शुक्रबार, ०४ असोज २०८१

बडीमालिका र बुढीगंगाले लैङ्गिक हिंसा विरुद्धको अभियानका १६ सचेतना मुलक कार्यक्रम गरि मनाउने

बाजुरा : बडीमालिका नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको अभियानका १६ नियमित कार्यक्रम गरि मनाउने भएको छ । पालिका स्तरीय सरोकारवाला निकायसँगको छलफल पछि १६ वटै दिन सचेतना मुलक कार्यक्रम गर्ने निर्णय गरिएको नगर उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् ।

अभियान नोभेम्वर २५ देखि डिसेम्बर १० तारिखसम्म १६ दिन मनाउने गरिएको छ । लैङ्गिक अधिकारको समानताका लागि घरबाटै सचेत र जागरुप बनाउने लक्ष्य सहीत अभियान विश्वभर बनाउने गरिएको छ । 

अभियान अन्र्तगत पहिलो दिन १६ वटा दिप प्रज्ववलन गरि औपचारिक सुभारम्भ गर्ने बडीमालिका नगरपालिका महिला शाखा प्रमुख केशरी रोकायाले बताएकी छन् ।

लोकतान्त्रिक चोकमा १६ वटा मैन वत्ती बाल्ने र अभियानको औपचारिक सुरुवाद गर्ने पालिकाले निर्णय गरेको छ । नगर उपप्रमुख नन्दा कुमारी थापाको अध्यक्षतामा बसेको बैठकले वडा स्तरमै पुगेर सचेतना मुलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

लैङ्गिक हिंसा विरुद्ध, सामाजिक न्याय, मानव अधिकार, दीगोविकास लक्ष्य, घरेलु तथा यौन जन्य हिंसा बारे वडा स्तरीय अनुशिक्षण तथा पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गर्ने, छाउपडी कुप्रथा विरुद्धको सचेतनाका लागि बडीमालिका ८ मा अन्तरक्रिया आयोजना गर्ने निर्णय गरेको छ । 

यस्तै सदरमुकामको पालिका भएकोले सबै सरोकारवाला निकाय सहभागि रहने गरि जिल्ला स्तरीय कार्यक्रम आयोजना गर्ने, सडक नाटक र देउडा कार्यक्रम गर्ने निर्णय गरेको छ । यस्तै बुढीगंगा नगरपालिकाका १० वटै वडामा पनि कार्यक्रम आयोजना गर्ने उपप्रमुख माया कुँवरले बताएकी छन् ।

बैठक दुबै पालिकामा बसेको थियो, भने सबैजसो अधिकारका क्षेत्रमा काम गर्ने सरोकारवाला निकाय बैठकमा सहभागि थिए ।
 

प्रतिक्रिया दिनुहोस