शुक्रबार, ०४ असोज २०८१

कोशीका मुख्यमन्त्रीलाई राप्रपाबाहेक सबै दलले दिए विश्वासको मत

दुई तिहास बढीको समर्थन

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेसँग समीकरण बनाइ मुख्यमन्त्री बनेका उनले प्रदेशसभामा रहेकामध्येबाट दुई तिहाइबढी मत प्राप्त गरेका हुन् ।

कार्की मुख्यमन्त्री नियुक्त हुनासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देउवा(शेखरसहितको ‘चिर्केटो सम्झौता’ उद्धृत गर्दै उनी गठबन्धनकै मुख्यमन्त्री भएको बताएका थिए ।

गठबन्धनले भने माओवादीका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको थियो ।

९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत पाए भने विपक्षमा ५ जनामात्रै रहे । राप्रपाका एक सांसद अनुपस्थित रहे ।

संविधानको धारा १६८ ९५० अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिएका हुन् ।

यहाँ एमालेको उपसभामुखसहित ४०, कांग्रेसको २८, माओवादी केन्द्रको १३, नेकपा एसको ४ र जसपाका एकजना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस