शुक्रबार, ०४ असोज २०८१

अध्यक्ष ओली आज प्युठान जादै

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्युठान जाने भएका छन् । नौवहिनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न अध्यक्ष ओली आज घटस्थापनाका दिन प्युठान जान लागेका हुन् ।

एमाले पोलिटब्युरो सदस्य एवं सांसद सूर्य थापाका अनुसार अध्यक्ष ओलीले असोज २८ गते बिहान स्वर्गद्वारी आश्रम मन्दिरमा दर्शन र पूजाआजामा सरिक हुने कार्यक्रम तय भएको छ ।


त्यसपछि प्युठानीहरूसँग आयुष्मा होटल बिजुवारमा भेटघाट तथा सम्बोधन गर्नेछन् । त्यसपश्चात् वाहनेमा नौबहिनी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए ।

ओली २९ वर्षपछि दोस्रो पटक प्युठान जान लागेको नेताहरूले बताए । यसअघि असोज १६ गते खराब मौसमका कारण ओली प्युठान जाने कार्यक्रम स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस