बिहिबार, ०३ असोज २०८१

लभदह अर्थात छेडेदह तालमा वृक्षारोपन गरिने

संरक्षणको पर्खाइमा छेडेदह ताल तीन वटै तहका सरकारबाट ओझेलमा

बाजुरा : खप्तड छेडेदह गाउँपालिका वडा न . ४, ५ र ७ को बिचमा अवस्थित छेडेदह तालमा श्री कृष्ण जन्माष्टमीको  अवसर पारी छेडेदह तालमा वृक्षारोपण गरिने भएको छ । 


लभदह अर्थात छेडेदह गाउँपालिकाको शान संरक्षण र प्रबर्द्धनको जिम्मेवारी हाम्रो अभियान भन्ने मुल नारा सहित यहीँ भाद्र २० गते श्रीकृष्ण जन्माष्टमी दिन वृक्षारोपण गरिने भएको हो । छेडेदह साहित्य प्रतिष्ठानको आयोजना र खप्तड छेडेदह गाउँपालिकासँगको सहकार्यमा वृक्षारोपण गर्न लागिएको छेडेदह साहित्य प्रतिष्ठानका अध्यक्ष गणेश बुढा (जिएन ) ले जानकारी दिएका छन् ।  अध्यक्ष बुढाका अनुसार अशोक, स्वामी,  स्थानीय लगायत करिब साढे सात सय बढी बोटहरु रोपिने बताइएको छ । 

No description available.पालिका भित्रका स्थानीय, शिक्षक, कर्मचारी, विद्यार्थी, पालिकाका जनप्रतिनिधी, सबैलाई प्रकृति संरक्षण जस्तो पवित्र अभियानमा सहभागि हुन पनि अध्यक्ष बुढाले आग्रह गरेका छन् । आफ्नो सामाजिक सञ्जालमा फेसवुकमा लेख्दै प्रतिष्ठानले आयोजना गरेको वृक्षारोपण कार्यक्रम बारे जानकारी गराएका हुन् ।

उनले लेखेका छन् , सुन्दर नगरी आटीचौर उपत्यका र गुदुखातीको शिरमा पर्ने लभ दह अर्थात छेडेदहको संरक्षण तपाइँ हामी सबैको जिम्मेवारी हो, प्रकृति जोगाउन सकेमात्रै समाज र मानव जीवनको अस्तित्व रहन्छ, त्यसैले प्रमुख पर्यटकीय गन्तव्यको शोभा बढाउन, सबै सहभागी बनौं, वृक्षारोपण अभियानमा सहभागि हौँ, हाम्रो प्रकृती हामी नै जोगाऔ, हाम्रो सम्पदाको संरक्षण हामीले नगरे कसले गर्ने, त्यसकारण  प्रेमतालमा भगवान श्रीकृष्णको प्रेमलिलासँगै रमाइलो गर्न,छेडेदह तलको मनोरम दृश्यमा रमाउन,  र सामाजिक कार्यमा सहभागी  सबैलाई अनुरोध गर्दछु,उनले लेखेका छन्,।

No description available.

प्रकृतिकै अनुपम उपहार, छेडेदह गाउँपालिकाको मात्र नभैई जिल्लाका एतिहासिक महत्त्व बोकेको पर्यटकिय सम्भावना भएको  छेडेदह ताल संरक्षण र प्रबर्द्धनको अभावका कारण ओझेलमा छ । तीन वटै तहका सरकारबाट समेत अपहेलित हुँदै आएको यो तालको संरक्षण र प्रबर्द्धनमा नयाँ पुस्ताले चाँसो देखाउदै आएको भएपनि सरोकारवाला निकाय र सरोकार राख्नुपर्ने व्यक्ति नै जिम्मेवार देखिदैनन् । उसो त नजिकैको तिर्थ हेला भने झैँ स्थानीय सरकारबाटै ओझेल छ । गाउँ गाउँमा सिंहदरवार नामको संघीयता आएको झण्डै ७ वर्ष पुगिसक्दा पनि तालको अवस्था फेरिएको छैन। बरु पहिरोका कारण एक मात्रै गर्व गर्न लायक सम्पदा मासिने जोखिम छ ।

No description available.

तालको संरक्षण, प्रबर्द्धन, प्रचार प्रसार गरि आन्तरिक पर्यटकहरुलाई कसरी भित्र्याउने भन्ने कुरामा गाउँपालिका नै चिन्तित देखिदैन । तालको प्रबर्द्धनका लागि पालिकाले दीर्घकालिन रणनीति तयार पार्दै आएको भएपनि कार्यान्वयन भने हुन सकेको छैन । बरु गाउँ गाउँमा बिबाद देखाएर चुपचाप गाउँपालिकाका जनप्रतिनिधि पनि चुपचाप देखिन्छन् ।

अघिल्लो कार्यकालका जनप्रतिनिधिले पनि यहीँ बिबादको कारण देखाउदै पाँच वर्ष बिताएका थिए । उसो त बिबाद मिलाउनका लागि गाउँपालिकाले नै ठोस योजना बनाउनुपर्ने र बिबाद साम्य गर्नुपर्ने माग जनस्तरबाट उठिरहेका छन् । हालका गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले बिबाद मिलाउनला लागि आवस्यक समन्वय, सहकार्य र छलफल सबै संग गरिरहेको बताउदै आएका छन् ।
 
तालकै संरक्षण प्रबर्द्धन र प्रचार प्रसार होस् भन्ने उदेश्यले गाउँपालिकाको कार्यालय पनि छेडेदह ताल आसपास मै लगाउने तयारी थियो । तर तत्कालीन नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष नर बहादुर रावतले नै यो कुरा अस्विकार गरेका थिए । पहिरो रोकथामकाका लागि समेत पहल कदमी हुन सकेको छैन । जिल्लाका अन्य पालिकाले खोजतलास गरि पर्यटन प्रबर्द्धन गर्दै आएको भएपनि छेडेदह ताल भने संरक्षण र प्रबर्द्धनको प्रखाईमा छ ।

प्रदेश र संघ सरकारले पनि जिल्लाका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रका लागि करोडौंको बजेट बिनियोजन गर्दै आएको भएपनि छेडेदह तीन वटै तहका सरकारको ध्यानमा छैन । बर्सेनि श्री कृष्ण जन्माष्टमीको दिन छेडेदह ताल घुम्नका लागि झन्डै २ हजार बढीको संख्या आन्तरिक पर्यटकहरु जिल्लाका विभिन्न पालिका बाट आउने गर्छन् । 

लभ आकारको देखिने प्रेमिल ताल छेडेदह  विशेष गरि प्रेम जोडीहरुका लागि पर्यटकिय गन्तव्य जस्तै बनेको छ । प्रेमी प्रेमीकाहरु आउने, तस्बिर कैद गर्ने, टिकटक बनाउने र छेडेदह तालको सुन्दरता संगै रमाएर सुखदुःखका कुराकानी गर्दाको अर्कै आनन्द महसुस हुने त्यहाँ पुग्ने आन्तरिक पर्यटकहरु बताउन्छन् ।

No description available.छेडेदह तालको मनोरम दृश्य, हरियाली बनजङ्गलको दृश्यले जोकोहीको मन लोभ्याउने गर्छ । बुढीगंगा, त्रीवेणी नगरपालिका, छेडेदह गाउँपालिकाका विभिन्न ठाउँबाट त्यहाँ आन्तरिक पर्यटकहरु पुग्ने गरेको भएपनि बेलुका सस्ती खेपेर फर्किनु पर्ने बाध्यता छ । बनभोज खानेहरु समेत टाढाटाढा आउने गरेका छन् । टाढाटाढाबाट त्यहाँ पुग्नेहरु रमाइलो गर्ने उदेश्यले आएका भएपनि सामान्य बत्तिको व्यवस्था समेत नहुँदा खिन्नता बोध गरेर फर्किन्छन् ।

प्रतिक्रिया दिनुहोस