शुक्रबार, ०४ असोज २०८१

बाजुरामा ३ महिनामा प्राकृतिक विपदमा परि ५ जनाले ज्यान गुमाए

बाजुरा : बाजुरामा प्राकृतिक प्रकोपमा परि तीन महिनाको अवधीमा पाँच जनाले ज्यान गुमाएका छन् । बाढी पहिरो लगायतका विपदमा परि पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

प्रहरी नायव उपरिक्षक कविन्द्रसिहं बोहराका अनुसार बाढी र पहिरोमा परेर २ जनाको मृत्यु भएको, चट्यांग लागेर १ जना र लेक लागेर १ जना र करेन्ट लागेर १ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

यस्तै १ जनाको बेपत्ता भएको छ । भने ३ पशुचौपाया र ३० जंगली जनावरको मृत्यु भएको पनि प्रहरीले तथ्यांक सार्वजनिक गरिएको छ । यस्तै बडीमालिकाको दर्शनका लागि गएका दुई जना तिर्थयात्रीको लेक लागेर घाइते भएको प्रहरी निरिक्षक दानसिंह भण्डारीले जानकारी दिएका छन् ।

प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्ला प्रहरी कार्यालय बाजुरामा तीन महिनाको अवधीमा लैगिक हिंसाका ८ वटा मुद्धा दर्ता भएका छन् । ती मध्ये ७ वटा सुनुवाई भइसकेका छन् ।  

प्रहरीमा आएको निवेदन अनुसार जेष्ठ नागरिक, महिला, बालबालिका गरी ११ जना हराएका छन् । तीमध्ये ६ जना फेला पारेको र ५ जना अझै बेपत्ता भएर खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पछिल्लो समय गएको भुकम्पको तथ्याकं भने प्रहरीले छानवीन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस