बिहिबार, ०३ असोज २०८१

बाजुरामा वर्षाका कारण ३३ घर भत्किए, १६ परिवार विस्थापित

खोलाले बगाएर तीन जनाको मृत्यु, एक जना बेपत्ता,

मिन बहादुर खड्का 

बाजुरा :  जिल्लामा मनसुन सुरु भएयता वर्षाका कारण ३३ घर भत्किएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ३३ घर पुर्ण रुपमा भत्किदा  १६ परिवार विस्थापित भएको बताइएको छ ।  

भत्किएका घरहरू मध्य हिमालीमा १३, गौमुलामा १३, बडीमालिकामा ३ खप्तड छेडेदह गाउँपालिकामा २ बुढीगंगा नगरपालिकामा पनि २  घरमा क्षती भएको छ । यस्तै  हिमाली गाउँपालिकामा ८ गौमुलमा गाउँपालिकामा ५,  खप्तड छेडेदह गाउँपालिकामा १ र बडीमालिका नगरपालिकामा २ परिवार विस्थापित भएका छन् ।  अन्य पालिकामा भने खेतियोग्य जमिनहरु बगाएको भएपनि द्धरहरुमा क्षती नभएको प्रहरीले जनाएको छ । 

बाढी पहिरोले बाजुरामा यो वर्षको मनसुनमा मात्रै ठुलो धनजनको क्षती गरेको छ । बाजुराका अधिकांश पालिकाका नदी आसपासका क्षेत्रमा रहेको जग्गा जमिन समेत नदीले कटान गरेर बगाएको छ । बाढी पहिरोले धनजनको मात्रै क्षती गरेको छैन, लगाएको बालीनाली सहितको जग्गा जमीन संगै खाने आहारा बगाएको छ भने बस्ने घर बगाएर स्थानीयको उठिवास भएको छ । उसो त यो कुनै नौलो घटना त होइन हरेक वर्ष बाजुराका स्थानीयले भौतिक एवम् मानवीय क्षती बेहोर्दै आएको छन् ।

बाढी पहिरोका कारण भौतिक एवम् मानवीय क्षती हुँदै आएको भएपनि क्षतीको विवरण भने संकलन गरेको पाइदैन । हालसम्म बाढी पहिरोका कारण कहाँ कती ? क्षती भयो भन्ने एकिन तथ्यांक भने जिल्ला प्रहरी कार्यालय बाजुरा संग छैन । घरहरु भत्किदा अनुमानित क्षतीको विवरण संकलन गरेपनि सबै तथ्यांक लामोसमय सम्मका लागि राख्ने भने नगरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानसिंह भण्डारीले बताएका छन् । बाढी पहिरोबाट विस्थापित परिवारका लागि राहात त टाढाको कुरा हो प्रभावकारी ढंगले क्षतीको विवरण समेत संकलन नहुन दुखद विषय हो । 

बाजुरामा यो वर्षको मनसुन सरु भए यता मात्रै  खोलाले बगाएर  तीन जनाको मृत्यु भइसकेको र एक जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 
 
जिल्लाका अधिकांश  नदीहरुमा पुल नहुँदा आवतजावत गर्ने क्रममा बाजुराका नागरिकले ज्यान गुमाउदै आएका भएपनि सरोकारवाला निकायमका व्यक्तिहरु भने मौन देखिन्छन् ।  नागरिकले भोग्दै आएको सास्तीका बिषयमा जिम्मेवार निकायका व्यक्तिहरु नै बेखबर छन् । बरु सामाजिक सञ्जालमा सस्तो लोकप्रियता कमाउनमा लागि झुटो प्रचार गर्न भने अग्रसर देखिन्छन् । दिनप्रतिदिनका यि घटनाहरुले बाजुराका तिन वटै तहका सरकारको नेतृत्व गर्ने नेताहरुको भने चर्को आलोचना हुँदै आएको छ । तर उनिहरु सुन्ने र पचाउने पक्षमा मात्र देखिन्छन् ।

यतिमात्रै होइन पहिरोले घर संगै लत्तताकपडा अन्न  सवै बगाएपछी बिस्तापित परिवारको बिचल्लि भएको छ । अहिले उनिहरुसंग न खानलाई आहारा छ,  नत बस्ने ठाँउ नै छ ।  उसो त बाजुरा बासिले यि दुखहरु झेल्दै आएको कषैँ वर्ष बितिसकेका छन् । हरेक वर्षादमा जिल्लाभरका अधिकाँस बस्तिका नागरिकले यि  पिडाहरु  झेल्दै आएका छन् । हरेक वर्षको वर्षादको समयमा त्रासमै बाच्नुपर्ने बाध्यता छ ।  
  
जिल्लाका झन्डै ११६ गाउँ पहिरोको उच्च जोखिममा छन् । पहिरोको उच्च जोखिममा रहेका नागरिकहरु हरेक वर्षका वर्षातमा निदाउन नपाएर जागाराम बस्नुपर्ने बाध्यता छ । जोखिममा रहेका बस्तीहरुमा बस्ती बस्न उपयुक्त नहुने समेत भनिएको छ । यतिमात्र होईन बस्ती स्थानान्तरणको अर्को विकल्प नभएको भनिएको भएपनि सरोकारवाला निकायको यसमा ध्यान गएको पाइदैन ।

स्थानीय पालिकाहरुले समेत विपत जन्य जोखिमबाट नागरिकलाई बचाउन कुनै ठोस योजना बनाएका छैनन् । हरेक वर्ष बाढी पहिरोका कारण विस्थापित परिवारहरु कोही छिमेकीको घरमा त कोही खुला आकाश मुनि पाल टाँगेर बस्न बाध्य भएपनि तीन वटै तहका सरकारहरु भने बेखबर छन् ।बस्ती स्थानान्तरण गरि सुरक्षीत ठाउँमा सारिनुपर्ने बाढी पहिरोबाट प्रभावित स्थानीयका सपना अधुरै छन् । हाल सम्म कुनै सुरसार छैन । सरोकारवाला व्यक्ति र निकायहरु नै बेखबर देखिन्छन् ।बस्ति स्थानान्तरणका लागि बाजुराको उच्च तहको नेतृत्व गर्ने नेताहरु नै जिम्मेवार देखिदैनन् । 

प्रतिक्रिया दिनुहोस