बिहिबार, ०३ असोज २०८१

विप्लव नेतृत्वको नेकपाद्धारा एमसीसीविरुद्ध आन्दोलनको घोषणा

काठमाडौं : नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपाले अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना (एमसीसी) को विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। नेकपाले स्थायी कमिटी बैठकबाट संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम तय गरेको हो।

त्यसपछि फेरि अर्को बैठक बसेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने बैठकपछि स्थायी कमिटी सदस्य अनिल शर्मा बिरहीले जानकारी दिए। काठमाडौंको लप्सिफेँदी, नुवाकोट, धादिङ, पाल्पा, नवलपरासी र रुपन्देहीमा एमसीसी विरोधीहरुको संयुक्त गोष्ठी गर्ने नेता शर्माले जानकारी दिए। लप्सिफेँदीको कार्यक्रमको नेतृत्व उमा भुजेल र नुवाकोटको कार्यक्रमको नेतृत्व शर्माले गर्ने छन्।

 
त्यसपछि असोज १ गतेदेखि १५ गतेसम्म मार्चपास गर्ने उनले जानकारी दिए । मार्चपासमा सामना साँस्कृतिक टोली पनि सहभागी हुने छ। त्यसपछि फेरि स्थायी कमिटीको बैठक बसेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्ने नेता शर्माले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस