बिहिबार, ०३ असोज २०८१

बझाङमा जंगली च्याउ खाएर दुर्ईु जनाको मृत्यु

सुदीप कठायतको पनि मृत्यु

बझाङ :  बझाङमा जंगली च्याउ खाएका सुदीप कठायतको पनि मृत्यु भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका–६ नौराका १२ वर्षीय सुदीप कठायतको बिहीवार राति मृत्यु भएको प्रहरीले बताएको हो।

जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि बिहीवार राति धनगढी ल्याउदै गर्दा डडेल्धुरामा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। जङ्गलमा भेटिएको च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका थिए।

 
आमा पुनी कठायतसहित उनका छोरा सुदीप र छोरी एन्जिला बिरामी परेका हुन्। ७ वर्षीया एन्जिलाको पनि बिहीवार नै मृत्यु भइसकेको छ। आमाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
दिनेश खबरबाट साभार 

प्रतिक्रिया दिनुहोस