बिहिबार, ०३ असोज २०८१

माओवादी केन्द्रले बाजुरामा चुनाव जित्ने गरी लााग्छौँ : केन्द्रिय सदस्य नेतृ मल्ल

भ्रष्टाचारको मुद्धामा मुछिएका कसैलाई सरकारले छुट नदिने उनको भनाई

बाजुरा : नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज देबकी मल्लले आगामी २०८४ मा हुने निर्वाचनमा बाजुरामा माओवादी केन्द्रले चुनाव जित्ने गरी पार्टी सुदृढीकरणको अभियानमा जुटेको दावी गरेकी छन् । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकाररे राखेका जिज्ञासाको जवाफ दिदै उनले यस्तो बताएकी हुन् । सञ्चारकर्मीहरुले बाजुराका सवालमा राखेका प्रश्नको जवाफ दिदै उनले बाजुरामा पार्टीको बाहुल्यता कम भएका कारण समस्य भएको बताएकी हुन् । 

 देशभर सञ्चालन हुन लागेको अभियानले अभियानले बाजुरामा पनि पार्टीलाई बलियो बनाउन मद्धत गर्ने बिश्वास आफुहरुको रहेको बताइन् । नेपाली जनताको ठुलो बलिदानबाट प्राप्त संविधान र कानुन कार्यान्वयन गर्न माओवादी पार्टी नै चाहिने बताएकी छन् । देशको हित, पछाडी पारेका र पारिएका वर्गको मुक्तिका लागि माओवादी  जहिले  उनिहरुको साथमा रहेको बताइन् । 

माओवादी पार्टी बिभाजन हुँदा जनयुद्धको औचित्य पूरा गर्न नसकेको उनले स्वीकार गरेकी छन् । पार्टी बिभाजन हुनु नै माओवादी कमजोर हुँदै जानुको प्रमुख कारण हो भन्ने अधिकांश नेता कार्यकर्ताहरुलाई महसुुस भइरहेको उनले बताइन् ।  जनताका अपेक्षा अनुसारको काम गर्न नसक्नु, एउटै पार्टी भित्र फरक फरक भारहरु खडा हुनुले माओवादी पार्टी प्रति जनताको बितृषण छाएको भन्दै अवका दिनमा सुधार गरेर अगाडी  बढ्ने संकल्पका साथ देशभर पार्टी सुदेढिकरणको अभियान सञ्चालन भइरहेको बताएकी छन् ।
 
भ्रष्टाचारको अनुसन्धानका क्रममा जोसुकैको नाम आए पनि छानबिन गर्न प्रहरी प्रशासनलाई प्रधानमन्त्रीले दिइसकेको बताउदै उनले माओवादी नेतृत्वको सरकारले सुरुदेखि नै सामाजिक न्याय, सुशासन सुनिश्चितता र सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताएकी छन्।  सरकार टिकाउनका लागि भ्रष्टाचारका फाइल नखोजेको भन्ने आरोपमा सत्यता नभएकको उनको जिकिर थियो । 
 

 ‘सरकारका यी काम कुनै कुर्सी टिकाउनका लागि होइनन भन्ने कुरामा पष्ट हुन पनि आग्रह गरेकी छन् ।  सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएर अघि बढेको उनको भनाई छ । सबै भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डले पटकपटक भन्दै आएको भएपनि प्रतिपक्षले बिरोधको नाममा बिरोध गरिरहेको आरोप लगाइन् । 


नेकपा माओवादी केन्द्रले जातीय उत्पीडन, वर्गीय उत्पीडन, क्षेत्रीय उत्पीडन, लैङ्गिक उत्पीडनको अन्त्य गरि, सामाजिक न्याय, शुसासन,समानपाति समाबेशीताको सुरुवात संथै नेपालमा सघिय, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापन गर्न महत्त्वपूर्ण योगदान दिएको उनको भनाई थियो ।  नेपाली जनताको मुक्तिका लागि गरिएको जनाआन्दोलन पछिको मुख्य उपलव्धि नै अहिलेको सघिय, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था रहेको स्पष्ट पारेकी छन् । जनताका मुद्धामा संविधानको रक्षा, मुलुकमा स्थायित्व, मुलुकमा शान्ति र समृद्धिका लागि जहिले नेकपा माओवादी केज्द्रले अग्रभगमा उभिएर काम गर्दै आएको बताइन् । 

भ्रष्टाचारको मुद्धामा सरकार प्रतिबद्ध भएर अगाडि बढिरहेको बताउदै सरकारले माओवादी नेतालाई बचाउन खोजेको भन्ने भ्रममा नपर्न पनि आग्रह गरेकी छन्। भ्रस्टाचारको मुद्धामा मुछिएका सबैमाथी छानबिन हुने उनको भनाई थियो । पुर्व प्रधानमन्त्री द्वय बावुराम भट्टराई र माधव नेपाल माथी पनि अनुसन्धान हुने बताउदै आशंक व्यक्त नगर्न अपिल गरेकी छन् । 

यस्तै पत्रकार सम्मेलनमा बोल्दै देबिचन्द्र बुढा (दिपक) ले बाजुरामा माओवादी केही गरेन भन्ने  छुट कसैलाई नभएको बताएका छन् ।  बाजुरामा सडक, सिचाई लगायतका पुर्वाधार बिकासको सुरुवात माओवादी केन्द्रले नै गरेको दावी गरेका छन् । २०६४ सालमा पहिलो पटक दाब खप्तड सडक खण्डका लागि पहिलोपटक  २५ लाख रुपैयाँ बिनियोजन भएको बताए । 

बाजुरामा पनि केन्द्रिको निदेर्शन अर्थात अनुशासनको पालना अनुसार गठबन्धन गर्नुपर्ने बाध्यता रहेको बताउदै उनले बाजुरामा माओवादी पार्टी प्रतिसपर्धाका लागि मैदानमा उत्रिन नै सकदैन भन्ने नरहेको बताए । आफुहरु निर्वाचनमा पराजित भएतापनि प्रतिसपर्धा गर्न भने नडराउने उनको भनाई थियो । तर बाजुराका दलहरुले आफुहरुलाई स्वार्थ अनुकुल प्रयोग मात्र गर्ने गरेको पनि उनको भनाइको तात्पर्य थियो । 

उसो त यतिवेला नेकपा माओवादी नेतृत्वको सरकार माथि भ्रष्टाचार प्रकरणमा  आफ्नो पार्टीको व्यक्तिलाई बचाउ गरेको, सत्ता टिकाउन भ्रष्टाचार प्रकरणको मुद्धाहरु सेलाउदै गएको,आफ्नो कुर्सी बचाउन दाउपेच गरेर कामले जनताको मन जितेर कुर्सीको आयु लामो बनाउनमा मात्रै केन्द्रित भएको,  भ्रष्टाचार प्रकरणमा बिभिन्न फाइलहरु  खोलेर दलहरुलाई साइजमा राख्न मात्र खोजेको आरोपहरु प्रतिपक्षले लगाउदै आएको छ । 

प्रतिक्रिया दिनुहोस