शुक्रबार, ०४ असोज २०८१

बडीमालिका नगर स्तरीय चौथो रनिङ शिल्डको च्याम्पीयन पनि मालिका

बाजुरा : मालिका नमुना मावि र बाजुरामा आयोजना हुने राष्ट्रपति रनिङ शिल्ड एक अर्काका पर्यावाची जस्तै बनेका छन् । पालिका स्तरीय होस् की जिल्ला स्तरीय सबै सिल्डको उपाधीको हकदार मालिका नमुना मावि नै हुने गरेको छ । 

संघिय लोकतान्त्रिक व्यवस्था पछि आयोजना गरेका जिल्ला स्तरीय सबै राष्ट्रपति रनिङ शिल्डहरु मालिका मावि नै पहिलो भएको छ । बाजुरामा रहेका ६० बढी मावि मध्ये एकल राज मालिकाले नै गर्ने गरेको छ । 

यो पटकको बडीमालिका नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा पनि आफ्नो इतिहास कायम राखेको छ । सहभागि ११ विद्यालयलाई पछि पार्दै यो पटक पनि मालिकाले जितलाई निरन्तरता दिएको छ । पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डमा मालिका माविले ४७ स्वर्ण, १३ रजत र ४ कास्यसहित ६४ पदक हात पारेको छ ।

दोस्रो बनेको सत्यवादी मावि ९ स्वर्ण, ३ रजत र ४ कास्य सहित १६ पदक प्राप्त गरेको छ । भने ८ स्वर्ण, ६ रजत र १० कास्यसहित २४ पदक जितेर क्रियटर जोन एकेडेमी तृतीय बनेको छ । मालिका नमुना माविसँगको प्रतिस्पर्धामा अन्य सबै विद्यालयको अंक जोढेर पनि नपुग्ने अवस्था छ ।

बडीमालिका नगरपलिकाको आयोजना र बडीमालिका नगर स्तरिय खेलकुद विकास समितिको व्यवस्थापनमा पुस १ गतेबाट सो प्रतियोगिता मालिका माविको खेलमैदानमा संचालन गरिएको थियो ।

प्रतियोगितामा ४ वटा एथलेटिक्स, भलिवल, कवड्डी र मार्सलआर्ट विधामा सहभागि विद्यालयहरुविच प्रतिष्पर्दा गराईएको थियो । प्रतियोगितामा विजेता बनेका खेलाडीहरुलाई ट्रफि, मेडल र प्रमाणपत्र सहीतले सम्मान गरिएको नगर उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् ।

प्रतियोगितामा विजेता विद्यालय र उत्कृष्ट खेलाडीहरुले कोल्टीमा आयोजना हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भाग लिने अवसर पाउने भएका छन् । सुदूरपश्चिम प्रदेश सभा सदस्य पदमबहादुर शाहीले उद्धघाटन् गरेको नगर स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले गरेका हुन् । खेल मालिका नमुना माविमा आयोजना गरिएको हो ।

बडीमालिका नगरस्तरीय खेलकुद विकास समितिका संयोजक राजेश पायल विकको अध्यक्षतामा सम्पन्न गरिएको प्रतियोगितामा प्रमुख अतिथि बडीमालिकाका नगरप्रमुख अमर खड्का रहेका थिए ।

कार्यक्रममा उपप्रमुख नन्दा कुमारी थापा, प्रमसख जिल्ला अधिकारी भिमकान्त पौडेल, डिएसपी कविन्द्र सिंह बोहरा, बडीमालिका ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापा, ९ का अध्यक्ष सुर्यकिरण विक, मालिका माविका विव्यस अध्यक्ष काँशी विक लगायत अतिथि रहेका थिए ।

प्रतिक्रिया दिनुहोस