शुक्रबार, ०४ असोज २०८१

मुख्यमन्त्री कार्कीलाई ओलीले भने : राजनीति हो, राम्रै काम गर्नु

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । कांग्रेसबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्की आइतबार बिहान ओली  निवास बालकोट पुगेर भेटका हुन् ।

भेटको क्रममा ओलीले मुख्यमन्त्री कार्की सुझब दिका छन् । ओलीले   राजनीति हो, राम्रै काम गर्नु भने ,  कार्कीसँगै गएका एक नेताका अनुसार ‘केदार कार्कीले सहयोगका लागि ओलीलाई धन्यवाद भने,

ओली हतारमा भएका कारण धेरै गफ हुन नपाएको उनले बताए । हामी लेट पुगेका कारण उभिउभी कुराकानी भयो ।’केपी ओली अन्यत्र निस्कन लागेका बेला पुगेका कारण एक/दुई मिनेट सामान्य कुराकानी भएको उनले बताए ।

भेटका क्रममा मुख्यमन्त्री बनाउन सहयोग गरेको भन्दै उनले ओलीलाई धन्यवाद दिएका छन् ।

शनिबार साँझ त्रिभुवन विमानस्थलमा अवतरण भएका कार्की कांग्रेस नेता शेखर कोइरालालाई यसअघि नै भेटिसकेका थिए ।

कार्कीले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् । विद्रोही समूहका ८ र नेकपा एमालेका ३९ जनाको समर्थनमा शनिबार उनी मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री कार्कीले आजै आफूलाई सहयोग गर्ने एमाले र कांग्रेसका विद्रोही समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस