शुक्रबार, ०४ असोज २०८१

नागरिकको दैनिक जीवन सहजताको माग सहीत बाजुराका सांसदलाई बुझाईयो ११ बुँदे ज्ञापन पत्र

बाजुरा : खाद्यन्न सहजताको माग सहीत बाजुराका सांसदलाई ११ बुँदे ज्ञापन पत्र बुझाइएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत बाजुराबाट संघ र प्रदेशमा प्रतिनिधीत्व गर्ने पाँच जना सांसदलाई ज्ञापन पत्र बुझाइएको हो । सांसद जिल्लामा उपलब्ध नभएपछि प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाइएको छ ।  

जिल्ला खाद्य अधिकार सञ्जाल बाजुराले ज्ञापन पत्र बुझाएको सञ्जाल बाजुराका सचिव लक्ष्मीराज पाध्यायले बताएका छन् । सरकारले हरेक जिल्लामा चाडपर्व लक्षित सुपथ मुल्यका पसल संचालन गरेपनि बाजुरामा भने सुपथ पसल सञ्चालन नगरेको र खाद्यन्न सहीतका दैनिक उपभोग्य समान सहज उपलब्ध हुने वातावरण नबनेको आरोप सहीत ज्ञापन पत्र बुझाएका छन् ।

खाद्य डिपो तथा बिक्री केन्द्रमा चामल नै नभएको र खाद्य संस्थान मार्तडीको कार्यालयमा ब्यानर मात्रै टाँसेर जनतालाई भ्रममा पारेको भन्दै सबै डिपोहरुमा चामल लगायत सुपथ पसलमा हुनुपर्ने सुचीका सबै खाद्य बस्तुहरुको व्यवस्था गरि तत्काल व्यबस्थापन गर्न माग गरिएको फियान नेपालका सचिव मदनराज जैशीले बताएका छन ।

त्यस्तै गत असोज १६ गतेदेखि बझाङ केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट जिल्लामा गरेको क्षतिको वास्तविक तथ्यांक संकलन गरि पिडितलाई एकद्धार प्राणालीबाट रहत वितरण गर्न ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

बाजुराको मुक्तीकोट लगायतका दुर्गम गाउँहरु कुपोषणबाट ग्रसित नागरिकलाई खाद्य अधिकारको सुनिश्चित गरि स्वामिकार्तिकको छुद्धरी र रुढी क्षेत्रमा पानीको समस्या भएकाले तत्काल व्यवस्थापनका लागि पहल गर्न माग गरिएको जिल्ला खाद्य अधिकार सञ्जाल सचिव लक्ष्मीराज पाध्यायले बताएका छन ।

जिल्लाका विभिन्न बजारहरुमा सडकको समस्या बनाई कालो बजारी गरि उपभोक्तालाई महंगीको मारमा पार्ने काम भइरहेकाले आवश्यक वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाई दिन पनि ज्ञापन पत्रमार्फत अनुरोध गरेको छ ।

जिल्लाका कवाडी, स्वामिकार्तिक तथा कोल्टीमा चामलको अभाव भएकाले तत्काल खाद्यान्न डिपोहरुमा चामलको व्यवस्थापन गरि नागरिकको खाद्य अधिकारको रक्षा गर्न माग गरेको छ । 

त्यस्तै कोल्टीमा हवाई भाडादरमा अनियमितता र मार्तडी कोल्टी सडक खण्डमा मनोमानी रुपमा भाडा असुल्ने गरेकाले समस्याको समाधानका लागि पनि अपिल गरेको सचिव पाध्यायले जानकारी दिएका छन् ।

त्यसैगरि संचारको पहुँचमा नपुगेका क्षेत्रमा तत्काल संचारको सुविधा गर्न र जिल्लाका हलिया, खलिया, वादी तथा भूमिहिन नागरिक तथा समुदायलाई तत्काल भूमि उपलब्ध गराउन लगायतका माग राख्दै ज्ञापन पत्र बुझाएको खाद्य अधिकार सञ्जाल बाजुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस