शुक्रबार, ०४ असोज २०८१

देशको प्रगति नचाहानेहरुले अनेक तरंग फलाउने गरेका छन् : प्रदेश सभा सदस्य शाही

बाजुरा : सुदूरपश्चिम प्रदेश सभा सदस्य पदम बहादुर शाहीले देशको प्रगति नचाहानेहरुले अनेक तरंग फैलाईरहेको बताएका छन् । शुक्रबार गौमुल गाउँपालिकाको चौथौं पालिका स्तरीय राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन समारोह कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले पछिल्लो समय देशमा बहुदलीय व्यवस्थालाई कमजोर पार्ने जमात सक्रिय रहेको बताए ।

 बहुदलीय व्यवस्था कमजोर पार्ने खालका कामहरु गरेपछि त्यही बन्दुकधारी गाउँ गाउँमा पसेर थुन्नेस्थिति सिर्जना हुन सक्नेमा दुई मत नभएको शाहीले बताएका छन् । यस्ता विकास विरोधी र विकृति विसंगती फैलाउने तत्वहरुलाई सबैले परास्त गर्नुपर्ने बताए ।

अहिलेको व्यवस्थाले सबैलाई सम्मान गरेको पनि प्रष्ट पारे । दन्द्धकालका जसरी कसैको अधिकार माथि औंला उठाउने प्रवृत्ति बहुदलीय व्यवस्था आएपछि मात्र परिवर्तन भएको बताउँदै देशमा सबै पार्टीले ल्याएको शक्तालाई सम्मान गर्नुपर्ने बताए ।

विकास र परिवर्तन नचाहने व्यक्तिहरु विरोधको बाटो रोजी रहेकाले परिवर्तन गर्ने व्यक्तिको अगाडी यसको कुनै औचित्य नरहेको बताउँदै जिल्लाको विकासका निम्ती आफूहरु दत्तचित्त भएर लागेरहेका बताएका छन् ।

विरोधले अवरोधको बाटोमा डोर्याउने भएकाले सबै क्षेत्रका नेतृत्वहरु आआफ्नो ठाउँबाट विकासका लागि खटिरहेका उल्लेख गर्दै यसमा जनताले सही ढंगले बझ्दिनु पर्ने उनको धारणा थियो ।

सबै विकास एकै चोटी सम्भव नहुने भएकाले क्रमसः सबै क्षेत्रका विकासहरु हुँदै गएका बताए । एक फरक प्रङ्गमा बोल्दै शाहीले गद्धिकुला खेलाएर माछा तान्ने मान्छेहरु यो समाजमा विकृति ल्याउन खोजिरहेका बताएका छन् । शाहीले विकास भएन भन्नेहरुलाई कसरी विकास भएन भन्ने प्रश्न गरेका छन् । 

घरघरमा गाडी पुगे, प्रत्येकका खल्तीमा सञ्चार पुगेका छ, सबै जनता स्वास्थ्यको पहुँचमा छन्, गाउँ गाउँमा विजुली प्राप्त मात्रामा छ, प्रविधिको विकास पनि बुहूदलीय व्यवस्था आईसकेपछि भईसकेको छ, यस्तो विकास माथि हस्तक्षेप गरेपछि संक्रमण निम्तीने धारणा  राख्नुभएको छ । 

शाहीले भने गिज्राप्रसाद कोइराला, केपी ओली, माधव नेपाल जस्ता नेताहरुले अब शान्ती चाहियो भनेर प्रचण्डलाई पनि दिल्लीमा सम्झौता गरेर शान्तीवहाली भयो, त्यसपछि स्थानीय तह निर्माण भए र विभिन्न किसिमको विकास भएको प्रष्ट पारे । सरकार जनतालाई अप्ठरो पर्दा तुरुन्तै उद्धार संरक्षण लागि उक्त ठाउँमा पुगिरहेको दाबी गरे । 

कुनैबेला बाजुरा मानिसहरु खाद्यान्न ल्याउन खाने सामाग्री बोकेर हाट लगायतका स्थानमा एक हप्ता, एक महिना लगाएर जान्थ्ये अहिले घर घरमा गाडी गुडेका छन् । प्रविधिको विकासले यही ठाउँबाट काठमाण्डौ र अमेरिका देख्न पाएका छन् त्यसैले सरकार जनताका लागि कंही कतै नचुकेको भन्दै विकास भएन भन्न नमिल्ने बताएका छन् । विकास विरोधी र समाज खलबलाउनेहरुले विकास नभएको अरोप लगाएपनि भौतिक, आर्थिक र सुविधाका हिसाबले जिल्लामा धेरै विकास भएको उनको भनाइ थियो ।     

कार्यक्रममा प्रदेश सभा सदस्य शाहीले खेलाडी राष्टका गहना भएकाले खेलाडीको क्षमता विकास र सहयोगमा आफू पछि नहट्ने बताएका छन् । पछिल्लो समय रैथाले बालीहरु हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै यसको संरक्षण गरी अगार्निक खाना खान आग्रह गरे । खेलाडीहरुले सधै तन्दुरुस्त रहन अगार्निक खानपानमा बढी ध्यान दिनुपर्ने उनको भनाइ छ । 

गौमुल गाउँपालिका खेलकुददेखि अन्य विकासका हिसाबले जिल्लाकै नमुना पालिका रहेको बताएका छन् । स्वास्थ्य, शिक्षा, सडक, खानेपानी जस्ता जनताका प्रमुख आधारभूत आवश्यकता पुरा गर्दै एक नमुना पालिका बन्न सफल भएको बताए ।

शाही भने कुनै बेला गौमुल भनेपछि दुर्गम ठान्थ्य, तर आज यही ठाउँमा यार्सागुम्बा सहीत विभिन्न किसिमका जडीबुटी पाईन्छ, त्यसका कारण आर्थिक रुपमा सम्पनताका लागि यो भूमि असाध्यै फलदायिक रहेको छ । 

विकासको चरणमा हेर्ने हो भने गौमुल बराबर कोही नलाग्ने दाबी गर्दै शारिरीक, शैक्षिक र जनचेतनामा पनि गौमुल अगाडी आईरहेको बताए । व्यवस्था परिवर्तन भयो, शक्ति स्थानीय तहलाई हस्तान्त्रण गर्यो जसका कारण जनताले विकासको अनुभूति गर्न पाएको बताए । 

प्रतिक्रिया दिनुहोस