शुक्रबार, ०४ असोज २०८१

बाजुरामा जिल्ला सदस्य सहीत १५ जनाले छोडे काँग्रेस, एमाले प्रदेश उपाध्यक्ष शाहीले गरे स्वागत

गाउँ कमिटीले औपचारिक कार्यक्रम मार्फत बधाई सहीत सफल कार्यकालको शुभकामना दिएको अध्यक्ष गणेशराज गिरीले बताएका छन् । बधाई कार्यक्रममा उपाध्यक्ष शाहीले नेपाली काँग्रेसका जिल्ला कार्य समिति सदस्य धनबहादुर विष्ट सहीत १५ जनालाई एमालेमा स्वागत गरेका छन् ।

बिहिबार ०२, कार्तिक २०८० ०५:५१

सिस्टम ह्याक गरेर बद्रीलाई जिताइएको प्रतिस्पर्धीको आरोपपछि एनआरएनमा भाँडभैलो

महासचिवका एक उम्मेदवार डा। केशव पौडेलको काठमाडौंबाट झरेको मत शून्य देखाइएपछि उम्मेदवारहरुले मत परिणाममाथि शंका गरेका हुन् । काठमाडौंबाट ८०० भन्दा धेरैले मत खसालेका थिए । उम्मेदवार आफैंले आफैंलाई भोट नहाल्ने अवस्था हुन नसक्ने भन्दै घोषणा गरिएको मत परिणामप्रति आक्रोश व्यक्त भएको हो ।

शुक्रबार ०३, कार्तिक २०८० ०७:२७

कन्सन बाजुरा बन्यो डोटी गोल्ड कप २०८० को विजेता

डोटीको सदरमुकाम सिलगढी स्थित टुँडिखेलमा सम्पन्न खुल्ला फुटबल प्रतियोगिताको विजेता कन्सनले बाजुरा जिल्लाका तर्फबाट प्रतिनिधित्व गरेको थियो । उपाधी सँगै विजेता कन्सन बाजुराले नगद १ लाख १५ हजारसहित ट्रफी र प्रमाणपत्र पाएको छ भने उपविजेता सिलास्थान युवा क्लब डोटीले ५७ हजार पाँच सय प्राप्त गरेको छ ।

शुक्रबार ०३, कार्तिक २०८० ०८:३४

चाड पर्वले सद्भाव र समता कायम गर्नसक्नु पर्छ : एमाले नेता थापा

प्रदेश सभा सदस्य समेत रहेकी थापाले बाजुराको समस्यालाई प्रदेश सभामा उठाउने बचन दिएकी छन् । उहाँले राजनीतिक जीवन भने जस्तो सहज र सबैले बाहिरबाट देखे जस्तो आकर्षण नहुने भएकोले दलका नेता र राज्य सत्तामा पुगेका व्यक्तिहरुबाट सबै नागरिकलाई हेर्ने दृष्टीकोण र अवसरको वितरणमा विभेद गरिने काम राम्रो नहुने बताएकी छन् ।

शुक्रबार ०३, कार्तिक २०८० ०९:०३

बाजुराको बडीमालिका मन्दिरमा तोडफोड सहीत दानपेटीका चोरी

मुल ढोका भित्रै रहेको दान पेटीका भने सिंगो उठाएर लिएको समितिले बताएको छ ।  मुल ढोकामा तोडफोड भएको छ । पुजा कोठा र भगवतीको मुर्ति राखिएको कक्षमा समेत पैसा हुन सक्ने अनुमानले खोज गरिएको अवस्था देखिएको व्यवस्थापन समिति सचिव लालबहादुर विकले बताएका छन् । सोही कक्षमा पुजामा चढाइएको ६ सय ५० रुपैया पनि लिएको मन्दिरका पुजारीले बताएका छन् ।

शनिबार ०४, कार्तिक २०८० ०९:२१

पाँचौ छेडेदह कपको तयारी तिब्र पारिदैं, १६ बढी टिम सम्पर्कमा आइसकेको आयोजकको दाबी

सुदूरका पहाडमा हुने प्रतियोगिता मध्ये सबैभन्दा बढी धनराशीको प्रतियोगिताका रुपमा स्थापित छेडेदह कपको यो पाँचौ संस्करण हो । क्बलले २०७६ साल देखि लगातार कपको आयोजना गर्दै आएको छ । खप्तड छेडेदह गाउँपालिका र ७ नम्बर वडा कार्यालयसँगको सयुक्त सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

शनिबार ०४, कार्तिक २०८० ०९:४६

गौमुलका प्रत्येक वडालाई आईएनएफद्धारा विपद् प्रतिकार्यका सामाग्री वितरण

विपद् जुनसुकै बेला पनि आउन सक्ने भएकाले सामाग्री उपलब्धले पीडितलाई छिटो र सहज रुपमा उद्धार गर्न सजिलो हुने वडाध्यक्षले बताएका छन् । यसअघि पनि आईएनएफ नेपालद्धारा विपद् प्रतिकार्यका सामाग्री हस्तान्त्रणले सहजता भएको र अब भईपरि आउने विपद्मा थप वडालाई सहजता हुने वडाध्यक्षको भनाइ छ ।

शुक्रबार १७, कार्तिक २०८० ०८:४७

परम्पराको नाममा यातना दिई पशुबली दिएकोप्रति बाजुरा जिससको ध्यानाकर्षण

सबैको बाच्ने अधिकार सभ्यता र संस्कारसंग पनि जोडिएको छ । तर परम्पराको नाममा पशुलाई लखेटी, लखेटी हत्या गर्ने हालको मानवीय प्रवृत्तिलाई रुपान्त्रण गर्न सम्बन्धीत स्थानीय तहबाटै लाग्न आवश्यक रहेको रोकायाले बताए । यस्तो परम्परा तथा संस्कारलाई आधुनिकतामा लैजान सबैले आवश्यक पहल कदमी गर्न ध्यानाकर्षण पत्रमा अनुरोध पनि गरिएको छ ।

शुक्रबार १७, कार्तिक २०८० ०९:०१

बुढीगंगामा मेयरकप भलिवल जारी, विजेताले १लाख ५७ हजार पाउने

नेकपा एमाले स्थायी कमिटी सदस्य, खेलकुद विभाग प्रमुख एवं पूर्व मन्त्री कर्णबहादुर थापाले प्रतियोगिताको उद्घाटन गरेका हुन् । खेल क्षेत्रको विकास, युवा शक्तिको खेल तर्फको आकर्षण बढाउन र अन्तर पालिकाबीचको आन्तरिक सहकार्य, समन्वय मित्रवत बनाउन मेयर कप आयोजना गरिएको नगर प्रमुख रामबहादुर बानीयाँले बताएका छन् ।

सोमबार २०, कार्तिक २०८० ०१:२६

मन्त्री नरेश शाहीले आटीचौरसँग लभ पर्यो भनेपछि...

दुबै कार्यक्रममा शाहीलाई आयोजकले प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेको थियो । खप्तड छेडेदह गाउँपालिकाको विकासका लागि शाहीले सुरु देखि नै केही गर्ने सोच राखेको बताउँदै आएका थिए । केही गरौं भन्ने भावना र विकास प्रतिको स्थानीयको लगाबले प्रभावित भएको शाहीको तर्क थियो ।

सोमबार २०, कार्तिक २०८० ०२:४९

परिवार पाल्न सिपाही रोजेका सोनु कुमार बने नेपाली सेनाको सहायक सेनानी

सिपाही परिवार पाल्नका लागि रोजेको पद थियो । अब देशको सेवा गर्ने र आमाले दुख गरि हुर्काएको, पढाएको ऋण तिर्ने गरि सफलता मिलेको सोनुले खुसी हुदै भने । हलो जोत्नु पर्ने, साँझ विहान खेतवारीमा काम नगरि खान नमिल्ने अवस्थामा थियौं । टुहुरो हुँदा पनि आमाले गरेको दुखलाई सम्मान हुने काम गरेको महशुस भएको शोनुले बताए ।

सोमबार २०, कार्तिक २०८० ११:१५

साईनिङ्ग स्टार कपको सेमिफाइनलमा पुगे यी चार टिम, रानीवनले आयोजकसँग भिड्ने

खेलको बिजेताले १ लाख ५५ हजार पाँच सय ५५ हजार नगद सहित ट्रफि मेडल प्रमाणपत्र पाउने छ भने उप बिजेता हुने टिमले १ लाख १ हजार १ सय ५५ नगद सहित ट्रफि मेडल प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

बुधबार २२, कार्तिक २०८० १०:४०

विपन्न परिवारका विरामी लक्षित हिमालीमा निःशुल्क स्वास्थ्य शिविर

शिविरमा चेकजाँच गर्न आएका दुर्गमका नागरिकहरूको शिविरका क्रममा उपचार हुन नसकि थप उपचार गर्नु पर्ने अवस्था आए गाउँपालिकाले सुविधा सम्पन्न अस्पतालसम्म पुर्याउने व्यवस्था समेत मिलाउने गाउँपालिका अध्यक्ष मल्लको प्रतिवद्वता जनाएका छन् ।

बुधबार २२, कार्तिक २०८० १०:४१

मेल्लेख अछामले जित्यो बुढीगंगा मेयरकपको उपाधी

कपको उपविजेता आदर्श गाउँपालिका डोटीले जितेको छ । डोटी पनि समूहचरणबाटै आफ्नो अपराजित यात्रा सहीत फाइनल पुगेको थियो । बुढीगंगाले सुदूरका पहाडी जिल्लामा पालिका स्तरमा आयोजना गरिएको यो सर्वाधिक धनराशीको प्रतियोगिता हो ।

बिहिबार २३, कार्तिक २०८० ०१:४०

साईनिङ्ग स्टार कपको उपाधीका लागि रानीवन र सूर्यतारा भिड्ने

सूर्य ताराले बाँधु फुटबल क्लब हिमालीलाई २-० गोल अन्तरले हराएको छ । सूर्यतारा नामी खेलाडी उत्पादन गर्ने जिल्लाको प्रतिष्ठीत क्लब हो । यता रानीवन स्पोर्टस क्लबले आयोजक साईनिङ्ग स्टारलाई पेनाल्टी सुटआउटमा हराएको हो । खेल अवधी बाहेक थपिएको १५ मिनेटमा पनि दुबैतिरबाट १-१ को बराबरीमा रोकिएपछि खेल पेनाल्टी गएको थियो ।

बिहिबार २३, कार्तिक २०८० ०३:५८

बाजुरामा सद्भावका लागि तिहार बिशेष महिला फुटबल प्रतियोगिता सञ्चालन

पुरुष तर्फका खेलहरु मात्रै आयोजना गरिने र महिलाहरुले स्थान नपाउने अवस्थालाई मध्येनजर गरेर महिला फुटबल प्रतियोगिता आयोजना गरेको केपी बा स्पोर्टस् क्लबका संरक्षक कृष्ण ओलीले बताएका छन् । पछिल्लो समय बाजुरामा खेलकुदका गतिविधी व्यापक रुपमा सञ्चालन हुने गरेका छन् ।

शनिबार २५, कार्तिक २०८० ०७:५८

साईनिङ्ग स्टार कपको उपाधी सूर्यतारालाई, रानीवन सूर्यतारासँग स्तब्ध

थपिएको समयमा पनि गोल नभएपछि रेफ्रिले खेलको निर्णय पेनाल्टीबाट लिने निर्णय गरेका थिए । पेनाल्टीमा ४–२ गोलको अन्तरले सूर्यताराले उपाधी हात पारेको हो । सेमिफाइनलमा सूर्यतारा फाउण्डेशनले बाँधु फुटबल क्लब र रानीवनले आयोजक साईनिङ्ग स्टारलाई पराजित गरेर फाइनल प्रवेश गरेका थिए ।

शनिबार २५, कार्तिक २०८० ०८:०३

तिहार बिशेष महिला फुटबल प्रतियोगिताको विजेता बन्यो केपी बा स्पोर्टस् क्लब

महिला खेलाडीको खेल तर्फको आकर्षण बढाउन र तिहार बिशेष आपसी मित्रता र सद्भाव कायम गराउने उदेश्य सहीत प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा ४ टिम सहभागि थिए । सहभागि बडीमालिका ८ र केपी बा स्पोर्टस् क्लब बि लाई सेमिफानलमा पराजित गर्दै दुबै टिम फाइनल पुगेका थिए ।

आइतबार २६, कार्तिक २०८० ०८:०६

नेपाली सेनालाई हराउँदै बडीमालिका इमर्जिङ कपको विजेता बन्यो बाजुरा क्रिकेट क्लब

आयोजक टिमका खेलाडीले बिस्फोटक व्याटिङ्ग गरेका थिए । विशाल रनको लक्ष्य पछ्याएको नेपाली सेनालाई ८१ रनमै समेट्न आयोजकका क्याप्टेन महेश बानीयाँले एक्लै ५२ रन बनाएका थिए । महेश बानीयाँ नै खेलको म्यान अफदि सिरिज घोषीत भएका छन् ।

आइतबार २६, कार्तिक २०८० ०८:१२

बाजुरामा द आरसी रेष्ट्रो एण्ट बार सञ्चालन

बाजुरा सदरमुकाम मार्तडीमा सहज सेवा र अर्डर अनुसारको खाजा, खानाको परिकार पाउने होटलहरुको कमी छ । द आरसी रेष्ट्रो एण्ट बारले सहज र गुणस्तरीय सेवा दिन सके भविष्य राम्रो रहेको विश्वास युवा ग्राहकहरुको छ । द आरसी रेष्ट्रो एण्ट बार मार्तडीको मुख्य बजार मै सञ्चालन गरिएको हो ।

सोमबार २७, कार्तिक २०८० ११:५४

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो ।

सोमबार २७, कार्तिक २०८० ०१:५८

बाजुराको पैमामा कार्तिक ३० देखि साँस्कृतिक कार्यक्रम सहित भलिवल प्रतियोगिता हुदै

खेल क्षेत्रको विकास र कला सँस्कृतिको जगेर्ना गर्ने गरि कार्यक्रम आयोजना गर्ने गरिएको पदम खत्री स्मृती प्रतिष्ठानका संरक्षक राजेन्द्र खत्रीले बताएका छन् । पुर्खाको स्थापना गरिएको प्रतिष्ठानले सामाजिक रुपान्तरण र सभ्यताको संरक्षणका लागि योगदान पुर्याउन लक्ष्य सहीत कार्यक्रम आयोजना गरिदै आएको खत्रीको दाबी छ ।

मङ्गलबार २८, कार्तिक २०८० १२:४५

बाजुरामा खेलकुद प्रतिको बढ्दो आकर्षण

सडक र खेत गरामा समेत बल गुडाउने, हिँड्ने बाटोमा समेत व्याट समातेर क्रिकेट खेल्ने बालबालिकाको भविष्यलाई हेरेर पनि खेल मैदानको विकासलाई ध्यान दिन सुझाव खेलाडीको छ । कोल्टीमा भव्य खेल क्रिकेट मैदान निर्माणको काम थालनी गर्ने योजना बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले सुनाएका छन् ।

मङ्गलबार २८, कार्तिक २०८० ०२:०२

केपी बा स्पोर्टस् क्लबले जित्यो बडीमालिका २ को वडा कपको उपाधी

केपी बा स्पोर्टस् क्लबले पछिल्ला वर्षहरुमा जिल्ला भित्रका साना कपमा आफ्नो बचश्र्व कायम गर्दै आएको छ । आयोजकको टिममा सि डिभिजन क्लब रानीवनका खेलाडीहरु राखिएको थियो । भने केपी बा ले पनि २ जना खेलाडी रानीवनबाट सि खेलिसकेका खेलाडी राखेको थियो ।

मङ्गलबार २८, कार्तिक २०८० ०६:४५