शुक्रबार, ०४ असोज २०८१

बाजुरामा पनि मनाइयो ६८ औं प्रहरी दिवस : पूर्वलाई सम्मान, उत्कृष्ट पुरस्कृत

बाजुरा : नेपाल प्रहरीले विशेष समारोहको आयोजना गरी ६८ औं प्रहरी दिवस मनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले औपचारिक कार्यक्रमका बीच दिवस मनाएको हो । उत्कृष्ट कर्मचारीलाई पुरस्कार र पूर्व प्रहरीलाई सम्मान सहीत दिवस मनाइएको छ । 

प्रहरी नायव उपरिक्षक कविन्द्र बोहराको अध्यक्षतामा आयोजित दिवस समारोहमा प्रमुख जिल्ला अधिकारी भिमाकान्त पौडेल प्रमुख अतिथि रहनु भएको थियो । गुल्मपति, शसस्त्र प्रहरी नायव उपरिक्षक सरोकारवाला सबैको उपस्थिति रहेको थियो ।

गर्वका साथ सेवा, सम्मानका साथ सुरक्षा भन्ने नाराका साथ दिवस मनाइएको प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताएका छन् । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराले प्रहरी निरीक्षक दानसिंह भण्डारी, प्रहरी सहायक निरीक्षक नवराज साउँद, भोजबहादुर पाल, प्रहरी वरिष्ठ हवल्दार लक्ष्मीदत्त भट्ट, प्रहरी हवल्दार गोपालसिंह भण्डारी, प्रहरी सहायक हवल्दार हर्कबहादुर विष्ट, प्रहरी जवान गोविन्द्रबहादुर खड्का, कविन्द्र बोहरा, नरेशसिंह धामी, रेणुका कुमारी धामी, दिपा बोहरालाई पुरस्कार सहीत सम्मान गरेको छ ।

प्रहरी दिवसकै अवसरमा आयोजना गरेको कार्यक्रममा भलिबल, ब्याटमिन्टन, क्यारेम र दौडका विजेता सबैलाई पनि पुरस्कार सहीत सम्मान गरेको छ । बाजुरा क्याम्पसका धनबहादुर बुढा, जिल्ला शिक्षा विकास समन्वय इकाइका ममता पाल, मालिका नमुना मावि रमेश बहादुर थापालाई दिवसको अवसरमा आयोजित निबन्ध प्रतियोगिताको निर्णायकमा राखिएको थियो । उहाँहरु तीनै जनालाई पनि सम्मान गरिएको छ ।

निबन्ध लेखनमा क्रियटर जोन ऐकेडेमीका छात्र प्रथम, मालिका नमुना माविका छात्र द्धितीय र सरस्वति मावि आटीचौर लम्गाउँका छात्र तृतीय भएका छन् । पूर्व प्रहरी जनक रावल र सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष काल्चे दमाई, पूर्व शहीद प्रहरी जवानकी आमा धौली विष्टलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी भिमानन्द पौडेले जनताको शान्ति सुरक्षा र सामाजिक शान्तिका लागि प्रहरीले निर्वाह गरेको भूमिका अतुलनीय रहेको बताएका छन् । प्रहरीको सेवा र काम प्रति राज्यले गर्व गर्नु पर्ने अवस्था रहेको पुरस्कृत र सम्मान हुने सबैलाई धन्यवाद दिएका छन् । प्रहरी नायव उपरिक्षक कविन्द्र बोहराले जनताको सेवा प्रति सदैव प्रतिवद्ध र जिम्मेवार हुने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस