बाजुरा : बडीमालिका नगरपालिका वडा न. ८ मार्तडीका उमेरले ८६ वर्ष पगिसकेका दल बहादुर थापा गीत गुन्गुनाउदै गरेके अवस्थामा भेटिए । थापा ठाडी भाका गुनगुनाउदै थिए ।
आफै मरिसकिदैन काल बैरी लिदैन
मान्छे बुढो भयापन रहर बुढिदैँन
गीतत को एक टुक्का सुनाउदै थापाले भने, “अमन लाग्यो, हिड्न सकिदैँन, घरभन्दा टाढा नगएको पनि १० वर्ष बढी भइसक्यो ” तपाई गीत गाँउनु हुन्छ भन्ने प्रश्नको जवाफमा थापाले थपे, “कपाल फुल्योे दाँत सबै झरेर सकिए, बुढो अवस्था भयो, जवानीमा म काँ गएन ? खेल लगाउन, घाँस दाउरा गए गीतै गाउन्थे, बन गएपछी वारिपारिबाट गीत भन्ने चलन थियो, अव गाउनै छोडे, अव पहिलाको चलनै हरायो कयौँ पटक राम हेर्न गएर (जात्रा ) देउडा लगाएको सम्झना आउने गरेको थापाले सुनाए ।
कसैको बिवाह, भएपछी रातै लगाएको खेल बिहान सम्म लाख्थ्यो,” राम हेर्न गएपछि त झन कहिले काँही दुई दिनसम्म टिक्थ्यो, राम्रो गीत भन्नेहरु भएपछी उहिले जम्मै खेलै लगाउन्थे । बडिमालिका थापालाई मात्र होइन पुराना पुस्ताका धेरैलाई पुराना दिनका सम्झनाले झस्काइरन्छ । खप्तड छेडेदह गाँउपालिका वडा न. ३ की ७६ वर्षिया लाली खड्कालाई पनि पुराना दिनको झझल्को आइरन्छ । चाडपर्व आँउदा, गाँउमा कसैको बिवाह हुँदा पुरानै दिनको सम्झना आउने गरेको खड्काले बताइन् ।
उमेरले ७६ वर्ष नाघिसकेकी खड्का टाढा जान सक्दिनन्। कहिलकाँही गाँउमै कसैको बिवाह भयो भने तन्नेरी अवस्थामा बिभिन्न ठाँउमा गएर खेल लगाए जसरी नैे खेल रहर भने अझै छ । तर अहिले भने त्या बेलाको जस्तो खेल लगाइदैन, । खड्का सुनाउन्छिन् “अहिले मोबाइलबाट गीत बजाउन्छन्, त्यसैमा रमाउन्छन् , अहिलेको मान्छेलाई यहिँ ठिक लाग्छ। तर हाम्रा लागि त कालो अक्षर भैँसि बराबर जस्तै हो, हामी बुझ्दैनौँ, अव त जानै छोडिसके कसैको बिवाह भएपनि जाँदैन घरमै बस्छु ”
खड्काले पुराना दिनको झझल्कको सुनाइनन्,। “राम हेर्न टाढा जाने कुरै भएन सकिन्न, पहिलोको जस्तो राम पनि हुदैनन् , हाम्रो पालाको जस्तो गीत भन्नेहरु पनी छैनन् , त्यतिवेला जात्रा गयो भने खेल बाहे अरु हुन्दैन थियो, एउटै जात्रामा १० बढी खेलहरु लाग्थे, रमाइलो पनि निकै हुन्थ्यो, अहिले कतै जात्रा लागेपनि रक्सि खानेहरुको भिड बढी हुन्छ, धेरै ठाँउमा जात्रा गर्नै छोडिसके ” आफ्नो लामो अनुभव भपिन् । उमेको उकाली संगै डाँडापारिको घाम जस्तै भइसकेका बडीमालिकाका ८ का थापा र छेडेदह गाँउपालिका ३ की खड्कालाई मात्र होइन पुराना पुस्ताका मानिसहरुलाई अहिलेको आधुनिक युगले सन्तुष्टी मिलेको पाइदैन ।
अहिलेको सुचना र प्रबिधिको युगमा उनिहरुलाई घुलमिल हुनै मुस्किल छ । धेरैको ध्यान अहिले आधुनिकता तिर भएपनि कसैले भने आफ्नो सँस्कृतिलाई भुलेका छैनन् । बरु निरन्तरता दिने प्रयास गरिहेका छन् । देउडा गीतलाई बचाइराख्नुपर्ने दिर्ण संकल्प बोकेर निरन्तर सुदूर पश्चिमएली देउदा गीत र ठाडी भाकाको जर्गेनामा लागि परका छन् । बुढीगंगा नगरपालिका वडा न. ४ का गीतकार तथा साहित्यकार राजेन्द्र शाह वि.पीले अहिले सम्म करिव १५ सय बढी देउडा ठाडीभाका गीतको रचना गरका छन् ।
गीतमा लय शव्द दुबै गर्ने साहित्यकार शाहले सँंस्कृतिको जगेर्ना गर्नकै लागि आफ्नो जीवन बेतित गरेका छन् । प्राय सुदूर पश्चिमका कलाकारहरु धेरैले शाहले लेखेका गीतहरु गाएका छन् । उनले सुदूरपश्चिमएली देउडा सँंस्कृतिको जर्गेनाका लागि दिएको योगदानको पति प्रशंसा गरेपनि कमै हुने उनि निकट कलाकारहरुले नै बताउने गरेका छ्न् । सँंस्कृतिको जगेर्ना र कलाकारिता क्षेत्रको विकास का लागि नै अनवरत रुपमा यहिँ क्षेत्र अंगालिरहेको साहित्यकार समेत रहेका शव्द रचनाककार राजेन्द्र शाह बि.पीले बताएका छन् । बाँचुन्जेल फेरीपनि लागिरहने उनकको योजना छ ।
यस्तै हाल सम्म देउडा गीत र ठाडी भाका गरी करिव ७०० बढी गीतमा आवाज दिसकेका कोकिल कण्ठी स्वरका धनी बडीमालिका नगरपालिका वडा न. ८ का गायक प्रकाश थापा पनि निरन्तर देउडा ठाडी भाका गीतहरु गाँउनमै व्यस्त छन् । आफ्नै मौलिकताा आधारित देउडा ठाडी भाका गाउने थापाले अहिलेसम्म अरु गीत गाएका छैनन् । थापा गाउने योजनामा पनि छैनन् । बाँचुन्जल देउडा ठाडीभाकामै आवाज दिने उनको धोको छ । साहित्यकार शाह र थापा जस्तै बाजुराका दजैनौँ कलाकारहरु देउडा सँंस्कृतिको जगेर्ना गर्न लागि परेका छन् । केही कलाकारहरु अन्य गीतहरु गाँउन थालेपनि देउडालाई नै प्रमुख प्रथामिकतामा राखेक छन् ।
तर बाजुराको हकमा टाडिभाका गाउने लाल बहादुर थापार प्रकाश थापा, रेखा जोशी, मात्र छन् । अन्यले गाएभनेपनि छुटपुटले मौ गएको पाइन्छ । देउदा गीतहरु धेरैले गाएपनि ठाडीभाका प्रायले गाउदैनन् । गीतहरु रचना थरेर बजारमा रर्कड गर्ने कुरा त देउडा सँंस्कृतिको विकसित रुप मात्र हो वास्तविक देउडा भनेको त लाइभ देउडा नै हो । आधुनिक शैलीमा देउडा गीतहरु धेरैले गाएपनि लाइभ देउडा खेल्नेहरु भने नयाँ पुस्तामा धेरै कम भेटिन्छन् ।
“सर्गले वर्षिन आत्यो, कात्या निनमनी,”
“कति देउडा खेल्दा छिया हाम्रा दिनमनी,”
“निसाप भन्या निसाव भनु न्या भन्या न्या भनु ”
“ सँस्कृती लोभहुन लाग्यो अभ म क्या भनु”
बडीमालिका नगरपालिका ९ की सुना विकले दुई टुक्का देउडाका सुनाउदै देउडाको प्रचलन हराउदै गएकोमा चिन्ता व्यक्त गरिन् । उनी लाइभ देउडा खेलाडी हुन् । हालसम्म धेरै ठाँउमा लाइभ देउडा खेलेर सम्मानित समेत भइसकेकी वि.क देउडा भनेपछि हरुक्कै हुन्छन् । पछिल्लो समयमा कहिलेकाँही लाग्ने चाडपर्वमा वि.कले देउडा लगाएकै हुन्छन् । नयाँ पुस्ताको लाइभ देउडा प्रति खासै चाँसो नदेखाउनुले यो सँंस्कृति हराउदै जाने चिन्ता वि.कलाई छ ।
उनले भनिन् “हरुले गीत भनेका खेलमा खेल्न रहर मान्ने धेरै छन्, तर गीत भन्नेहरु भने प्राय छैनन् , पहिला गाँउगाँउमा गीत भन्नेहरु हुन्थे, यस्तै हो भने खोज्नुपर्ने दिन आउन सक्छ, यो चिन्ता जनक विषय हो”। यो चिन्ता सुना वि.क लाई मात्रै छैन देउडा पारखी जती सबैलाई छ । पछिल्लो समयमा युवा पिडीतको ध्यान लोकदोहारी, आधुनिक, पप, डिजे तिर छ । धेरैलाई देउडा ठाडी भाका गाउने कुरात टाढाको बिषय हो । कसैले सुने समेत चित्त बुझ्दैन । बरु कस्तो गीत बजाएको भनेर गिज्याउन समेत थाल्छन् । यसले नयाँ कलाकारहरुलाई पनि समस्यामा पारेको छ । उसोत समयको माग अनुसार सुदूर पश्चिमका कलाकारहरु पनि अन्य गीतहरु बजारमा ल्याउन बाध्य छन् ।
बजारमा राम्रो देउडा गीत सार्वजनिक भएपनी अन्य बिधाका गीतहरुमा जस्तो चर्चा कमाउन नसकिने अवस्था छ । यो प्रबृत्तिले नै देउडा सँंस्कृति धरापमा पर्ने र हराउदै जाने चिन्ता देउडा तथा ठाडी भाका पारखीहरुमा छ । उसो त सबैलाई मन नपर्ने त होइन उमेरले २१ वर्षका हिमाली गाँउपालिकाका संकर मल्ल पछिल्लो पुस्ताका चर्चित लाइभ देउडा खेलाडी हुन् । उनले बाजुरामा मात्रै नभई जिल्ला बाहिर गएर समेत प्रतिसपर्धा गरेका छन् । बाजुराको माटोमा जन्मिएका मल्लले प्रतिस्पर्धामा प्राय हार व्यहोर्नु परेको छैन । जहाँ जान्छन् जितेरै फकिन्छन् ।
अध्यनन संगै देउडा खेल्ने मल्ल सुदूरका सबै जिल्लामा देउडा खेल्न गएका छन् । उनले देउडा खेलेरै चर्चा बटुलेका छन् । आफ्नो मौलिक सँंस्कृतिमा आधारित देउडा गीत संकटमा पर्ने स्थितमा पुगेकाले यसलाई बचाउनुपर्छ भन्ने उदेश्यले पनि आफुले निरन्तरता दिएको मल्लको भनाई छ ।
“सुदूरको देउडा कला हटाउनु नाइ जम्म”
“कला गला जोगाउनुछ सास रहुन्जेल सम्म् ”
“यो परानी रहदा सम्म गरौ रम्म झम्म्”
नयाँ पुस्तालाई सन्देश सहितको देउडा गीत मार्फत नै मल्ल देउडाको संरक्षणमा जुट्न आग्रह गर्छन । कलिलै उमरेका मल्ल आफ्नो पस्ताको ध्यान आधुकिकता तर्फ भएपनि उनी भने पुरानो सँंस्कृति हस्तानतरण हुनुपर्छ भन्ने पक्षमा छन् । कुनैवेला बनपाखा, घाँस पात गर्दा पनि गुनगुनाउने, वारी वारी हुने प्रेम जोडीले सवाल जवाफ गर्ने, माइती छोड्दा वा प्रदेश गएका आफन्तलाई समेत देउडा गीतकै मार्फत तिर्सना मेट्न सुख दुख सोध्ने परम्परा विस्तारै लोभ हुने अवस्थामा छ ।
ठाडीभाकाको अवस्था देउडाको भन्दा चिन्ताजनक :
बुढापाखाहरुका अनुसार बिशेष गरी गोठालो जाँदा धेरै गुनगुनाउने ठाडि भाका र देउडा गित प्राय अहिले सनिदैन । बिशेष गरेर सुदुरका पहाडी जिल्लाहरुमा धेरै गाइने ठाडी भाका बिस्तारै लोभउन्मुख अवस्थामा पुगेको छ । सुखमा होस की दुखःमा होस् एक अर्कामा सुख दुःख गितबाट सातासा तगर्ने, गीतकै माध्मबाट सुख दुःखका कुराकानी गर्ने, खुसी बाँड्ने, गीतबाटै दोहारो सम्बाद गर्ने वननपाखामा रमाइलो गर्दा आफ्नै मौलिक्तामा गाइने ठाडी भाका प्रतिको रुचि नयाँ पुस्तामा खासै देखिदैन । नयाँ पुस्ताले ठाडिभाकाको वास्तविकता नै बुझेका छैनन् । समयको माग अनुसार पुराना रितिरिवाज , सँस्कृति, परमपरा, बिस्तारै हराउदै गएका छन् ।
खराव प्रचलनको अन्त्य हुनु सकरात्कप पक्ष हो तर मौलिक पहिचान र सस्कृति हराउदै जानु चिन्ताजनक बिषय हो । पछिल्लो समयमा सुदूरको मौलिक पहिचान प्रमुख सस्कृति देउडा र ठाडी भाकाको जर्गेना गर्ने कुरा पनि निकै चुनौतिपुर्ण बनेको छ । युवा पिडीत बाहेक अधिकांश सुदूर बासिहरु देउडा र ठाडिभाकाका पारखीहरु भेटिन्छन् । तर नयाँ पुस्ताको ध्यान भने आधुनिकता तर्फ केन्द्रित देखिन्छ । यस कारण पनि देउडा ठाडीभाका गीतको अवस्था चिन्ताजनक बनेको छ ।
नँया पुस्ताको रुचि देउडा ठाडी भाका बाहेकका गीतमा :
कुनै वेला बिना संगीत, गाइने यि भाकाहरु गाइन्थ्यो । मेलापात,मा घाँस दाउरा गोरु गोठालो जाँदा, अर्थात व्रर्त बन्द बिवाह, मेला, चाडपर्वमा बिशेष गरी धैरै गाइने यि भाकाहरु अहिले बजार केन्द्रित मात्रै भएका छन् । पछिल्लो समयमा कलाकारिता क्षत्रमा प्रवेश गरेका सुदूरकै कलाकारहरु पनि प्राय देउडा गीत र ठाडी भाका लेख्दैनन् अर्थात गाँउदैनन् । कसैले रचना गरे वा गाएछन् भने पनि हाम्रो सँस्कृति हो एउटा गीत गरौँ न भन्ने उदेश्यले रेकर्ड गर्छन, धैरै कलाकाहरुले पछिल्लो समयमा लोकदोहारी आधुकिन, पप, डिजे, लगायतका गीतहरुले बजारमा चर्चा पाएको छ । त्यसकरण मानिसहरु लोकप्रियतामा बढी कलाकारहरु लागेका छन् ।
सँस्कृतिको जर्गेन गर्ने आफ्नो मौलिक पहिचान जोगाउने उदेश्यले भन्दा पनि कसरी चर्चित बन्ने पैसा धेरै पैसा कमाउने भन्ने कुरामा कलाकारहरुको ध्यान बढी केन्द्रित छ, । यसले गर्दा पनि देउडा र ठाडी भाका गीतहरु कम गाँउन थालेको गायक समेत रहेका चर्चित एरेन्जर कलाकार विनोद बाजुरालीले बताए । कलाकारिता क्षेत्रलाई कलाकारहरुले आफ्नो सस्कृति नै बिर्सिने गरी चर्चा र पैसा कमाउने माध्यमका रुपमा नबुझ्न पनि बाजुरालीको सुझाव छ । बाजुराकै हकमा पनि पछिल्लो समयमा धेरै कलाकारहरुले देउडा गीतहरु गर्न छोडेर अन्य गीतहरु लेख्ने र गाउने गरेका छन् ।
समयको माग अनुसार नयाँ गीतहरु बजारमा ल्याएको भएपनि सस्कृतिलाई नै बिर्सिसके भन्न नमिल्ने लोकदोहारी सर्जक तथा गायक डम्ममर बिश्वकर्मा बताउन्छन् । उनले हालसम्म करिवब ३० भन्दा बढीलोकदोहारी गीतहरु लेखेका छन् भने ६ बढी गीतहरुमा आवाज समेत दिएका छन् । लोकदोहारी क्षत्रमा चर्चा कमाउन सफल बिश्वकर्माको अव देउडा गीत पनि बजारमा ल्याउने योजना छ । देउडा गीत नगरेका कारण आफुलाई आफ्नै जिल्लामा पनि धेरैले नचिनेको उनको बुझाई छ ।
देउडा गीतको संरक्षणमा चुनौती स्थानीय सरकार बेखबर :
देउडा सबैका लागि बुझ्न नसकिने भएपनि गीतको भाव मन छुने हुन्छ । सुन सुनौ सुनो लाग्ने, सुनि हाले मन दुखाई हाल्ने साहित्यको विधा हो, देउडा । बाजुराले आफ्नो सम्पत्तिका रुपमा देउडा सँस्कृतिको विकास र संरक्षण आवश्यक देखिन्छ । कला साहित्य क्षेत्रको संरक्षणमा लागिहरु बाहेक स्थानीय पालिकाका तर्फबाट कुनै पहल र लगानी गरिएको छैन् । स्थानीय सरकारले कलाकारिता क्षत्रको विकास कलाकारहरुको सम्मान र सस्कृतिको जगेर्ना गर्न कुनै ठोस योजना सहितको पहल गरेको पाइदैन । यसकारण पनि सँस्कृति हराउँदै जाने थप चिन्ता बढ्दै गएको छ ।सँस्कृतिको जर्गेना गर्न नयाँ पुस्तालाई कला क्षत्रतर्फ जागरुप गराउन स्थानीय सरकारले नीती नै बनाएर अगाडी बढ्न सके कला सँस्कृतिको जर्गेनामा टेवा पुग्ने कलाकारहरु बताउन्छन् ।
हालसम्मकै पहिलो प्रयास, देउडा सस्कृति जर्गेन गर्न नियमित लाइभ देउडा:
यस अघि सास्कृतिक महोत्सव बाहेक बाजुरामा सस्केति जोगाउनका लागि अर्को नौलो प्रयास भएको देखिदैन । महोत्सव पनि सस्कृति भन्दा बाहिर गएर अर्थात पैसा कमाउने उदेश्यले आयोजना हुने गरेको व्यापक आचोजना पनि हुँदै आएको छ । अहिले सम्म सुरुवात गरिएको एउटा मात्रै प्रयास हो सुदूर साहित्य प्रतिष्ठान बाजुराले सुरु गरेको नियमित लाइभ डेउदा कार्यक्रम ।
यो लाइभ देउडा कार्यक्रमले निरन्तरता पाएको छ । बार्जु सँस्कृतिको संरक्षणका लागि प्रत्यक महिनाको दुई दिन १ गते र १५ गते सुदूर साहित्य प्रतिष्ठानको प्रस्तुती लाइभ देउडा गौड्या भेट कार्यक्रमको नाम राखिएको यो श्रृखलाको पहिलो सुरुवाद साउन १५ गतेबाट गरिएको थियो । मेला महोत्सव हुँदा आधुनिक र लोक गीत अनि संगीत भरिएका देउडाले मात्रै प्राथमिकता पाउने भएपछि प्रतिष्ठानले लाइभ देउडाको संरक्षण गर्न कार्यक्रम आयोजना गर्न सुरु गरेको प्रतिष्ठानका सचिव कृष्ण ओलीको भनाई छ ।
गाउने कलाकार देखि हेर्ने दर्शकलाई रुचिको विषय पनि कम हुदै गएको प्रति चिन्ता बढेपछि लाइभ देउडालाई स्थान दिन खोजिएको ओलि बताउन्छन् । प्रतिष्ठानले देउडाकै जगेर्नाका लागि महिनाको २ दिन खुला देउडा खेलको आयोजना गर्दै आएको प्रति देउडा पारखीहरु खुसी छन् । देउडा हेर्नका लागि लागि वृद्धवृद्धाहरुको बढी सहभागि हुने गरेको छ ।
“देउडा सँस्कृति लोप हुदै गयो, गाउने भएर पनि सम्मान र संरक्षण गर्न सकिएको छैन्, नयााँ पुस्तामा पुरानो सँस्कृति हस्तान्तरण गर्ने कुरा चुनौतिपुर्ण बन्दै गयो, त्यसैले महिनाको १ गते र १५ गते अनिवार्य लाइभ देउडा खेल आयोजना गर्न योजना सहित प्रतिष्ठानले यसलाई निरन्तरता दिँदै आएका छौँ, बाजुरा आफैमा कला सस्कृतिको धनी हो, देउडाको उद्गम स्थल मानिन्छ। कलाकारहरुले धेरै प्रगती गरेका छन् थप देउडाको विकासका लागि यो सरुवात गरिएको हो, ” प्रतिष्ठानका अध्यक्ष हर्क खडायतको सुनाए, ।
देउडालाई देश विदेशसम्म थप विस्तार र विकास गर्नु छ, कला र गला भएकाहरुको सम्मान र संरक्षण पनि चाहिन्छ, भन्ने लक्ष्य सहीत गरिएको प्रयास निकै प्रशंसनीय र उपलब्धी मुलक हुने विश्वास साहित्यकार समेत रहेका जश रावल (जिज्ञासु) को छ । यो सुरुवातले नयाँ पुस्तालाई थप अभिरुचि प्रदान गर्दै सँस्कृती हस्तान्तरण हुने रावलको भनाई छ । रावल मात्रै हाइन देउडा पारखी र सस्कृति प्रेमी सबैलाई प्रतिष्ठाको यो पहिलो प्रयास प्रशंसा गर्न लायक बनेको छ । वृद्धवृद्धाहरु समेत खुसी सहित सहभागी हुने गरेका छन् ।
हराउदै गएको दउडा खेल्ने परमपरा जोगिने आश पलाएको देउडा प्रेमी समेत रहेका राप्रपाका नेता कान्त शाही बताउन्छन् । प्रतिष्ठानले सुरु गरेको यो महत्वपुर्ण प्रयास प्रति लाइभ डेउडा खेलाडी सुना वि.क पनि खुसी छन् । जिल्लामा गर्नु पर्ने मध्येको एक अनिवार्य काम प्रतिष्ठानले गरेर राम्रो गरेको र त्यसको निरन्तरता दिनु पर्ने विकका सुझाव छ ।
देउडा सँस्कृतिका लागि उद्गम थलो बाजुरा :
बाजुरा देउडा सँस्कृतिका लागि उद्गम थलोको रुपमा लिने गरिएको छ । बाजुरामा रत्नाकर जैशी देखि हालका शंकरमल्लसम्म आइपुग्दा दर्जनौ देउडा खेलाडी जन्मीएको इतिहास छ । सिंगो सुदूरपश्चिम त्यसैमा बाजुरा जिल्लाको आफ्नै मौलिक पहिचान र मुल सँस्कृति नै देउडालाई लिने गरिएको छ । देउडा बार्जुसँस्कृतिसँग जोडिएको साहित्यीक र साँस्कृतिक विधा हो ।
लाइभ देउडा लगाउने चर्चामा रहेका शंकर मल्ल, सुना विक, राइकला बुढा, रामबहादुर थापा, लोकमणी ओली सहीत दर्जनौ देउडा खेलाडी देखि संगीत बजारमा देउडा गीतकै कारण स्थापित लालबहादुर थापा, विनोद कुमार बाजुराली, राजेन्द्र शाह विपी, रेखा जोशी, प्रकाश थापा सुप्रिम मल्ल सहीत बाजुराकै हुन् ।
कला सँस्कृतिको क्षेत्रमा धनी भएपनि त्यसको संरक्षण र संवद्र्धनमा खासै चासो देखिने गरेको छैन् । व्यक्तिगत रुपमा आफू स्थापित हुने कुरामा बाजुरा उर्वर देखिएपनि संस्थागत र देउडाको मौलिकता जोगाउन मुस्कील देखिएको छ । आधुनिकपनको विकासले सुदूरकै ढुकढुकी भनिएको देउडाको आन्तरिक जीवन र मर्म लोप हुने खतरामा छ ।
प्रतिक्रिया दिनुहोस