शुक्रबार, ०२ कार्तिक २०८१

हिंसा अन्त्य गर्न सहकार्य र समन्वय आवश्यक रहेकाे : उपप्रमुख (खड्का) कुवँर

बाजुरा : बुढीगंगा नगरपालिका उपप्रमुख माया (खड्का) कुवँरले लैगिंक हिंसा रोक्न आपसी सहकार्य र समन्वय आवश्यक रहेको बताएकी छन् । मंसिर ९ गतेबाट सञ्चालनमा रहेको लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा कुवँरले समाजमा हुने सबै प्रकारका विभेद अन्त्य गर्न सबैको सहकार्यले मात्र संम्भव रहेको बताएकी हुन् । 

महिलामाथि बढ्दो विभेद र हिंसा अन्त्य गर्न रणनीति नै तयार पारी वडास्तरदेखि नै अभियान सञ्चालन गरिदै आईरहेको बताउँदै यसमा सबैको सहयोग आवश्यक रहेको बताइन् । बुढीगंगा नगरपालिकाले सचेतना अभियान सञ्चालन गरी हिंसा प्रभावितहरुको न्यायको अधिकार सुनिश्चित गरेको उपप्रमुख कुवँरले बताएकी छन् ।

हिंसा प्रभावितको न्यायको सुनिश्चित गर्न सबैको सहकार्यमा सहयोगि संयन्त्रहरुको निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । दिवसको बेलामा मात्र हिंसाका बारेमा चर्चा हुने गरेकाले यस अभियानलाई प्रभावकारी रुपमा निरन्तरता दिनुपर्ने बताएकी छन् ।

दिवसको समयमा मात्र नभएर लैगिंक हिंसा विरुद्धका अभियान मार्फत सधै सचेतना फैलाउनुको साथै प्रत्यक्ष नागरिकसंग छलफल तथा समीक्षा गर्न सकेमात्र विस्तारै–विस्तारै न्युनीकरण हुँदै जाने बताउँदै विभेद न्युनीकरण गर्न महिला, पुरुषको सम्मान सहभागिताको पनि आवश्यक रहेको उनको भनाइ छ ।

विभेद, शोषण, कुरीति, अन्धविश्वस, असमानता र हिंसामुक्त जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित गरी महिलाको व्यक्तिगत स्वतन्त्रता, ईच्छा र निर्णयको सम्मान हुने वातावरण सिर्जना गर्न राज्यले ठोस रणनीति तयार गरी अभियान सञ्चालन गर्नुपर्ने उपप्रमुख कुवँरले बताएकी छन् । 

संविधानले महिला हक अधिकारका सम्बन्धमा गरेको ब्यवस्थाको व्याबहारिक कार्यान्वयनमा लैगिंक हिंसा विरुद्धको अभियानले महत्वपूर्ण भुमिका खेल्ने भएकाले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गरेकी छन् ।    

बुढीगंगा नगरपालिकाले प्रत्येक वर्ष लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा हिंसा प्रभावित महिलाहरु व्यवसायी भई आत्मर्निभर हुन भन्ने उद्देश्य सहीत वर्षेनी आर्थिक सहयोग गरिदै आएको उपप्रमुख कुवँरले बताएकी छन् । यस वर्षपनि हिंसा पीडितलाई सहयोग गर्ने कार्यक्रम रहेको उनले बताइन् । 

हिंसा प्रभावित महिलाको पहिचना गरी छनोट गर्ने जिम्मा वडा दिएको बताउँदै सोहीका आधारले व्यवसायी बनाउन सहयोग गर्ने कार्यक्रम रहेको कुवँरको भनाइ छ। मंसिर ९ गते बुढीगंगा नगरपालिकाको कार्यालयबाट सञ्चालन गरिएको लैगिंक हिंसा विरुद्धको अभियान २४ गतेसम्म वडास्तरमा जनचेतनामुल कार्यक्रम सञ्चालन गरिने भएको छ ।

आजभोली वडास्तरमा रहेका महिला अधिकार मञ्च, आमा समूह, बाल क्लव, युवा क्लव, किशोरी समूह मार्फत र्याली, सडक नाटक, सरसफाई सहीत हिनीकारक अभ्यासका बारेमा समीक्षा तथा छलफल लगायतका कार्यक्रमहरु सञ्चालनमा रहेका छन् । 

बुढीगंगा नगरपालिकामा लैगिंक हिंसा अन्त्यका लागि सबै वडाका प्रत्येक टोल टालमा चेतनामुलक कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिएको छ ।

आपसी सहकार्य र  समन्वयबाट जनताको घरदैलोमा पुग्ने गरिएको बताईएको छ । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन मंसिर २४ गते नगरपालिकामा भव्य कार्यक्रम आयोजना गर्ने तयारी रहेको छ ।      

प्रतिक्रिया दिनुहोस