शुक्रबार, ०४ असोज २०८१

सुन तस्करी प्रकरण : पूर्वसभामुख महराका छोरा राहुललाई थुनामा पठाउन अदालतको आदेश

 काठमाडौं, । सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । शुक्रबार काठमाडौँ जिल्ला अदालतले महरालाई थुनामा पठाउन आदेश दिएको हो ।

राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डण्डपाणी शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि राहुललाई थुनामा राख्न आदेश दिएको हो ।

राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने पाँच लाख रुपैयाँ धरौटी माग गरिएको सूचना अधिकारी दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस