बिहिबार, ०३ असोज २०८१

सुन तस्करी प्रकरण : पूर्वसभामुख महराका छोरा राहुललाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं, । सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । शुक्रबार काठमाडौँ जिल्ला अदालतले महरालाई थुनामा पठाउन आदेश दिएको हो ।

शुक्रबार २६, असोज २०८० ०७:५९

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले शपथ लिदै, आजै एमाले र कांग्रेसबाट १/१ जना मन्त्री नियुक्त गर्ने तयारी

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएर आजै सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् । कार्कीलाई पद तथा गोपनीयताको शपथका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई दिउँसो २ बजे समय दिएका छन् ।

आइतबार २८, असोज २०८० १०:००

आजदेखि नवरात्र प्रारम्भ, घटस्थापनाको उत्तम साइत बिहान ११ बजेर २९ मिनेटमा

काठमाडौँ, । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

आइतबार २८, असोज २०८० १०:०५

अध्यक्ष ओली आज प्युठान जादै

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्युठान जाने भएका छन् । नौवहिनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न अध्यक्ष ओली आज घटस्थापनाका दिन प्युठान जान लागेका हुन् ।

आइतबार २८, असोज २०८० १०:१०

मुख्यमन्त्री कार्कीलाई ओलीले भने : राजनीति हो, राम्रै काम गर्नु

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । कांग्रेसबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्की आइतबार बिहान ओली निवास बालकोट पुगेर भेटका हुन् ।

आइतबार २८, असोज २०८० ११:५५

नेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन : अर्थमन्त्री महत

काठमाडौँ, । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको आफ्नै विशिष्ट खालको आर्थिक नीति रहेकाले दातृ निकायले राख्ने दृष्टिकोणसँग फरक पर्नसक्ने बताएका छन् ।

आइतबार २८, असोज २०८० ०१:४१

विधाको जञ्जालभित्र पत्रकारिताको संसार

काठमाडौँ, । विधागत पत्रकारिताबारे दुईवटा आलेख प्रकाशन भएपछि प्राप्त केही टिप्प्णीले मलाई यस विषयमा लेख्न थप प्रोत्साहित गरेका छन् । प्रशंसा वा आलोचना होइन, यसबारेमा थप जानकारी चाहियो भन्ने कतिपय पत्रकार मित्रहरुको व्यक्तिगत आग्रहले मलाई यसै विषयमा थप लेख्न प्रेरित गरेको हो ।

आइतबार २८, असोज २०८० ०१:४९

बुढीनन्दामा चार वटा टेलिकमका टावर बन्दै, टेलिफोन सेवा सहज हुने

पालिकाका सबै वडा र बस्तीमा सहज फोन सेवा सुचारु गर्न चार वटा टार निर्माण गर्न लागिएको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । कोल्टी क्षेत्रका हालसम्म पनि प्रभावकारी टेलिफोन सेवा छैन् । बोहराले नगर प्रमुखको जिम्मेवारी निर्वाह गरेदेखि नै खानेपानी, विजुली र टेलिफोन सेवामा जोड दिँदै आएका छन् ।

सोमबार २९, असोज २०८० ०१:३१

खाद्य सुरक्षा बढाउन उत्पादन र उपयोगमा ध्यान दिन सुझाव

दर्जन बढी गैर सरकारी संस्था र कृषि ज्ञान केन्द्रको सयुक्त सहकार्यमा आयोजित औपचारिक कार्यक्रममा धेरैले उत्पादनमा जोड दिन सुझाव दिएका छन् । बढ्दो खाद्य असुरक्षारोलाई रोक्न खाद्यन्नको उत्पादन र उपयोगमा ध्यान दिनु पर्नेमा वक्ताहरुले सुझाव सहीत जोड दिएका हुन् ।

सोमबार २९, असोज २०८० ०७:५५

सवारी कारवाहीबाट बाजुरा प्रहरीले उठायो तीन महिनामा डेढ लाख बढी राजस्व

लामो तथा छोटो दुरिका सवारी साधन,मालबहाक ट्रक र मोटर साइकल लगायतका सवारी साधन चेकजाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनलाई कारबाही गर्दै जरिवाना वापत एक लाख ८३ हजार राजस्व संकलन गरिएको प्रहरीले बताएको छ । बाजुरामा पछिल्लो समय सवारीको चाप बढेको देखिन्छ ।

सोमबार २९, असोज २०८० ०८:०१

नागरिकको दैनिक जीवन सहजताको माग सहीत बाजुराका सांसदलाई बुझाईयो ११ बुँदे ज्ञापन पत्र

जिल्ला खाद्य अधिकार सञ्जाल बाजुराले ज्ञापन पत्र बुझाएको सञ्जाल बाजुराका सचिव लक्ष्मीराज पाध्यायले बताएका छन् । सरकारले हरेक जिल्लामा चाडपर्व लक्षित सुपथ मुल्यका पसल संचालन गरेपनि बाजुरामा भने सुपथ पसल सञ्चालन नगरेको र खाद्यन्न सहीतका दैनिक उपभोग्य समान सहज उपलब्ध हुने वातावरण नबनेको आरोप सहीत ज्ञापन पत्र बुझाएका छन् ।

सोमबार २९, असोज २०८० ०८:०२

बाजुरामा ३ महिनामा प्राकृतिक विपदमा परि ५ जनाले ज्यान गुमाए

प्रहरीमा आएको निवेदन अनुसार जेष्ठ नागरिक, महिला, बालबालिका गरी ११ जना हराएका छन् । तीमध्ये ६ जना फेला पारेको र ५ जना अझै बेपत्ता भएर खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पछिल्लो समय गएको भुकम्पको तथ्याकं भने प्रहरीले छानवीन गरिरहेको छ ।

सोमबार २९, असोज २०८० ०८:०७

दशैं मनाउन बडीमालिका ७ ले दियो विपन्न परिवारलाई राहत

अध्यक्ष पाध्यायले आफै पहल गरेर समाजसेवीसँग संकलन गरेको श्रोत, वडा कार्यालयको चाड पर्व खर्च सुविधा र आफ्नै पारिश्रमकीबाट जम्मा गरेको रकमले खाद्यन्न खरिद गरेर सहयोग गरिएको वडा सचिव सरिता ठगुन्नाथले जानकारी दिएकी छन् । सहयोगका लागि समाजसेवी दयाराम अग्रवालले पनि सहयोग गरेको हो ।

मङ्गलबार ३०, असोज २०८० ०७:३४

खप्तड भ्रमणमा आउने पर्यटकको संख्यामा वर्षेनी ओरालो

खप्तड क्षेत्रमा लाग्ने विभिन्न सांस्कृतिक मेलामध्ये गंगा दशहरा मेलामा ठूलो संख्यामा तिर्थयात्री भेला हुने गरेका छन् । मेलामा सुदूरपश्चिमको प्रसिद्ध हुड्के नाँच र देउडा हेर्न आन्तरिक तथा बाह्य पर्यटक खप्तड पुग्ने गरेका छन्। तर पछिल्लो समय खप्तड घुम्ने पर्यटकको संख्या घट्दै गएको छ । खप्तड क्षेत्र डोटीसँग ८९ दशमलव ९३ वर्ग किलोमिटर आंशिक भु–भाग जोडिएको छ ।

मङ्गलबार ३०, असोज २०८० ०७:५७

बाजुरामा पनि मनाइयो ६८ औं प्रहरी दिवस : पूर्वलाई सम्मान, उत्कृष्ट पुरस्कृत

जिल्ला प्रहरी कार्यालय बाजुराले प्रहरी निरीक्षक दानसिंह भण्डारी, प्रहरी सहायक निरीक्षक नवराज साउँद, भोजबहादुर पाल, प्रहरी वरिष्ठ हवल्दार लक्ष्मीदत्त भट्ट, प्रहरी हवल्दार गोपालसिंह भण्डारी, प्रहरी सहायक हवल्दार हर्कबहादुर विष्ट, प्रहरी जवान गोविन्द्रबहादुर खड्का, कविन्द्र बोहरा, नरेशसिंह धामी, रेणुका कुमारी धामी, दिपा बोहरालाई पुरस्कार सहीत सम्मान गरेको छ ।

मङ्गलबार ३०, असोज २०८० ०८:०२

दशैं मनाउन सहजताको माग गर्दै बुढीनन्दाका नगर प्रमुखलाई खाद्य सञ्जालको ज्ञापन पत्र

चाड पर्वको समयमा पनि खाद्य ब्यवस्था तथा ब्यापार कम्पिनी लिमिटेड कोल्टी डिपोमा अहिलेसम्म खाद्यान्न नभएको र खानलाई समेत खाद्यन्न नहुने अवस्था आएपछि सञ्जालले नगर प्रमुख जनक कुमार बोहरालाई ज्ञापनपत्र बुझाएको संजालका अध्यक्ष महेश कार्कीले बताएका छन् ।

मङ्गलबार ३०, असोज २०८० ०८:०६

सद्भावका लागि बुढीनन्दाले दशैं बिशेष शुभकामना आदान प्रदान

नगर पालिकाले हरेक बर्ष झै यो बर्ष पनि शुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गरीएको हो । बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराको अध्यक्षतामा संचालन भएको थियो ।

मङ्गलबार ३०, असोज २०८० ०८:१८

एमाले गोदावरी नगर कमिटीको कार्यवाहक अध्यक्षमा सन्तोष सिंह

अध्यक्षको पद खाली भएपछि नगर कमिटीले आयोजना गरेको एक कार्यक्रमबाट उक्त जिम्मेवारी सिंहलाई हस्तान्तरण गरिएको हो । नगर कमिटीको अधिवेशन नभएसम्मका लागि सिंहलाई कार्यबाहक अध्यक्ष भएर कामकारवाही गर्न पनि जिम्मेवारी दिइएको छ ।

बुधबार ०१, कार्तिक २०८० ०४:४९

नेपालको सुखद सुरुवात, नेपालसँग यूएई ७ विकेटले पराजित

५१ रन जोड्दा ३ विकेट गुमाएको नेपालका लागि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले अविजित १२९ रनको साझेदारी गर्दै जित दिलाए । पौडेल ५१ र ऐरी ३४ रनमा अविजित रहे ।

बुधबार ०१, कार्तिक २०८० ०४:५६

कोशीका मुख्यमन्त्रीलाई राप्रपाबाहेक सबै दलले दिए विश्वासको मत

कार्की मुख्यमन्त्री नियुक्त हुनासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देउवा(शेखरसहितको ‘चिर्केटो सम्झौता’ उद्धृत गर्दै उनी गठबन्धनकै मुख्यमन्त्री भएको बताएका थिए ।

बुधबार ०१, कार्तिक २०८० ०६:४८

सर्वाधिक धनराशीको पाँचौ छेडेदह कप कार्तिक ११ देखि सुरु हुने

सुदूरका पहाडमा हुने प्रतियोगिता मध्ये सबैभन्दा बढी धनराशीको प्रतियोगिताका रुपमा स्थापित छेडेदह कपको योे यो पाँचौ संस्करण हो । क्बलले २०७६ साल देखि लगातार कपको आयोजना गर्दै आएको छ । खप्तड छेडेदह गाउँपालिका र ७ नम्बर वडा कार्यालयसँगको सयुक्त सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन् ।

बुधबार ०१, कार्तिक २०८० ०७:५५

मुख्यमन्त्री कार्यालयका प्रहरी हवलदार चरेश र चितुवाको छाला सहीत पक्राउ परेपछि

पक्राउ पर्नेमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार करनबहादुर चन्द,बाजुराको गौमुल गाउँपालिका(१ का २६ वर्षीय धनकृष्ण रोकाया बुढिगंगा नगरपालिका (१० बस्ने ३० वर्षीय हेमराज जोशी रहेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए ।

बुधबार ०१, कार्तिक २०८० ०९:१९

गेटामा ६ सय शय्याको अस्पताल सुरु गर्न एमाले सुदूरपश्चिमको माग

‘१०० शय्या मात्र सञ्चालन गरिने विषयले हामीलाई सशङ्कित बनाएको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश परिवार विश्वविद्यालय सम्बन्धी विधेयक शीघ्र पारित होस् र अस्पतालमा ६०० शय्या पूर्ण रुपमा सञ्चालन गरियोस् भन्ने माग सहित शिक्षा र स्वास्थ्यमा पछाडि परेको सुदूरपश्चिमका जनतालाई सहयोग पुगोस् भन्ने आग्रह पनि गर्दछौँ ’ अध्यक्ष जैशीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिहिबार ०२, कार्तिक २०८० ०४:५९

खाद्य अधिकार सञ्जाल बाजुरामा नयाँ नेतृत्व, अध्यक्षमा लक्ष्मीराज पाध्याय

खाद्य अधिकारसँग सम्बन्धीत विषयमा बहस पैरवी गर्ने सञ्जालको उपाध्यक्षमा कोपीला सिंह, सचिवमा सन्तोष विक चयन भएका छन् । सबैले सर्वसम्मत जिम्मेवारी प्राप्त गरेका हुन् । नागरिक संघ संस्था मध्येबाट नै नेतृत्व चयन गर्ने र जिम्मेवारी लिने प्रावधान अनुसार नै सञ्जालको पुर्नगठन गरिएको हो ।

बिहिबार ०२, कार्तिक २०८० ०५:११