शनिबार, १२ साउन २०८१

प्रभु बैंकको परोपकारी काम : सुरक्षित आवास गृह बाजुरालाई न्यानो कपडा सहयोग

बाजुरा : प्रभु बैंक शाखा कार्यालय बाजुराले सुरक्षित आवास गृह (सेभ हाउस) बाजुरालाई न्यानो कपडा सहयोग गरेको छ । आवास गृहमा आउने प्रभावित र पीडित सेवाग्राहीलाई लक्षित गरि न्यानो कपडा सहयोग गरेको हो ।

सामाजिक उत्तरदायित्व अन्तरगत सेभ हाउसलाई ३० थान न्यानो कपडा (ज्याकेट) सहयोग गरेको बैंकका म्यानेजर जीवन कुमार सिंहले बताएका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई लक्षित गरि बैंकका तर्फबाट सहयोग गरिएको हो ।

बडीमालिका नगरपालिकाको सभा हलमा औपचारिक कार्यक्रमकाबीच बैंकका म्यानेजर सिंहले सेभ हाउसलाई न्यानो कपडा सामाग्री हस्तान्त्रण गरेका हुन् । सुरक्षित आवास गृहका तर्फबाट सहयोग सामाग्री बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बुझेका हुन् ।

प्रभु बैंकका तर्फबाट हिंसाबाट पीडित महिलाहरुलाई लक्षित गरेर चिसो मौसमलाई ध्यानमा राखेर न्यानो कपडा सहयोग गरेकोमा नगरप्रमुख अमर खड्काले बैंकलाई धन्यवाद दिएका छन् । 

पहिलो चरणमा सुरक्षित आवास गृहलाई थोरै सहयोग गरिएको र सामाजिक उत्तरदायित्वको काममा बैंकले आगामी दिनमा थप सहयोगका गतिविधी सञ्चालन गरिराख्ने बैंकका मेनेजर जीवन सिंहले जानकारी दिएका छन् । बैंकले यस अघि विद्यालय र गाउँ तहमा पुगेर बैंङ्किग शिक्षा, वित्तीय साक्षरता कक्षा सञ्चालन गरेको थियो । 

सहयोग वितरण कार्यक्रममा नगरप्रमुख अमर बहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा, वडाअध्यक्षहरु डम्वर महत, धर्मराज पाध्याय, चन्द्रबहादुर थापा, सुर्यकिरण विक, युएनएफपिएका जिल्ला संयोजक आत्मराम न्यौपाने, महिला बालवालिका शाखाका प्रमुख केशरी रोकाया, प्रभु वैकका कर्मचारी मेघराज शाही, महिला अधिकार मंचका सदस्य कन्चना सिंह लगायत सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुहोस