शनिबार, १२ साउन २०८१

एमालेको संकल्प यात्रामा झल्कियो सुदूरको मौलिक सँस्कृति

नेकपा एमालेले थालेको समृद्धिका लागि संकल्प यात्राको दोस्रो दिन । डडेल्धुरा र डोटी सदरमुकाममा विशाल आमसभा सम्पन्न गरिए । पूर्व तालिका अनुसार नै हरेक आम सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मात्रै संवोधन गर्ने गरेका छन् । संवोधनमा ओलीले यात्राको औचित्य राष्टिय राजनीति र समृद्धिको यात्रामा एमालेको योगदानको चर्चा गर्ने गरेका छन् ।

May be an image of 7 people

नेकपा एमालेले मध्य पहाडी क्षेत्रको विकास र समृद्धि केन्द्रीत समृद्धिका लागि संकल्प यात्रा तय गरेको हो । देशको स्वाभिमान र समृद्धिको अगुवाई एमालेले गर्ने सन्देश प्रवाह नै यात्राको प्रमुख उदेश्य राखेको छ । ओलीले आफ्नो संवोधनमा पनि देश निर्माणमा एमालेको भूमिका र समृद्धिको यात्रालाई नै प्रमुख विषय बनाएर बोल्ने गरेका छन् ।

समृद्धिसँगै नेकपा एमालेले सँस्कृति र उत्पादनको विषयलाई पनि प्रमुख स्थान दिने गरेको छ । यात्राको पहिलो दिन बैतडीको सदरमुकाम गोठाले पानीको सभामा पार्टी पोलिटव्यूरो सदस्य दामोदर भण्डारी, जिल्ला इन्चार्ज निरुदेवी पाल, जिल्ला अध्यक्ष सुरेन्द्र पालले जिल्लाको प्रमुख उत्पादन ओलीलाई हस्तान्त्रण गरे ।

No description available.

बैतडीको उत्पादन चिउरीको घियू, सखरबाट बनेका गुड, पेडा सहीतको सामाग्री पार्टी अध्यक्षलाई हस्तान्त्रण गरे । खुवा, पेडा सहीतको उत्पादन सहभागि सबै नेताहरुलाई खान समेत दिए र पश्चिम नेपालीको चिनारीका रुपमा रहेको गलौचा ओछ्यान ओलीलाई हस्तान्त्रण समेत गरियो ।

बैतडी बासीका तर्फबाट जिल्लाका माग प्रस्तुत गर्दै पोलिटव्यूरो सदस्य दामोदर भण्डारीले समृद्धिको यात्रामा उत्पादन र स्थानीय कला सँस्कृतिको प्रवद्र्धनलाई प्रमुख स्थानीय दिने नीति पार्टीको रहेको समेत उद्घोष गरे । सोही दिनको खोड्पेमा आयोजित सभामा पनि बझागको उत्पादनलाई हस्तान्त्रण गरियो भने बझागीको मौलिख पहिचान देउडा प्रदर्शन गरियो ।

देउडामा ओली सहीतका शिर्ष तहका सबै नेताहरु लस्करमा देखिए । उनीहरुले सुदूरपश्चिमेलीको ढुकढुकी देउडालाई बडा उत्साहका साथ लगाइयो । तेस्रो दिनको डडेल्धुराको कार्यक्रममा पनि पार्टी जिल्ला इन्चार्ज गौरी ओलीले डडेल्धुराका स्थानीय प्रयोग गर्ने र आम्दानीको श्रोतका रुपमा पूर्खादेखि नै प्रयोग गरिएको गढीयो, ओलीलाई हस्तान्त्रण गरिन् ।

No description available.त्योक्रम डोटी पुग्दा पनि निरन्तर चलिरहेको छ । डोटी बासीले स्थानीय उत्पादनसँगै स्थानीय कला सँस्कृतिलाई कार्यक्रममा प्रमुख स्थान दिएर प्रदर्शन गरियो । शिर्षको नेतृत्वलाई हाम्रो पहिचान र परिचय देखाउनु र स्थानीय मौलिख पहिचानको प्रवद्र्धन गर्नु पनि यात्राको उदेश्य भएकोले बिशेष जोड दिएको डोटी जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले बताए ।

कार्यक्रममा लाखे भुवा, भुवा नाँच, स्थानीय जाँतको प्रदर्शन गरियो । पार्टी अध्यक्ष केपी ओली सहीतका नेताहरुले उत्साहजनक प्रस्तुती हेरिरहेका थिए । ओलीले संवोधनकै क्रममा मध्य पहाडी लोकमार्गको यात्रा विकास र समृद्धिको यात्रा हो, यो यहाँको कला सँस्कृति, भेषभुषा सहीतको पहिचान गर्ने र प्रवद्र्धन गर्ने अवसरका रुपमा लिने उदेश्यमा आफूहरु हिँडीरहेको बताउँदै आएका छन् ।

ओलीले सुदूरपश्चिम कला सँस्कृतिको धनी नै हो, यहाँको विविधताले नेपाली हुनुको परिचय दिने गर्छ, लाखे नाच होस, की पुलता होस्, पञ्चे बाजा होस की देउडा गीत हो्, सुदूरपश्चिमेलीको जीवनशैली नै जोडिएको बताएका छन् ।

हरेरहुँ लाग्ने सँस्कृति र जीवनलाई बाँच्न आधार सिर्जना गर्ने खेती प्रणालीलाई मौलिकता नगुम्ने गरि संरक्षण र प्रवद्र्धन गर्नु र त्यसलाई आधुनिक युग र प्रविधिसँग जोड्नु पर्नेमा जोड दिएका छन् । नेताहरुले पनि आफूहरुले उत्पादन गरेको खाद्यन्न बस्तु र अन्य खेतीपातीको उपयोग गरेकोमा किसानहरु पनि खुसी देखिए ।

खिर र खुवा खानु हुन्छ, होटलमै आएर बस्नु होला, भन्ने सोचेको पनि थिएनौं, अरु ग्राहक आएजस्तै गरि बस्नु भयो, निकै मिठो गरिखानु भयो, यसैमा खुसी छौं । खोड्पे बजारका खिर व्यापारी साहुजीले बताए । समृद्धिको संकल्प यात्राले उत्पादन, आयआर्जनलाई अनिवार्य जोड्ने गरिएको एमाले नेताहरुको दाबी छ ।

नेपाल समृद्ध हुने उत्पादनले मात्रै हो । उत्पादन कृषि खेतीबाटै हुने हो । त्यसको आधुनिकरण र स्थानीय उत्पादनको प्रवद्र्धनमा ध्यान दिने र यहाँको कला सँस्कृतिक, चाड पर्व, धार्मीक सहिष्णुता र आस्थालाई समेत संवोधन गर्ने गरि संकल्प यात्रालाई अघि बढाइएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन् ।

एमालेले यात्रा क्रममा समाजका बिशिष्ठ व्यक्ति, सामाजिक जीवनमा उल्लेख्य काम गरेका र योगदान पुर्याएका राष्टको पक्षमा काम गरेका र पहिचान बढाउन योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्ने र भेटघाट गर्ने गरिएको छ ।

ओली स्वयमले पनि जिल्लामा भएका सबै धार्मीक तथा साँस्कृतिक गन्तव्य, स्थानीय कला सँस्कृति, उत्पादन सबैलाई नजिकबाट जानकारी लिने, अध्ययन गर्ने र त्यहाँ पुगेर बुझ्ने गरेका छन् । डोटीमा भलिबलका राष्टिय खेलाडी डम्मर भट्टाराईलाई सम्मान गरिएको छ ।

यो क्रम पाँचथरको चिवाभञ्जाग सम्म नै निरन्तर रहने पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बताएका छन् । सुदूरपश्चिमका शिर्ष नेता समेत रहेका थापाले यो यात्राले देश निर्माणमा नयाँ तरंग दिने, पार्टी प्रतिको विश्वास र जनसम्पर्क बढ्ने दाबी गरेका छन् ।

कार्यक्रममा सहभागिहरुले समेत भोट माग्ने बेला मात्रै गाउँ आउने परिपार्टीको अन्त्य गरेर, जनतासँग सिंगो नेतृत्व तहको साक्षात्कार हुने कुराले ठूलो अर्थ राख्ने विश्वास लिएका छन् । अन्य पार्टीका लागि पनि यो यात्रा नयाँ सिकाइ र सन्देश हुने विश्वास अधिकांशको छ ।

प्रतिक्रिया दिनुहोस