शुक्रबार, ०४ असोज २०८१

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले शपथ लिदै, आजै एमाले र कांग्रेसबाट १/१ जना मन्त्री नियुक्त गर्ने तयारी

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएर आजै सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् ।

कार्कीलाई पद तथा गोपनीयताको शपथका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई दिउँसो २ बजे समय दिएका छन् ।

कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा शनिवार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आज काङ्ग्रेसबाट विद्रोह गरेका १ जना र एमालेबाट १ जना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।


कांग्रेसबाट विद्रोह गरेका सांसदमध्ये इलामका शमशेर राई र एमालेबाट दलका उपनेता इलामकै रामबहादुर मगर मन्त्री बन्ने सम्भावना रहेको छ ।

हिजो एमालेसँग भएको छलफलमा १÷१ जना मन्त्री बनाउने सहमति भएको थियो । छलफल पछि कार्की काठमाडौं गएकाले थप छलफल हुन सकेको छैन ।

काठमाडौँबाट फर्किएपछि थप छलफल हुने एमालेले जनाएको छ ।

कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ सहित ४७ प्रदेश सांसदको सनाखत गराएर प्रदेश प्रमुख खापुङले कार्कीलाई शनिवार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस