शुक्रबार, ०४ असोज २०८१

दशैं मनाउन बडीमालिका ७ ले दियो विपन्न परिवारलाई राहत

बाजुरा : बडीमालिका नगरपालिका ७ ले दशैं मनाउन विपन्न परिवारलाई राहत सहयोग गरेको छ । वडा भित्रका अति विपन्न ३३ वटा परिवारलाई वडा कार्यालयका तर्फबाट राहत स्वरुप खाद्यन्न सहयोग गरिएको अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

अध्यक्ष पाध्यायले आफै पहल गरेर समाजसेवीसँग संकलन गरेको श्रोत, वडा कार्यालयको चाड पर्व खर्च सुविधा र आफ्नै पारिश्रमकीबाट जम्मा गरेको रकमले खाद्यन्न खरिद गरेर सहयोग गरिएको वडा सचिव सरिता ठगुन्नाथले जानकारी दिएकी छन् । सहयोगका लागि समाजसेवी दयाराम अग्रवालले पनि सहयोग गरेको हो ।

दोस्रो कार्यकाल पनि वडा अध्यक्षको जिम्मेवारी सम्हालीरहेका पाध्यायले हरेक वर्षको दशैं तिहार बिशेष विपन्न परिवारलाई सहयोग गर्दै आएका छन् । ३३ विपन्न परिवारलाई मासु किन्नलाई नगद पाँच सय सहीत खाद्यन्न सहयोग गरिएको छ ।

वडा कार्यालयका तर्फबाट आयोजित शुभकामना आदान प्रदान तथा खाद्यन्न सहयोग कार्यक्रममा विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ । खाद्यन्न नगर प्रमुख अमर खड्काले हस्तान्त्रण गरेका हुन् । 

सहयोग वापत वडा कार्यालयले विपन्न परिवारलाई चामल , तेल, चिनी, दाल, कपडा लगायतका सामाग्री छन् । ३३ परिवारलाई ७५ हजार बराबरको खाद्यान्न सामाग्री सहयोग गरिएको छ । भने १६ हजार ५ सय नगद हस्तान्तरण गरिएको छ ।

अति विपन्न परिवारले राहत पाएपछि खुसी भएका छन् । आफ्नै पैसा खर्च गरेर चामल किन्न समेत नसक्ने र आर्थिक अवस्था निकै कमजोर भएकाहरुलाई नै सहयोग गरिएको प्रीत नगर प्रमुख अमर खड्काले वडा अध्यक्ष पाध्याय सहीत कार्यालयको टिमलाई धन्यवाद दिएका छन् ।

शब्दले मात्रै शुभकामना दिएर सबैका पेट नभरिने र सबैका लागि खुसीयाली नहुने देखेर नै अति विपन्नलाई थोरै राहत स्वरुप संवोधन गर्न हरेक वर्ष सहयोग गर्दै आएको अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

कार्यक्रममा नगर प्रमुख अमर खड्का, कार्यपालिका सदस्य वडा सदस्य पुर्व जनप्रतिनिधि पार्टी प्रतिनिधि टोल प्रमुख स्वास्थ प्रमुख पत्रकार स्थानीय लगायतको सहभागीता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस