शुक्रबार, ०४ असोज २०८१

एमाले गोदावरी नगर कमिटीको कार्यवाहक अध्यक्षमा सन्तोष सिंह

धनगढी : नेकपा (एमाले) गोदावरी नगर कमिटीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष सन्तोष सिंहले पाएका छन् । नगर कमिटीमा अध्यक्ष गोकर्ण भट्ट प्रदेश कमिटी सदस्यमा निर्वाचित भएपछि अध्यक्षको पद खाली भएको छ । 

अध्यक्षको पद खाली भएपछि नगर कमिटीले आयोजना गरेको एक कार्यक्रमबाट उक्त जिम्मेवारी सिंहलाई हस्तान्तरण गरिएको हो । नगर कमिटीको अधिवेशन नभएसम्मका लागि सिंहलाई कार्यबाहक अध्यक्ष भएर कामकारवाही गर्न पनि जिम्मेवारी दिइएको छ । 

सिंह पछिल्लो समय युवा माझ राम्रो प्रभाव राख्ने गर्दछन् । उनको गोदावरी नगर क्षेत्रमा राम्रो प्रभाव देखिन्छ । सिंहले जिम्मेवारीलाई इमान्दार रुपमा निर्वाह गर्ने बताएका छन् । 
 

प्रतिक्रिया दिनुहोस