बिहिबार, ०३ असोज २०८१

एमसीसीका नाममा अतिक्रमण र हस्तक्षेप हामीलाई स्वीकार्य छैन : विप्लव

काठमाडौं : नेकपाका महासचिव नेत्रविक्रम चन्द ९विप्लव०ले अमेरिकाको सहयोगी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट९ एमसीसी० मा भएको कतिपय बुँदाहरुका कारण भविष्यमा देशलाई हुनसक्ने खतराबाट सचेत बन्नुपर्ने बताएका छन् ।

बिहीबार समाजवादी मोर्चाको कर्णाली प्रदेश समन्वय समिति घोषणा कार्यक्रममा बोल्दै उनले एमसीसीका नाममा हुने कुनैपनि अतिक्रमण र हस्तक्षेत्र आफूहरुलाई स्वीकार्य नहुने चेतावानीसमेत दिए ।

‘एमसीसीसी नेपाली जनताको हितमा छैन्। प्रचण्ड हुने बेलासम्म हामीलाई विश्वास छ त्यसको विरुद्धमा लड्नुहुन्छ,’ विप्लवले भने, ‘अनुदानको कुरा ठिक छ, तर हस्तक्षेप र अतिक्रमण सम्भव छैन।’विप्लवले कतिपयले माओवादी र माओवादी आन्दोलन कमजोर बन्दै गइरहेको टिप्पणी गरेपनि त्यो सत्य नभएको दाबी गरे ।सामन्तवादलाई पछारे पनि जनयुद्धको सपना पूरा नभएको उनले बताए।

‘हामी जनयुद्धको बेलाको सफल संरचनालाई देशको संरचनामा बदल्न चाहन्थ्यौं। तर अहिलेको संरचना जनयुद्धको बेलाजस्तो सफल देखिएन,’ उनले भने।समाजवादी मोर्चाको कर्णाली प्रदेशको सन्देश सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतका नेताहरु सहभागी छन्।

प्रतिक्रिया दिनुहोस