालिका र बुढीगंगाले लैङ्गिक हिंसा विरुद्धको अभियानका १६ सचेतना मुलक कार्यक्रम गरि मनाउने

अभियान नोभेम्वर २५ देखि डिसेम्बर १० तारिखसम्म १६ दिन मनाउने गरिएको छ । लैङ्गिक अधिकारको समानताका लागि घरबाटै सचेत र जागरुप बनाउने लक्ष्य सहीत अभियान विश्वभर बनाउने गरिएको छ ।

शुक्रबार ०८, मङि्सर २०८० ०९:५७

बाजुरामा खाद्य अधिकार हनन् र मनोमानी भाडा विरुद्ध नागरिक अगुवाले कानुनी उपचार खोज्ने

जिल्ला खाद्य अधिकार सञ्जाल बाजुराको बैठकमा सहभागि नागरिक अगुवाहरुले कृत्रिम अभाव सिर्जना गर्ने, महँगी र कालोबजारी गर्ने जस्ता खाद्य अधिकार हनन्का घटनामा जोडिएका व्यक्ति र प्रक्रियामा समावेश पात्रहरुलाई कानुनी उपचार नै खोज्ने निर्णय गरिएको सञ्जालका अध्यक्ष लक्ष्मीराज पाध्यायले बताएका छन् ।

शनिबार ०९, मङि्सर २०८० ०३:४१

‘समृद्धिका लागि संकल्प यात्रा’मा जुट्यो एमाले सुदूरपश्चिम

भारत र नेपालकको सीमा नाका बैतडीको झुलाघाटबाट सुरु भएको यात्रालाई पाँचथरको चिवा भन्ज्याङसम्म पुर्याएर समापन गर्ने तालिका नेकपा एमालेले सार्वजनिक गरेको छ । पुष्पलाल मध्येपहाडी लोकमार्ग भएरै यात्रा सञ्चालनको तयारी थालिएको हो । मध्येपहाडी लोकमार्ग पनि नेकपा एमाले नेतृत्वको सरकारकै पालामा निर्माण थालनी गरिएको हो ।

शनिबार ०९, मङि्सर २०८० ०८:४१

भुकम्पले भत्केका घर र दुखेका मन जोड्दै एमालेका योद्धा

उसोत त माओवादी प्रभावको क्षेत्रमा एमालेको प्रभावकारी काम भइरहेको छ । उद्दार र राहतका लागि जुट्न अरु पार्टीले उर्दि जारी गर्दा एमालेका योद्धाहरु मैदानमा खटिसकेका थिए । मजदुर संगठन, युवा संघ र अनेरास्ववियुले मंसिर नलाग्दै स्वमसेवी कार्यमा जुटिरहेका छन् ।

आइतबार १०, मङि्सर २०८० ०३:१८

हिंसा अन्त्य गर्न सहकार्य र समन्वय आवश्यक रहेकाे : उपप्रमुख (खड्का) कुवँर

महिलामाथि बढ्दो विभेद र हिंसा अन्त्य गर्न रणनीति नै तयार पारी वडास्तरदेखि नै अभियान सञ्चालन गरिदै आईरहेको बताउँदै यसमा सबैको सहयोग आवश्यक रहेको बताइन् । बुढीगंगा नगरपालिकाले सचेतना अभियान सञ्चालन गरी हिंसा प्रभावितहरुको न्यायको अधिकार सुनिश्चित गरेको उपप्रमुख कुवँरले बताएकी छन् ।

बुधबार १३, मङि्सर २०८० ०८:५४

एमालेको संकल्प यात्रामा झल्कियो सुदूरको मौलिक सँस्कृति

यो क्रम पाँचथरको चिवाभञ्जाग सम्म नै निरन्तर रहने पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बताएका छन् । सुदूरपश्चिमका शिर्ष नेता समेत रहेका थापाले यो यात्राले देश निर्माणमा नयाँ तरंग दिने, पार्टी प्रतिको विश्वास र जनसम्पर्क बढ्ने दाबी गरेका छन् ।

शुक्रबार १५, मङि्सर २०८० ०५:५१

नेपाली काँग्रेस बाजुराको आमसभाको व्यापक तयारी, महामन्त्री शर्माले संवोधन गर्ने

शिर्ष नेतृत्व नै बाजुरा आउने भएपछि भव्य तयारी गर्न लागिएको र त्यसका लागि मञ्च व्यवस्थापन देखिका सबै काम सम्पन्न भइसकेको सभापति रावलले जानकारी दिएका छन् । पार्टी नेतृत्वसँग भेटघाट र राष्ट्रिय राजनीति बारे जानकारी लिने अवसरका रुपमा आयोजना गरिने कार्यक्रम खुला मञ्च मार्तडीमा सञ्चालन गरिने भएको हो ।

सोमबार १८, मङि्सर २०८० ०६:५४

काँग्रेस तत्काल गठबन्धन सरकारको विकल्प खोज्ने पक्षमा छैन् : शर्मा

सरकार ढाल्ने र फाल्ने, वा कस्को र किन बनाउने विषयमा काँग्रेस भित्र कुनै बहस र छलफल भएको छैन्, महासमिति बैठक र नीति अधिवेशनको सुझाव पछि मात्रै के गर्ने भन्ने बारे सोच्न सकिने शर्माले भन्नु भयो । सरकारका सबै राम्रा काम छैनन्, केही सच्याउनु पर्ने र सुधार गर्नु पर्ने पनि छ, त्यो विषयमा सुझाव दिँदा र सच्याउने कुराको आलोचना गर्ने विषयलाई विरोध मान्न नहुने शर्माको दाबी छ ।

मङ्गलबार १९, मङि्सर २०८० १०:२२

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

मंगलबार जिल्ला अदालतका न्यायाधीश खडकबहादुर केसीको इजलासले उक्त घटनामा क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको र जातीय भेदभाव तथा छुवाछुत गरेको आरोपमा तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो ।

मङ्गलबार १९, मङि्सर २०८० ०९:५६

बाजुरा पुगेर विश्वप्रकाशले भने– संसदमा बाजुराको प्रतिनिधीत्व अब मैले पनि गर्छु !

नेपाली काँग्रेस बाजुराले मार्तडीमा आयोजना गरेको बृहत आम सभालाई संवोधन गर्दै शर्माले बाजुराको भोक, गरिबी, अभाव र थुप्रै संभावनाको प्रतिनिधित्व गर्ने आश्वासन दिएका छन् । पहिलो पटक बाजुरा पुग्दा सुन्दर र संभावनाको खानीका रुपमा बाजुरा पाएको बताउँदै उनले अब तपाईहरुको साथमा एक जना अर्को सांसद पनि थपिएको ठान्न भनेका छन् ।

मङ्गलबार १९, मङि्सर २०८० १०:२९

पारिवारिक बेवास्ताले बाटोमै बच्चा जन्माउँछन्, बाजुराका आमा

श्रीमानलाई समेत जानकारी नदिनु, पूर्व तयारी नगर्नु, आधा घण्टाको दुरीमा पनि विहान ४ बजे ब्यथा लागेर १० बजेसम्म बाटोमै हुनु, त्यो स्वयम पानसराको कमजोरी देखिन्छ । चेकजाँच गर्न आउँदा दिएको सुझाव समेत मान्दैनन्, पैसाका लागि मात्रै संस्थागत सुतकेरी गराउने गरेको अहेब चदाराको भनाई छ ।

बुधबार २०, मङि्सर २०८० ०६:५३

सरोकारवाला भन्छन् - लैङ्गिक हिंसा रोक्नु सबैको सरोकार र जिम्मेवारी हो

पीसविन, आइपास र भिएसोको सयुक्त सहकार्यमा मार्तडीमा आयोजित लैङ्गिक हिंसा न्यूनिकरणका लागि स्थानीय तह र सरोकारवाला निकायसँगको छलफल कार्यक्रमका सहभागिले सो कुरा बताएका हुन् । कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले हिंसा रोक्न सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

बुधबार २०, मङि्सर २०८० ०८:४२

बडीमालिकाले विद्यालयको दिवा खाजामा कोदोजन्य परिकार खुवाउने

विद्यालय दिवा खाजा विद्यार्थीका लागि आकषर्णको माध्यम पनि बनेको देखिन्छ । विद्यालय जान नमान्ने, ५ देखि ६ घण्टासम्म विद्यालय बस्दा सानो उमेरका बालबालिकालाई भोकले सताउने र पढ्न मन नगर्ने समस्या थियो । त्यो समस्या हल गर्न र बालबालिकाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेका कार्यक्रम कार्यान्वयनमा छ ।

बिहिबार २१, मङि्सर २०८० ०२:३५

प्रभु बैंकको परोपकारी काम : सुरक्षित आवास गृह बाजुरालाई न्यानो कपडा सहयोग

बडीमालिका नगरपालिकाको सभा हलमा औपचारिक कार्यक्रमकाबीच बैंकका म्यानेजर सिंहले सेभ हाउसलाई न्यानो कपडा सामाग्री हस्तान्त्रण गरेका हुन् । सुरक्षित आवास गृहका तर्फबाट सहयोग सामाग्री बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बुझेका हुन् ।

बिहिबार २१, मङि्सर २०८० ०५:२८

जनताका गुनासा सुन्न गाउँ हिँडे सुदूरपश्चिम प्रदेश सभा सदस्य शाही

निर्वाचत जितेपछि निश्चित ठाउँमा मात्रै विजयी सभा र भेटघाट गरेका थिए । निर्वाचन जितेको ठिक एक वर्ष पछि शाही जनताका गुनासा सुनुवाईको उदेश्य सहीत गाउँ लागेका हुन् । प्रत्येक टोल र गाउँमा पुगेर प्रत्येक्ष भेटघाट र गुनासा सुन्ने गरि घरदैलो कार्यक्रम राखिएको काँग्रेसका युवा नेता भरत बुढाले जानकारी दिएका छन् ।

बिहिबार २१, मङि्सर २०८० ०९:३६

देशको प्रगति नचाहानेहरुले अनेक तरंग फलाउने गरेका छन् : प्रदेश सभा सदस्य शाही

सबै विकास एकै चोटी सम्भव नहुने भएकाले क्रमसः सबै क्षेत्रका विकासहरु हुँदै गएका बताए । एक फरक प्रङ्गमा बोल्दै शाहीले गद्धिकुला खेलाएर माछा तान्ने मान्छेहरु यो समाजमा विकृति ल्याउन खोजिरहेका बताएका छन् । शाहीले विकास भएन भन्नेहरुलाई कसरी विकास भएन भन्ने प्रश्न गरेका छन् ।

शनिबार २३, मङि्सर २०८० ०८:५५

पत्रकार प्रकाश सिंह मानव अधिकार पुरस्कार २०८० बाट सम्मानीत

बडीमालिका खबरका सम्पादक समेत रहेका सिंह द हिमालय टाइम्समा कार्यरत छन् । दुई दशक देखि पत्रकारितामा सक्रिय सिंह सामाजिक सेवाका काममा पनि सक्रिय छन् । पत्रकारिता र समाज सेवा मार्फत मानव अधिकारको संरक्षणमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

आइतबार २४, मङि्सर २०८० ०३:०७

मुक्त हलियाको गुनासो आफ्नो कमाई तीन महिना पुग्छ, ९ महिना पैंचोले चल्छ

हलिया मुक्तिको नारा मात्रै सुनिएको आफुहरुको ब्यबस्थापन नभएको गुनासो बाजुराको बुढीनन्दा नगरपािलका १ पिपलडालीमा बस्दै आएका हलियाहरुको गुनासो रहेको छ । सोहि नगरपालिका १ पिपलडालीका जंगवीर ल्वारको घरमा पाँच जनाको परिवार रहेको छ ।

सोमबार २५, मङि्सर २०८० ०७:५१

बाजुराको बिच्छ्यामा कादुरीले १३० किलोवाट विद्युत उत्पादन गर्ने

झरो र टुकी बाल्नु पर्ने बाध्यता हटाउने गरि कादुरी एग्रीकल्चरल एण्ड एसोसिएसन ब्रिटिस गोर्खाज नेपालको आर्थिक सहयोगमा विद्युत आयोजना निर्माण हुन लागेको हो । हिमाली गाउँपालिकासँगको सहकार्यमा १ सय ३० किलोवाट क्षमताको विद्युत उत्पादन हुन लागेको हो ।

सोमबार २५, मङि्सर २०८० ०८:०५

बाल विवाह र छाउ कुप्रथा हटाउन किशोरी र बालबालिका आफै सक्रिय

महिला विकास मञ्च नामक गैर सरकारी संस्थाले खप्तड छेडेदह गाउँपालिकामा मात्रै २८ वटा टोलमा किशोरी कक्षा सञ्चालन गरेको छ । छाउ कुप्रथा हटाउने, बाल विवाह रोक्ने, पढाइप्रति किशोरीको आकर्षण बढाउने र विवाह प्रति जिम्मेवार र कुमान्यता प्रति सचेत बनाउने गरि किशोरी शिक्षा सञ्चालन गरिएको महिला विकास मञ्चका कार्यकारी निर्देशक उजा विष्टले बताइन् ।

बुधबार ०४, पुष २०८० ०५:२७

काठमाडौं महानगरपालिकाले खप्तड छेडेदह गाउँपालिकालाई एम्बुलेन्स सहयोग गर्ने

खप्तड छेडेदह गाउँपालिकालाई नै संवोधन गरिएको पुस ३ गते जारी लिखित पत्र मार्फत माघ मसान्त भित्र प्रक्रिया पुरा गरि एम्बुलेन्स लिन अनुरोध पत्राचार गरिएको छ । गाउँपालिकाका तर्फबाट एम्बुलेन्स सहयोगका लागि यस अघि कार्यपालिकाको बैठक सहीत माग पत्र पठाइएको थियो ।

बुधबार ०४, पुष २०८० ०६:०६

बडीमालिका नगर स्तरीय चौथो रनिङ शिल्डको च्याम्पीयन पनि मालिका

यो पटकको बडीमालिका नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा पनि आफ्नो इतिहास कायम राखेको छ । सहभागि ११ विद्यालयलाई पछि पार्दै यो पटक पनि मालिकाले जितलाई निरन्तरता दिएको छ । पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डमा मालिका माविले ४७ स्वर्ण, १३ रजत र ४ कास्यसहित ६४ पदक हात पारेको छ ।

बिहिबार ०५, पुष २०८० ०८:१७