आइतबार, ०७ पुष २०८१

सवारी कारवाहीबाट बाजुरा प्रहरीले उठायो तीन महिनामा डेढ लाख बढी राजस्व

बाजुरा : जिल्ला प्रहरी कार्यालय बाजुराले तीन महिनाको अवधीमा एक लाख ८३ हजार राजस्व संकलन गरेको छ । कार्यालयका तर्फबाट आयोजना गरिएको नागरिक सुनुवाई कार्यक्रममा राजस्व संकलन बारे जानकारी गराइएको छ ।

लामो तथा छोटो दुरिका सवारी साधन,मालबहाक ट्रक र मोटर साइकल लगायतका सवारी साधन चेकजाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनलाई कारबाही गर्दै जरिवाना वापत एक लाख ८३ हजार राजस्व संकलन गरिएको प्रहरीले बताएको छ । बाजुरामा पछिल्लो समय सवारीको चाप बढेको देखिन्छ । 

जिल्लाका साँफे–मार्तडी राजमार्ग, मार्तडी–कोल्टी र मार्तडी–घटमुना संचालन हुदै आएका जीप ट्याक्टर र मोटर साइकलले सवारी साधन संचालन ऐन विपरित कार्य गरेको र ट्राफिक नियम उल्लघन गरेका सवारी साधनबाट उक्त रकम लिएपछि राजस्व संकलन भएको जिल्ला  प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिं बोहराले बताएका छन् । 

राजमार्ग र प्रदेशका गौरव आयोजनाका सडकमा संचालन भइरहेका साना तथा ठुला गरी दुई सय ९७ सवारी साधनलाईलाई नियन्त्रणमा लिइ कारबाही गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानसिं भण्डारीले जानकारी दिएका छन् ।

नागरिक सुनुवाई कार्यक्रममा ६ पटक जिल्लाका विभिन्न ठाउँमा ट्राफिक सचेतना कार्यक्रम गर्दा चार सय ५० जना लाभाविन्त भएको प्रहरी नायव उपरिक्षक बोहराले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । 

प्रहरीले सोमबार आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा ९ वटा सवारी साधन दुर्घटना भएको र १२ जना घाइते भएको तथ्यांकमा छ । यस्तै तीन महिनाको अवधीमा ३२ मुद्धा दर्ता भएको,ठाडो उजुरी २९ वटा,पिडित २९ र विभिन्न कसुरमा २३ जना पक्राउ गरेको प्रहरी नायव उपरिक्षक बोहराले तथ्यांक सार्वजनिक गरेका हुन् । 

प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम एक ३४ स्थानमा गरेको र उक्त कार्यक्रमबाट चार हजार ८७४ जना नागरिक लाभान्वित भएको उल्लेख छ । प्रहरीको नागरिक सुनुवाई कार्यक्रममा प्रहरी चौकी स्थापनाको माग भएर आएको भएपनि जिल्ला प्रहरी कार्यालय बाजुरामा जनशक्तिी अभावका कारण स्थापना हुन नसकेका छैनन् । 

स्थापना भएर संचालन भएका प्रहरी चौकीहरु  जग्गा अभावका कारण भाडाका घरमा बसेर नागरिकलाई शान्ति सुरक्षाका कार्य गर्दै आएको प्रहरी नायव उपरिक्षक बोहराले बताएका छन् । 

बडीमालिका नगरपालिकाका नगर प्रमु्ख अमरबहादुर खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल रहेका थिए । नागरिक सुनुवाई जनप्रतिनिधी राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देवबहादुर रोकाया, होटल व्यवसायी र पत्रकारहरु सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस