बिहिबार, ०३ असोज २०८१

माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान आजदेखि सुरु

२५ लाख जनताबीच पुग्ने लक्ष्यसहित तीन चरणको अभियान हुने

काठमाडौँ : नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान शनिबारदेखि सुरु हुँदैछ ।

२५ लाख जनताबीच पुग्ने लक्ष्यसहित माओवादीले तीन चरणको अभियान सुरु गर्न लागेको हो ।अभियानको उद्घाटन प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छ हजार ७४३ वडामा एकसाथ भर्चुअल माध्यमबाट गर्नुहुने छ । प्रधानमन्त्री प्रचण्डले बिहान ९ बजे सरकारी निवास बालुवाटारबाट उद्घाटन गर्ने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो

। उद्घाटनपछि दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड चन्द्रागिरि–२, घट्टेडाँडा पार्कमा हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने छन् ।अभियानलाई सफल बनाउन नेताहरू तोकिएका आ–आफ्ना क्षेत्रमा पुगिसकेका छन् । सम्बन्धित वडाले बनाएको कार्यतालिका अनुसार तीन चरणको अभियान सञ्चालन हुनेछ । वडा–वडाले तोकेको कमान्डरको नेतृत्वमा अभियान सञ्चालन बताइएको छ ।

अभियानमा समाजवादी मोर्चाको अवधारण पत्र, पार्टीको दस्ताबेज, केन्द्रीय समितिले तय गरेका नारा तथा कार्यक्रम लिएर सबै जना जनताको घरघर पुग्ने लक्ष्य राखिएको छ । स्थानीय तहमा पुग्दा जनताको काम जनतासँगै गर्ने र बस्दा, हिँड्दा, बोल्दा पार्टीको कुरा गर्ने गरी निर्देशिका नै बनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस