शुक्रबार, ०४ असोज २०८१

‘समृद्धिका लागि संकल्प यात्रा’मा जुट्यो एमाले सुदूरपश्चिम

नेतादेखि कार्यकर्ता सबै सडक यात्रामा ओराल्ने तयारी

बाजुरा : नेकपा एमालेले यही मंसिर १४ गतेबाट सुरु गर्ने ‘समृद्धिका लागि संकल्प यात्रा’को तयारी तिब्र पारिएको छ । समृद्धिको सूर्यदय सुदूरपश्चिमबाट भन्ने उद्षोष सहीत यात्राको तयारी थालिएको नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले बताएको छ ।  

नेपालमा कम्यूनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुरा भएको अवसरमा पनि यात्राको थालनी गर्न लागिएको प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले उद्घाटन गर्ने ‘समृद्धिका लागि संकल्प यात्रा’ बैतडीको झुलाघाटबाट सुरु गरिने छ ।

भारत र नेपालकको सीमा नाका बैतडीको झुलाघाटबाट सुरु भएको यात्रालाई पाँचथरको चिवा भन्ज्याङसम्म पुर्याएर समापन गर्ने तालिका नेकपा एमालेले सार्वजनिक गरेको छ । पुष्पलाल मध्येपहाडी लोकमार्ग भएरै यात्रा सञ्चालनको तयारी थालिएको हो । मध्येपहाडी लोकमार्ग पनि नेकपा एमाले नेतृत्वको सरकारकै पालामा निर्माण थालनी गरिएको हो ।

यात्राको पहिलो कार्यक्रम मंसिर १४ गते झुलाघाट र बैतडीमा हुनेछ । त्यसको पछिल्लो दिन मंसिर १५ गते डडेल्धुरा र १६ अछामको साँफेबगरमा कार्यक्रम आयोजना गरिनेछ । भने केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले संवोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा एमालेले देशलाई जुरुक्क उठाउने, समृद्धिका लागि जनतासँगै जोडिएर संकल्प गर्ने र विकासको यात्राका रुपमा स्थापित गर्ने उदेश्य राखेको छ । सबै नेता कार्यकर्ता, पार्टी पंक्ति लस्कर सहीत सडक यात्रामै देखिने पार्टी प्रदेश सचिव रणबहादुर चन्द्रले बताएका छन् ।

तयारीका लागि नेकपा एमाले बैतडी जिल्ला कमिटी महिनादिन देखि खटनपटनमा लागि परेको छ । पार्टी अध्यक्ष सुरेन्द्र पाल सहीतका नेताहरु जिल्ला तहमै लागि परेका छन् । केन्द्रीय नेताहरु निरुदेवी पाल, दामोदर भण्डारी सहीतको नेतृत्व पंक्तिपनि सुरुवादी कार्यक्रमकै तयारीमा छन् ।

१४ गते उद्घाटन हुने कार्यक्रममा १२ गतेसाँझसम्म सिंगो पार्टी नेतृत्वलाई बैतडी पुगिसक्न निर्देशन जारी गरिएको छ । एमाले श्रोतमा अनुसार मध्यपहाडी लोकमार्गको यात्रामा केपी ओलीले समेतसँगै यात्रा गर्ने कार्यक्रम तय गरिएको छ ।

जनताका सवाल, समस्या र भावनाहरु बुझ्ने, संभावनाको खोजी गर्ने र समृद्धिका संकल्प गर्ने गरी कार्यक्रम अघि सारिएको एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बताएका छन् । हिमाल पहाड र तराइ जोड्ने गरि समृद्धि, सुशासन र विकासको यात्रा गर्न लागिएको हो, थापाले भन्नु भयो ।

जनताको जीवनसँगै जोडिएको राष्ट्र र राष्ट्रियताको भावना बोक्ने र विकास, पुननिर्माण र परिर्वतनको सन्देश प्रवाह गर्ने यात्राका रुपमा स्थापित गर्न लागिएको नेकपा एमाले नेतृ निरुदेवी पालले बताएकी छन् । जिल्ला इन्चार्ज समेत रहेकी पोलिटव्यूरो सदस्य पाल स्वयम तयारीका लागि बैतडीमै जुटिराख्नु भएको छ । 

प्रदेश कमिटीले आधा दर्जन बढी तयारी तथा व्यवस्थापन समिति बनाएको छ । कमला बोहराले संयोजन गर्ने गरी लोगशवरी कुँवर, कृष्ण ओली, राजेन्द्र नाथ, शिवराज भट्ट, भानुभक्त आचार्य रहेको प्रचार समिति समेत बनाएको छ । युवा संघ, अनेरास्ववियु र खेलकुद महासंघलाई स्वयम सेवकको रुपमा खट्न भनिएको छ ।

अनेमसंघ, किसान महासंघ, साँस्कृतिक महासंघ सहीतका संगठनलाई पनि कार्यक्रम स्थलमै खट्न निर्देशन जारी गरिएको छ । सोही अवसरमा जनगायकहरुका साँस्कृतिक प्रस्तुती पनि रहनेछन् । कामले स्थापित भएका, आस्था र विचार फरक राख्ने गरेका भएपनि ती व्यक्तिहरुसँग शिर्ष नेतृत्वलाई भेट गराउने, जनताका गुनासा गाउँ स्तरमै पुगेर सुन्ने अवसरका रुपमा पनि यात्रालाई लिइएको छ ।

देश बनाउने र बदल्ने यात्राका रुपमा लिइएको अभियानमा सबै जनसंगठन, सबै पार्टी पंक्तिलाई जोड्ने तयारी गरिएको छ । बैतडी, बझाग र दार्चुलाको बैतडीमा, कैलाली, , कंचनपुर र डडेल्धुराको डडेल्धुरामा, बाजुरा, अछाम र डोटीको अछामको साँफेबगरमा बिशेष भेलाको आयोजना गरिएको छ । 

अभियानकै अवसर पारी प्रेस चौतारी नेपालले पनि मंसिर १२ र १३ गते दार्चुलामा केन्द्रीय कमिटीको बैठक तय गरेको छ । राष्ट्रप्रेमी नेता प्रेमसिंह धामीको भूमि, भारतले जबरजस्त मिच्न खोजेको कालापानी, लिम्पियाधुरा र लिपुलेकको आधार क्षेत्रबाट देशलाई सन्देश दिने गरि बैठक आयोजना गरिएको प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले बताएका छन् । नेकपा एमालेले यात्रालाई बिशेष महत्वका साथ लिएको छ । 

प्रतिक्रिया दिनुहोस